शनि, असार १३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

इरानमा सत्ता परिवर्तनको वकालत गर्दै अमेरिकी राष्ट्रपति ट्रम्प

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘विश्वको सम्राट बन्न’ चाहेको आरोप
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा सत्ता परिवर्तनको वकालत गरेका छन्। सोमबार बिहान आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसल मा उनले लेखेका छन्, “सत्ता परिवर्तनको कुरा राजनीतिक रूपमा ठिक मानिँदैन। तर वर्तमान इरानी सरकारले इरानलाई फेरि महान् बनाउन सक्षम छैन भने किन सत्ता परिवर्तन नगर्ने? इरानलाई फेरि महान् बनाउनुहोस्।”

राष्ट्रपति ट्रम्पको यस्तो अभिव्यक्तिले अन्तर्राष्ट्रिय कूटनीतिक वृत्तमा खैलाबैला मच्चिएको छ। उनका आलोचकहरूले यसलाई ‘अनावश्यक उक्साहट’ भनेका छन् भने समर्थकहरू ट्रम्पको स्पष्टवादिता भन्दै समर्थन गरिरहेका छन्। तर ट्रम्पको भनाइसँगै अमेरिकी प्रशासनभित्र भने फरक धारणा देखिएको छ। आइतबार आयोजित पत्रकार सम्मेलनमा अमेरिकी रक्षामन्त्री पिट हेगसेथले इरानका आणविक अड्डाहरूमा गरिएको हालको आक्रमण सत्ता परिवर्तनका लागि नभएको स्पष्ट पारे। उनले भने, “यो मिसन शक्ति परिवर्तनका लागि होइन। न त अहिले त्यस्तो कुनै नै उद्देश्य छ।”

त्यसैगरी उपराष्ट्रपति जेडी भान्सले पनि आइतबार एबीसी न्युजसँग कुरा गर्दै इरानमाथिको हालको कदम केवल आणविक खतरा न्यूनीकरणका लागि गरिएको बताए। “सबैभन्दा पहिले हामी शक्ति परिवर्तन चाहँदैनौँ। केवल हामी इरानको आणविक कार्यक्रम समाप्त गर्न चाहन्छौँ,” उनले प्रष्ट पारे।

शनिबार राति अमेरिकी सेनाले इरानका तीन प्रमुख आणविक अड्डा — फोर्डो, नातान्ज र इस्फहानमा आक्रमण गरेको थियो। अमेरिकी अधिकारीहरूले उक्त हमला ‘सावधानीपूर्वक नियोजित’ भनेका छन् भने इरानले हमलाबाट ठूलो क्षति नभएको दाबी गरेको छ।

हाल इरानमा सर्वोच्च नेता अयातोल्लाह अली खामेनी तीन दशकभन्दा बढी समयदेखि सत्ता सम्हालिरहेका छन्। ट्रम्पको अभिव्यक्तिले खामेनी नेतृत्वविरुद्ध अमेरिका फेरि कडा लाइनमा गइरहेको संकेत देखिएको छ।

विश्लेषकहरूका अनुसार ट्रम्पको यस्तो भनाइले क्षेत्रीय तनाव थप बढ्न सक्ने सम्भावना रहेको छ। अब हेर्न बाँकी छ, अमेरिकी नीति वास्तवमै ट्रम्पको भनाइतर्फ मोडिन्छ कि होइन।

यो पनि पढ्नुहोस्

भेनेजुएलामा भूकम्पबाट ३२ जना को मृत्यु हुँदा ७०० घाइते

भेनेजुएलामा विनाशकारी भूकम्पबाट ९२० जनाको मृत्यु भएको पुष्टि

१ घण्टा अगाडि
जापानमा पहिरोको जोखिम बढ्याे

जापानमा पहिरोको जोखिम बढ्याे

२२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

एलपिजीमा लगाइएको प्रतिबन्ध हट्याे

जापानमा पहिरोको जोखिम बढ्याे

आज सुनको मूल्य बढ्याे

तिर्थमान महर्जनकाे गीति एल्बम “जवानीको जोशमा” सार्वजनिक

महामन्त्री पदको चुनावी प्रतिस्पर्धा रोचक मोडमा पुग्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक