बुध, मंसिर १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

देशको नूतन आरम्भ गर्ने सोचाइ बोकेका युवा

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
देशको नूतन आरम्भ गर्ने सोचाइ बोकेका युवा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

सोलुखुम्बु। ‘आरोहणका बादसाह’, हिमाली क्षेत्रमै बसोबास र हिमालका चुचुरा चुम्ने शेर्पा समुदाय साहसी आरोहीको पहिचानबाट विश्व परिचित छ । हिमाल र शेर्पा पर्याय नै बनेका छन् । तथापि युवा पुस्ता अध्ययन र विद्वताको त्यस्तो शिखर चढिरहेका छन्, जुन नवीन र समुन्नत देशको नूतन आरम्भ गर्ने सोचाइ बोकेका युवाका लागि प्रेरणापथ बनिरहेको छ ।

बौद्धिक युवा देशबाट पलायन भइरहँदा 

सगरमाथाको काख सोलुखुम्बुमा जन्मिएका युवा वैज्ञानिक एवं अनुसन्धानकर्ता मिङ्मार शेर्पाले सेलुलर र आणविक जीव विज्ञानमा म्यासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी) मा अध्ययन पूरा गरी नेपाल फर्किएर काम आरम्भ गरेपछि उहाँ युवामाझ प्रेरणा पुञ्ज बन्नुभएको छ । उहाँले देशको गौरव बढाउने गरी वैज्ञानिक अन्वेषणको नयाँ अध्याय थालनी गर्नुभएको छ ।

अनुसन्धानका क्षेत्रमा काम गर्नेका लागि अवसरै अवसर प्राप्त हुने अमेरिकाबाट फर्किएका अनुसन्धाता शेर्पा आङजाङबु शेर्पा र पुटी शेर्पाका सात सन्तानमध्ये कान्छा छोरा हुनुहुन्छ । उहाँले कक्षा १२ को अध्ययन पूरा गरेपछि उच्चशिक्षाका लागि अमेरिका यात्रा तय गर्नुभयो । उहाँले भन्नुभयो, “कक्षा १२ सम्म पढ्दा इन्टरनेट र मोबाइल थिएन । एसएलसीमा उत्कृष्ट भएपछि डाक्टर बन्ने सोच थियो । मेहनत गरेँ । संयोगवश हिमालयन ट्रस्ट नेपालको छात्रवृत्तिमा डाक्टर बन्ने लक्ष्यसहित  काठमाडौँको सेन्ट जेभियर कलेजमा प्लस टुमा ए लेभल र विज्ञान पढेँ । त्यसपछि अमेरिकास्थित अलाबामा विश्वविद्यालय (युएबी) को छात्रवृत्तिमा सन् २०१७ मा चिकित्सकीय अध्ययनका लागि अमेरिका गएको हुँ ।”

चुनौतीका माझ उदाएका युवा 

युवा वैज्ञानिक शेर्पा १८ वर्षको हुँदा अमेरिका पुग्नुभयो । काम र अध्ययनको सन्तुलन मिलाएर डाक्टर बन्ने लक्ष्य राखेका शेर्पाले एपिजेनेटिक्स, रोग विज्ञान र नेफ्रोलोजी (प्रतिरोध) मा अनुसन्धान गर्नुभयो । उहाँले सन् २०१९ मा विश्वविद्यालयका लागि अनुसन्धान राजदूतका रूपमा काम गर्दा प्रशासनिक सिप सिक्दै टोलीको नेतृत्व गर्ने अवसर पाउनुभयो ।

उहाँले चार वर्षको स्नातक अध्ययन अवधिमा सात स्थानीय र राष्ट्रिय सम्मेलनहरूमा भाग लिएर चार प्रमुख परियोजना पूरा गरेको र उत्कृष्ट शैक्षिक रेकर्ड कायम राख्न सफल भएका शेर्पाले प्रतिरक्षा विज्ञान अनुसन्धानमा केन्द्रित भएर हावर्ड विश्वविद्यालयमा अनुसन्धान गर्ने अवसर पाउनुभयो । उहाँले भन्नुभयो, “भाइरसहरू र तिनीहरूको प्रभावको अध्ययनमा संलग्न भएपछि सेलुलर र आणविक जीव विज्ञानमा एमआइटीमा थप अध्ययन अघि बढाएँ ।” एमआइटीमा मोर्फोजेनेसिस र सेलुलर विभाजन नियमनमा केन्द्रित स्वतन्त्र अनुसन्धान गरिरहेका शेर्पाले दुई वर्षमा दुई राष्ट्रिय, एक अन्तर्राष्ट्रिय र चार स्थानीय सम्मेलनमा भाग लिनुभयो । उहाँ संयुक्त अधिराज्यमा पार्किन्सन रोगका लागि औषधी विकासमा केन्द्रित अनुसन्धान परियोजनामा संलग्न रहनुभएको छ । साथै उहाँले ग्रामीण क्षेत्रका नेपाली विद्यार्थीलाई सहयोग गर्न ‘दी ब्राइट फ्युचर अर्गनाइजेसन’ पनि स्थापना गर्नुभयो । उहाँका अनुसार संस्थामार्फत कम्प्युटर साक्षरता र स्वास्थ्य सेवा र शैक्षिक सहयोग अघि बढाइने छ ।

अनुसन्धानमा सहकार्य

युवा वैज्ञानिक शेर्पाले छाला क्यान्सर र पार्किन्सन रोगसम्बन्धी अनुसन्धान परियोजनामा सहकार्य गर्न अक्सफोर्ड विश्वविद्यालय र ब्रिस्टल विश्वविद्यालयको भ्रमण गर्नुभयो । उहाँका अनुसार फाउन्डेसन र सेन्ट जेभियर्स कलेजबिच अनुसन्धान कार्यमा सहकार्य गर्ने समझदारी भएको छ । फाउन्डेसनका अध्यक्ष गेल्बु शेर्पाले अनुसन्धान र सामाजिक विकासमा यो साझेदारी महत्वपूर्ण हुने जनाउनुभयो । उहाँका अनुसार युवालाई अनुसन्धानका क्षेत्रमा प्रोत्साहन गर्ने र ज्ञानको आदानप्रदानमा सहयोग पुर्‍याउने छ ।

वैज्ञानिक एवं अनुसन्धानकर्ता शेर्पालाई नेपाल चिकित्सा अध्ययन संस्थान केन्द्रीय विभागले ‘भिजिटिङ स्कलर’ का रूपमा अनुसन्धान गर्न दिएको छ । उहाँले नेपालको दुर्गम क्षेत्रका समुदायमा देखिने स्वास्थ्य चुनौतीको समाधानमा केन्द्रित ‘माइक्रोन्युट्रियन्ट र स्वास्थ्य’ सम्बन्धी अनुसन्धान गरिने जनाउनुभयो ।

उहाँका अनुसार अनुसन्धानले सार्वजनिक स्वास्थ्यमा सुधार ल्याउन महत्वपूर्ण भूमिका खेल्ने छ । पोषण र रोगप्रतिरोधात्मक क्षमताबिचको सम्बन्धको अध्ययन र रोग रोकथाम तथा समग्र स्वास्थ्य सुधारमा नयाँ दृष्टिकोण प्रदान गर्ने अपेक्षा गर्दै विभागले अनुसन्धानकर्ता मिङ्मारको प्रस्ताव स्वीकार गरेको हो । उहाँलाई एआईका माध्यमबाट छालामा हुने क्यान्सर रोगसम्बन्धी विषयमा शोधपत्र प्रकाशित गरेपछि एकाडेमी अफ मेडिकल साइन्स युकेले ४५ लाख रुपियाँको पुरस्कार दिएको छ ।

प्रधानमन्त्रीसँग भेट 

प्रधानमन्त्रीको आग्रह र स्वदेश प्रेमले आफू फर्किएको अनुसन्धानकर्ता मिङ्मार शेर्पाले जनाउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीसँग अनुसन्धानकर्ता शेर्पाले असार ३ गते पछिल्लो पटक भेट गर्नुभयो । भेटपछि अनुसन्धान र स्वास्थ्य क्षेत्रमा नवीन अनुसन्धान कार्य अघि बढाउन उत्प्रेरणा मिलेको उहाँ जनाउनुहुन्छ ।

यो पनि पढ्नुहोस्

दानबहादुर कार्की योग्यताका आधारमा बढुवा

दानबहादुर कार्की योग्यताका आधारमा बढुवा

३ घण्टा अगाडि
दर्शकको नजरमा ‘हिमालयन गोल्ड’ : ‘हलिउडको झल्को दिने नेपाली फिल्म’

दर्शकको नजरमा ‘हिमालयन गोल्ड’ : ‘हलिउडको झल्को दिने नेपाली फिल्म’

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

पिप्ले चोक नजिकै रहेको एक होटलमा आगलागी

ड्रमस सरकलको आयोजनामा ‘नेपाल ड्रम फेस्टबल’ सांगितिक कार्यक्रम

दानबहादुर कार्की योग्यताका आधारमा बढुवा

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक