बुध, मंसिर १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

उत्पादित जनशक्तिलाई रोजगारका अवसरको सुनिश्चितता

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
उत्पादित जनशक्तिलाई रोजगारका अवसरको सुनिश्चितता
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

मकवानपुर। सिप विकाससँग सम्बन्धित विविध आयामबारे उजागर गर्ने उद्देश्यले हेटौँडामा दुईदिने सिप महोत्सव, २०८२ आयोजना हुने भएको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय र बागमती प्रदेश उद्योग परिसङ्घको संयुक्त आयोजनामा यही असार १२ र १३ गते बागमती प्रदेशस्तरीय सिप महोत्सव, २०८२ हुने भएको हो ।

महोत्सवका बारेमा हेटौँडामा आयोजित पत्रकार सम्मेलनमा बजारको माग र आवश्यकता अनुरूपको दक्ष जनशक्ति उत्पादन, उत्पादित जनशक्तिलाई रोजगारका अवसरको सुनिश्चितता गर्ने लक्ष्यसहित सिप महोत्सव २०८२ आयोजना गर्न गइरहेको जानकारी गराइएको छ ।

बागमती प्रदेश उद्योग परिसङ्घका अध्यक्ष लेखराज पोखरेलले पत्रकार सम्मेलनमा रोजगारीप्रदायक, तालिमप्रदायक र रोजगारीको खोजीमा रहेका जनशक्तिलाई एकै स्थानमा भेला पारी सिप विकासको विविध आयामबारे जानकारी गराउने उद्देश्यले महोत्सव आयोजना गर्न लागेको जानकारी दिनुभयो  ।

“प्राविधिक जनशक्तिमाथिको परनिर्भरता कम गरी स्वदेश मै दक्ष प्राविधिक जनशक्ति उपलब्ध रहेको सन्देश प्रवाह गर्नु महोत्सवको उद्देश्य हो,” उहाँले भन्नुभयो, “महोत्सवले निजी क्षेत्रको अग्रसरतामा सिप, दक्षता र अनुभव साटासाटको वातावरण तयार पार्ने छ ।”

महोत्सवमा इलेक्ट्रिकल र बाल विकास सहजीकरण विधामा लाइभ तालिम, एक हजारभन्दा बढी विद्यार्थी तथा युवाका लागि साइकोमेट्रिक परीक्षण, विद्यार्थी तथा युवालाई समूहमा वृत्ति परामर्शसहित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम र वृत्ति मार्गनिर्देशनसम्बन्धी अभिमुखीकरण र विद्यार्थीलाई उद्योग भ्रमण महोत्सवको आकर्षणका रूपमा रहने भएको छ ।

सामाजिक विकास मन्त्रालयको योजना तथा शिक्षा विकास महाशाखा प्रमुख घनश्याम खनालले महोत्सवको लक्षित समूह सूचना प्रविधि, होटेल व्यवस्थापन र अटोमोबाइल इन्जिनियरिङतर्फका प्रशिक्षार्थी, उद्योग प्रतिष्ठानका प्रतिनिधि र प्राविधिक शिक्षालय रहेको जानकारी दिनुभयो ।

यस्तै सूचना प्रविधि, हस्पिटालिटी, अटोमोबाइलका क्षेत्र र प्रदेश स्थानीय तथा जिल्लास्तरका सरकारी निकाय र सङ्घसंस्था महोत्सवका लक्षित समूह हुन् ।

यो पनि पढ्नुहोस्

दानबहादुर कार्की योग्यताका आधारमा बढुवा

दानबहादुर कार्की योग्यताका आधारमा बढुवा

३ घण्टा अगाडि
दर्शकको नजरमा ‘हिमालयन गोल्ड’ : ‘हलिउडको झल्को दिने नेपाली फिल्म’

दर्शकको नजरमा ‘हिमालयन गोल्ड’ : ‘हलिउडको झल्को दिने नेपाली फिल्म’

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

पिप्ले चोक नजिकै रहेको एक होटलमा आगलागी

ड्रमस सरकलको आयोजनामा ‘नेपाल ड्रम फेस्टबल’ सांगितिक कार्यक्रम

दानबहादुर कार्की योग्यताका आधारमा बढुवा

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक