बुध, मंसिर १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

आइएमई पे र खल्ती बीच हुने  मर्जरमा नेपाल राष्ट्र बैंकबाट अन्तिम कारोबार स्वीकृति  प्रदान

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
आइएमई पे र खल्ती बीच हुने  मर्जरमा नेपाल राष्ट्र बैंकबाट अन्तिम कारोबार स्वीकृति  प्रदान
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त  भुक्तानी सेवा प्रदायक संस्था मध्ये  नेपालको पहिलो डिजिटल वालेट आइएमई पे र खल्तीलाई मर्जरका लागि अन्तिम  स्वीकृति पत्र प्रदान गरिएको छ । नेपालको इतिहासमै दुई ठुला डिजिटल वालेट एक भएर एकीकृत  कारोवार हुन लागेको यो नै पहिलो पटक हो । नेपालमा डिजिटल कारोबारको इतिहास हेर्ने हो भने त्यति धेरै लामो समय नभएता पनि  यसको प्रयोग भने तिब्र गतिमा भएको  छ भन्ने कुराको प्रमाण आइएमई पे र खल्तीको यो संयुक्त कारोबारको अवसर  पनि हो ।

आइएमई पे र खल्तीको एकीकृत  कारोवार पश्चात आधिकारिक रुपमा कम्पनीको नाम भने आइएमई खल्ती लिमिटेड रहने छ ।यसको  रजिस्टर्ड कार्यालय काठमाडौं, पानीपोखरी स्थित रहने  छ ।

संयुक्त कारोबार पश्चात अधिकारिक रुपमा एपको नाम खल्ती रहने छ । ठुलो चुक्ता पुजी र पचास लाख भन्दा बढी अधिकारिक प्रयोगकर्ताहरूले खल्ती एपलाई नेपालकै सबैभन्दा ठुलो र बलियो डिजिटल वालेटको रुपमा स्थापित गरेको छ । साथै भुक्तानी सेवा प्रदायक क्षेत्रमा नेपालको ग्रामिण क्षेत्रसम्म पहुँच बिस्तारमा तिब्रता आउने विश्वास कम्पनीले लिएको छ  ।

नेपाल राष्ट्र बैंकबाट एकीकृत कारोबारका लागि  अन्तिम स्वीकृति पाएसँगै आगामी तिन  महिना सम्म प्रयोगकर्ताहरूको समायोजन कार्य तिब्र रुपमा चल्नेछ । जसका लागि दुवै एप ,आइएमई पे र खल्ती यथावत  रुपमा संचालनमा रहने छन्  । दुबै  वालेट प्रयोगकर्ताहरूको रकम र रोयल्टी प्वाइन्टहरू ,खल्ती प्वाइन्ट र आईएमई पे रिवार्ड प्वाइन्टहरू  पनि उल्लेखित समयमा  एकीकृत हुनेछन् ।

खल्ती र आइएमई पे दुबैमा भएका प्रयोगकर्ताहरू एकै ट्यापमा एपमा  एकीकृत हुनेछन् भने आइएमई पे मा मात्र भएका प्रयोगकर्ताहरूको स्वीकृतिमा खल्तीमा समाबेश गरिनेछ ।नया प्रयोगकर्ताको हकमा भने प्रयोगकर्ताले  सिधै खल्ती एप डाउनलोड गरेर नया फिचरमा प्रवेश गर्न सक्नेछन् र आइएमई पे एपको मात्र प्रयोग गरिरहेका प्रयोगकर्ताले पनि  अब खल्ती एपबाट नै सेवा सुविधाको उपयोग गर्न सक्नेछन्।

संयुक्त कारोवार पश्चात एपको नाम खल्ती भएपनि आइएमई पेमा भएका सवै फिचरहरु त्यहाँ समावेश हुनेछन् । अहिले सम्म आइएमई पेमा रहेका ग्राहक पनि एक ट्यापमै खल्ती एपमा आवद्ध हुन सक्नेछन् ।  आइएमई पेमा भएका ब्यालेन्स, रिवार्ड प्वाइन्ट सहजै खल्तीमा स्थानान्तरण हुनेछन् । यस कार्यबाट खल्ती एप  सहज र सुविधाजनक डिजिटल प्लेटफर्मको रुपमा स्थापित हुने  विश्वास लिईएको छ ।

संयुक्त कारोबार पश्चात यो डिजिटल भुक्तानी प्रणाली आगामी दिनमा व्यापक रूपमा प्रयोग हुने मात्र नभई सबैभन्दा विश्वासिलो भुक्तानी प्रणालीको रुपमा रहने  कम्पनीको विश्वास रहेको छ । डिजिटल भुक्तानी विस्तारै दैनिक जीवनको एक हिस्सा बन्दै गरेको वर्तमान समयमा आइएमई पे र खल्ती बीचको संयुक्त कारोबार नेपालको डिजिटल क्षेत्रमा कोशेढुंगा सावित हुने विश्वास रहेको छ ।

खल्ती वालेटले आगामी  दिनहरुमा प्रयोगकर्ताहरुलाई फिनटेक क्षेत्रमा नया अनुभव प्रदान गर्नेछ । एपमार्फत प्रयोगकर्ताहरूले विश्वको कुनै पनि ठाउँबाट पठाएको रेमिटेन्स सजिलै वालेटमा  प्राप्त गर्न सक्नेछन् भने एप मार्फत नै बैंक खाता खोल्न, भिजा  कार्ड प्राप्त गर्न सक्नेछन् साथै भबिस्यमा ऋण तथा अन्य सुविधाको पहुँच  विस्तार पनि खल्ती एप मै हुनेछ ।यसरी खल्ती एपले फिनटेक प्रणालीलाई नया र बलियो निर्देशन प्रदान गर्ने विश्वास कम्पनीले  लिईएको छ ।

हाम्रो जस्तो विकासोन्मुख समाजमा डिजिटल वालेटको कुरा सुनिन थालेको त्यत्ति लामो समय भएको छैन तर यसका प्रयोगकर्ता भने जुन सुकै  उमेर समुहका पनि रहेको पाइएको छ । जनसङ्ख्याको ठुलो हिस्सा डिजिटल वालेट प्रयोगमा होमिएको यो यस अवस्थामा  गतिशिल समाजलाई अर्थ कारोबारको सवालमा थप गतिशिल बनाउन हाम्रो यो मर्जर अग्रणी बन्नेमा हामी विश्वस्त छौं ।

साथै दुई ठुला कम्पनीको मर्जरले केन्द्रीय बैंकले लिएको फिनटेक सम्बन्धि पहुँच बिस्तारमा सहयोग पुग्न गई नगद कारोबारमा  कमि, विधुतीय कारोबार विस्तार सहरी देखि ग्रामिण भेगसम्म आर्थिक क्रियाकलापहरुमा पारदर्शिता एवम कारोबारमा  विद्धि गर्दै सम्पूर्ण सबैमा समय र खर्चको सदुपयोग हुने विश्वास लिईएको छ ।

अन्तत केन्दीय बैंक , सरोकारवाला निकाय र ग्राहक महानुभावहरुबाट  सदा झैँ सहयोग प्राप्त हुनेछ भन्ने कम्पनीको विश्वास रहेको छ ।

यो पनि पढ्नुहोस्

दानबहादुर कार्की योग्यताका आधारमा बढुवा

दानबहादुर कार्की योग्यताका आधारमा बढुवा

२ घण्टा अगाडि
दर्शकको नजरमा ‘हिमालयन गोल्ड’ : ‘हलिउडको झल्को दिने नेपाली फिल्म’

दर्शकको नजरमा ‘हिमालयन गोल्ड’ : ‘हलिउडको झल्को दिने नेपाली फिल्म’

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पिप्ले चोक नजिकै रहेको एक होटलमा आगलागी

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

ड्रमस सरकलको आयोजनामा ‘नेपाल ड्रम फेस्टबल’ सांगितिक कार्यक्रम

दानबहादुर कार्की योग्यताका आधारमा बढुवा

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक