बुध, मंसिर १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जर्मनीको इजरायललाई बलियो समर्थन रहेको मर्जको भनाइ

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
जर्मनीको इजरायललाई बलियो समर्थन रहेको मर्जको भनाइ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

कानानास्किस (क्यानडा। क्यानडामा जारी जी–७ शिखर सम्मेलनका क्रममा जर्मनीका चान्सलर फ्रेडरिक मर्जले जर्मन सञ्चारमाध्यमसँग कुरा गर्दै इरानविरुद्धको सैन्य अभियानमा जर्मनीको इजरायललाई बलियो समर्थन रहेको जनाउनुभएको छ ।

‘इजरायलले यो फोहोरी काम हामी सबैका लागि गरिरहेको हो,’ जेडडीएफ प्रसारणकर्तालाई दिएको अन्तर्वार्तामा मर्जले युद्ध अलोकप्रिय भएपनि यसको सामना गर्नुको विकल्प नभएको सङ्केत गर्दै भन्नुभयो ।

“हामी पनि इरानी शासनको सिकार भएका छौँ । यो मुल्ला शासनले विश्वमा मृत्यु र विनाश ल्याएको छ,’’ उहाँले भन्नुभयो । वेल्ट टिभीसँगको अर्को अन्तर्वार्तामा मर्जले इरानमाथि इजरायलको आक्रमणले इस्लामिक गणतन्त्रको नेतृत्वको पतन हुन सक्ने पनि बताउनुभएको छ ।

“मलाई लाग्छ, पछिल्ला केही दिनका आक्रमणहरूले मुल्ला शासनलाई निकै कमजोर बनाइसकेको छ र यो आफ्नो पुरानो शक्तिमा फर्कने सम्भावना छैन, जसले इरानको भविष्य अनिश्चित बनाएको छ,’’ मर्जले भन्नुभयो ।

उहाँले भन्नुभयो, “इमान्दारीका साथ भन्ने हो भने मुल्ला शासन पुरानै अवस्थामा फर्कने कल्पना पनि गर्न सक्दिनँ ।”

मर्जले भन्नुभयो, “सैन्य नेतृत्व र तथाकथित रिभोल्युसनरी गाड्र्सको ठुलो हिस्सा अब सक्रिय छैन, त्यसैले चीजहरू पहिलेको जस्तो हुने छैनन् ।”

इरानविरुद्धको सैन्य अभियानमा संयुक्त राज्य अमेरिका संलग्न हुन सक्छ कि भन्ने प्रश्नमा मर्जले अमेरिकी सरकारको तर्फबाट अहिलेसम्म कुनै निर्णय नभएको जनाउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले मुल्ला शासन (इरानी इस्लाम शासक) वार्ताको टेबुलमा फर्कन कत्तिको तयार छ भन्नेमा अमेरिकी संलग्नता हुने वा नहुने भन्ने धेरै हदसम्म निर्भर गर्दछ । यदि इरानी शासक वार्ताका लागि तयार नभएमा यस प्रकारका थप विकासहरू हुन सक्छन् ।”

इजरायलले आफ्नो शत्रुलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्नका लागि इरानका विभिन्न स्थानलाई लक्षित गरी  आश्चर्यजनक हवाई अभियान चलाएको थियो ।

प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले यो अभियानको उद्देश्य व्यापक हुन सक्ने बताउनुभएको छ । नेतन्याहूले सोमबार इजरायलले आफ्नो अभियानमार्फत मध्यपूर्वको मुहार परिवर्तन गरिरहेको र यसले देशमा आमूल परिवर्तन ल्याउन सक्ने जनाउनुभएको छ ।

इरानमा सन् १९७९ को इस्लामिक क्रान्तिदेखि नै धर्मगुरुहरूले शासन गर्दै आएका छन् र पश्चिमा देशहरूले लामो समयदेखि मानव अधिकार उल्लङ्घन र असहमतिलाई क्रूरतापूर्वक दमन गरेको आरोप लगाउँदै आएका छन् ।

औद्योगिक लोकतान्त्रिक मुलुक जी–७ का नेताहरूले सोमबार मध्यपूर्वमा इजरायल–इरान द्वन्द्वबाट तनाव कम गर्न’ आह्वान गर्दै इजरायललाई आफ्नो रक्षा गर्ने अधिकार छ’ र दुवै तर्फका नागरिकको रक्षा गर्नुपर्नेमा जोड दिएका छन् । रासस/एएफपी

यो पनि पढ्नुहोस्

दानबहादुर कार्की योग्यताका आधारमा बढुवा

दानबहादुर कार्की योग्यताका आधारमा बढुवा

२ घण्टा अगाडि
दर्शकको नजरमा ‘हिमालयन गोल्ड’ : ‘हलिउडको झल्को दिने नेपाली फिल्म’

दर्शकको नजरमा ‘हिमालयन गोल्ड’ : ‘हलिउडको झल्को दिने नेपाली फिल्म’

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पिप्ले चोक नजिकै रहेको एक होटलमा आगलागी

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

ड्रमस सरकलको आयोजनामा ‘नेपाल ड्रम फेस्टबल’ सांगितिक कार्यक्रम

दानबहादुर कार्की योग्यताका आधारमा बढुवा

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक