काठमाडौं । संघीय निजामती सेवा विधेयक पारित गर्ने संसद्को कार्यसूची रोकिएको छ । मंगलबार प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश गरेन ।
यसकारण निजामती विधेयक पारित गर्ने संसद्को कार्यसूची रोकिन पुगेको हो । यही १ असारमा प्रतिनिधिसभामा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयकको प्रतिवेदन पेस गरेका थिए ।
२१ फागुन २०८० मा आएको यो विधेयकमा सुशासन समितिले उपसमितिमार्फत सहमति जुटाएको थियो । त्यसपछि विधेयक पास गरेर संसदमा लगिएको थियो । मिनी संसद भनिने संसदीय समितिबाट पास भइसकेको विधेयकमा सरकारी कर्मचारीका लागि २ वर्ष कुलिङ पिरियड राख्ने लगायतका प्रावधान रहेको छ ।


