शनि, असार १३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

वर्षको कारण प्रभावित क्षेत्रका बासिन्दा डुबानमा

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
वर्षको कारण प्रभावित क्षेत्रका बासिन्दा डुबानमा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

धनगढी। कैलालीको डुबान प्रभावित क्षेत्रका बस्तीमा बाढीको त्रास बढेको छ ।

यो जिल्लामा यस वर्ष सरदरभन्दा बढी पानी पर्ने सम्भावना बढी रहेका कारण डुबान प्रभावित क्षेत्रका बासिन्दामा बाढीको त्रास बढेको हो । कैलालीमा यस वर्ष सरदरभन्दा बढी पानी पर्ने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छ । जल तथा मौसम विज्ञान विभागले नै सरदरभन्दा बढी पानी पर्ने सम्भावना रहेको भनेका कारण स्थानीयमा बाढी र डुबानको त्रास बढेको भजनी नगरपालिका–५, लालबोझीका खोजराम चौधरीले बताउनुभयो । आफ्नो क्षेत्रमा कान्द्रा र मोहना नदीले बर्सेनि समस्या गर्दै आएको जनाउँदै उहाँले भन्नुभयो, “यो वर्ष अझ बढी डुबान हुने हो कि भन्ने त्रास समुदायमा छ ।” कैलालीमा भजनी नगरपालिका, जोशीपुर गाउँपालिका, टीकापुर नगरपालिका, जानकी, कैलारी गाउँपालिका र धनगढी उपमहानगरपालिकामा बाढीको उच्च जोखिम रहेको छ । यी क्षेत्रका अधिकांश भूभागमा बर्सेनि डुबान हुने गरेको छ ।

हरेक मनसुन विपत्को सामना गर्दै आएका समुदायका मानिस बर्खा लाग्न थालेपछि त्रसित बनिरहेको सामुदायिक प्रकोप व्यवस्थापन समिति राष्ट्रिय सञ्जाल नेपालका अध्यक्ष भोजराज ढुङ्गानाले जनाउनुभयो । उहाँले सरदरभन्दा बढी पानी पर्ने भनिएका कारण समुदायमा त्रास रहेको उल्लेख गर्नुभयो । “यस वर्ष जल तथा मौसम विज्ञान विभागले गरेको सरदरभन्दा बढी पानी पर्ने प्रक्षेपणका कारण समुदायमा एक खालको त्रास छ,” ढुङ्गानाले भन्नुभयो, “यद्यपि समुदायका मानिस पूर्वतयारी पनि गरिरहेका छन् । सतर्क छन् ।”

टीकापुर र भजनी नगरपालिकामा मोहना, पथरैया, काँढा र कान्द्रा नदीले बढी समस्या गर्दै आएका छन् । पथरैयाको धेरै जसो क्षेत्रमा तटबन्ध गरिएपछि कटान समस्या नियन्त्रणमा आएको बताइएको छ । डुबान समस्याको भने समाधान हुन नसकेको डुबान प्रभावित क्षेत्रमा रहनुभएका ढुङ्गानाको भनाइ छ ।

जल तथा मौसम विज्ञान महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका अनुसार कैलालीमा रहेको कर्णाली नदीले लम्कीचुहा, जानकी र टीकापुर गरी तीन पालिकालाई प्रभावित गर्दै आएको छ । त्यस्तै पथरैया नदीले टीकापुर, जोशीपुर, जानकी, भजनी र टीकापुर; रौरा नदीले लम्कीचुहा, टीकापुर, जानकी र ठुली गाडले मोहन्याललाई प्रभावित गर्दै आएको छ । मोहना नदीले गोदावरी, धनगढी, कैलारी र भजनी, खुटिया नदीले चुरे, गौरीगङ्गा, गोदावरी, धनगढी, घुरहा नदीले कैलारी र भजनीलाई प्रभावित गर्दै आएको छ । यसै गरी कान्द्रा नदीले भजनी, लिक्मा नदीले कैलारी, भजनी, काँढा नदीले घोडाघोडी, बर्दगोरिया, जोशीपुर र भजनीलाई प्रभावित गर्दैै आएको जनाइएको छ ।

यस वर्ष सरदरभन्दा बढी पानी पर्ने सम्भावनाका कारण नदीहरूमा बाढी अलि बढी आउन सक्ने भएकाले पूर्वतयारीमा जुट्न आवश्यक रहेको सो कार्यालयका प्रमुख सञ्जय साहले बताउनुभयो । उहाँले कैलालीमा आफ्नो कार्यालयले १८ स्थानमा जलमापन केन्द्र र २२ स्थानमा वर्षामापन केन्द्र स्थापना गरिसकेको जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

रास्वपा उपसभापतिमा सोबिता गौतम निर्वाचित

रास्वपा उपसभापतिमा सोबिता गौतम निर्वाचित

४ घण्टा अगाडि
जनचेतना भए लागू पदार्थको कुलतबाट छुटकारा

जनचेतना भए लागू पदार्थको कुलतबाट छुटकारा

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

तिर्थमान महर्जनकाे गीति एल्बम “जवानीको जोशमा” सार्वजनिक

मधेसको पीडा, संघीयताको सपनामाथि कमिसनको छायाँ

भू-माफियाले कब्जा गरेकाे सार्वजनिक जग्गा जोगाउन हारगुहार

मन्त्रिपरिषद्को बैठक जारी

आज सुनको मूल्य बढ्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक