काठमाडौं । मोरङ, वेलबारी नगरपालिका-५ लिम्बु टोल बस्ने ज्ञानेन्द्र बरालको गोठमा विद्युत सर्ट भई शनिबार राति आगोलागी हुँदा करिब ५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
पर्सा, धोबिनी गाउँपालिका-५ जगरनाथपुर टोल बस्ने अषेसर दासको घरमा विद्युत सर्ट भई शनिबार साँझ आगलागी हुँदा करिब ५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
उदयपुर, उदयपुरगढी नगरपालिका-५ चुलाचुली बस्ने ४५ वर्षीय अर्जुन राना मगरको गोठमा शनिबार बेलुकी आगलागी हुँदा करिब १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
आगो निभ्याउने क्रममा घाइते भएका अर्जुनको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


