सोम, बैशाख २८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

असार महिनाका लागि वाणिज्य बैंकहरुले बचतको ब्याजदर घटाए

धारणा न्यूज by धारणा न्यूज
११ महिना अगाडि
Reading Time: 1 min read
0
बैंकको नयाँ ब्याजदर सार्वजनिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

काठमाडौं । असार महिनाका लागि वाणिज्य बैंकहरुले बचत तथा मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरुले शनिबार सार्वजनिक गरेको मासिक ब्याजदर तालिका अनुसार जेठ महिनाको तुलनामा असार महिनाका लागि अधिकांश बैंकले ब्याजदर घटाएका हुन् ।

समायोजन गरेकामध्ये केही बैंकले भने सामान्य बढाएर ब्याजदर समायोजन गरेका छन् । नबिल, प्रभु र हिमालयन बैंकले भने आफ्नो ब्याजदरलाई स्थिर राखेको देखिन्छ ।

यसरी ब्याजदर घटाउनुमा वर्षान्त सकिँदै गर्दा बढेको सरकारी खर्च तथा बढ्दो रेमिट्यान्स मुख्य कारण देखिएको छ । असार महिना सुरु हुँदै गर्दा सरकारी निकायबाट विभिन्न ठेक्काको बिल भुक्तानी हुन थालेको छ । यसले तरलता बढ्ने भएकोले यसलाई व्यवस्थापन गर्न वाणिज्य बैंकहरूले ब्याजदर घटाएका हुन् ।

त्यस्तै, केही दिनअघि राष्ट्र बैंकले प्रकाशित गरेको मासिक रिपोर्टमा वैशाखमा इतिहासकै सबैभन्दा धेरै रेमिट्यान्स भित्रिएको उल्लेख थियो । अहिले बैंकमा झण्डै साढे ४ खर्बको अधिक तरलता रहेको राष्ट्र बैंकको तथ्यांक छ । यी कारणले बैंकिङ प्रणालीमा तरलता थप बढ्ने देखिएकोले अधिकांश बैंकहरू ब्याजदर घटाउनतर्फ लागेका हुन् ।

कुन बैंकले कसरी चलाए ब्याजदर?

एनएमबि बैंक

एनएमबि बैंकले व्यक्तिगत मुद्दतीको माथिल्लो सीमा ६.६० प्रतिशतबाट घटाएर ६.०० प्रतिशतमा  मा झारेको छ । त्यस्तै, एक वर्षे व्यक्तिगत मुद्दतीको ब्याज ४.०० प्रतिशतबाट घटाएर ३.०० प्रतिशतमा झारेको छ ।

सिटिजन्स बैंक

सिटिजन्स बैंकले बचतको माथिल्लो सीमा ४.५० प्रतिशतबाट ४.०० प्रतिशतमा झारेको छ । साथै, एक वर्षे व्यक्तिगत मुद्दती ५.५० प्रतिशत बाट ५.०० प्रतिशत र एक वर्षे संस्थागत मुद्दती ३.१५ प्रतिशतबाट ३.०० प्रतिशतमा घटाएको छ ।

ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंकले बचतको माथिल्लो ब्याजदर ४.५० प्रतिशतबाट घटाएर ३.५० प्रतिशतमा सीमित गरेको छ ।

कुमारी बैंक

कुमारी बैंकले व्यक्तिगत मुद्दती, संस्थागत मुद्दती र एक वर्षे मुद्दती लगायतका सबैजसो शीर्षकमा ब्याजदर घटाएको छ ।

सानिमा बैंक

सानिमा बैंकले बचतको ब्याजदर ५.०३ प्रतिशतबाट घटाएर ४.०३ प्रतिशतमा झारेको छ भने एक वर्षे व्यक्तिगत मुद्दती ४.८० प्रतिशतबाट ४.६० प्रतिशतमा घटाएको छ ।

एनआईसी एसिया बैंक

एनआईसी एसिया बैंकले व्यक्तिगत मुद्दतीको माथिल्लो सीमा ६.६०प्रतिशतबाट ६.५५ प्रतिशत र संस्थागत मुद्दतीको माथिल्लो सीमा ५.६० प्रतिशतबाट ५.५५ प्रतिशत झारेको छ ।

कृषि विकास बैंक

कृषि विकास बैंकले एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपको ब्याज ४.०० प्रतिशतबाट घटाएर ३.५० प्रतिशतमा झारेको छ । तर, २ वर्षभन्दा माथिको संस्थागत मुद्दती निक्षेपको ब्याजदर भने ३.२५ प्रतिशतबाट बढाएर ४.४५ प्रतिशत पुर्‍याएको छ । यसले बैंक दीर्घकालीन निक्षेप आकर्षित गर्न खोजेको देखिन्छ ।

राष्ट्रिय वाणिज्य बैंक

यो पनि पढ्नुहोस्

लम्पी स्किन रोग नियन्त्रणतर्फ, सङ्क्रमितमध्ये झण्डै १४ लाख पशुचौपाया निको

राष्ट्र बैंकको कुल सम्पत्तिमा उल्लेख्य वृद्धि

२ हप्ता अगाडि
वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम सुरु

वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम सुरु

३ हप्ता अगाडि

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले बचतको ब्याजदर ३.०० देखि ३.२५ प्रतिशतको दायराबाट बढाएर ३.०० देखि ४.५० प्रतिशत पुर्‍याएको छ । साथै, एक वर्षे व्यक्तिगत मुद्दतीको ब्याज ४.०० प्रतिशत बाट बढाएर ५.०० प्रतिशत पुर्‍याएको छ ।

माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंकले एक वर्षे संस्थागत मुद्दतीको ब्याज ३.५० प्रतिशत बाट ३.०० प्रतिशतमा घटाए पनि बचत खाताको माथिल्लो सीमा ५.०० प्रतिशतबाट बढाएर ६.०० प्रतिशत पुर्‍याउँदै बचतकर्तालाई आकर्षित गर्ने प्रयास गरेको छ ।

लक्ष्मी सनराइज बैंक

लक्ष्मी सनराइज बैंकले एक वर्षे व्यक्तिगत मुद्दतीको ब्याजदरमा उल्लेख्य वृद्धि गरेको छ । जेठमा ३.५० प्रतिशत रहेको ब्याजदरलाई असारमा ५.०० प्रतिशत पुर्याइएको छ । तर, एक वर्षे संस्थागत मुद्दतीको ब्याज भने ३.५० प्रतिशतबाट घटाएर ३.२५ प्रतिशतमा झारेको छ ।

नेपाल बैंक 

नेपाल बैंकले एक वर्षे व्यक्तिगत मुद्दतीको ब्याजदर ४.०० प्रतिशतबाट बढाएर ४.५० प्रतिशत पुर्‍याएको छ । यीबाहेक केही बैंकहरुको ब्याजदर सामान्य मात्रै परिवर्तन भएका छन् ।

एभरेस्ट बैंक 

एभरेस्ट बैंकले बचत खाताको ब्याजदरको रेञ्जलाई ब्याजदर ३.०५ देखि ४.०५ प्रतिशतबाट ३.०० देखि ३.०५ प्रतिशतमा झारेको छ । त्यस्तै, व्यक्तिगत मुद्दतीको माथिल्लो सीमा ६.६४ बाट ६.५५ प्रतिशत र संस्थागत मुद्दतीको माथिल्लो सीमा ५.६४ प्रतिशतबाट ५.५५ प्रतिशतमा झारेको छ ।

प्राइम कमर्सियल बैंक

प्राइम कमर्सियल बैंकले बचतको तल्लो सीमा ३.०० बाट ३.०१ प्रतिशत र माथिल्लो सीमा ४.९५ प्रतिशतबाट ४.९६ प्रतिशत पुर्‍याएको छ । संस्थागत मुद्दतीको ब्याजदर ३.२५ देखि ३.५० प्रतिशतबाट ३.०० देखि ३.३५ प्रतिशतमा र एक वर्षे संस्थागत ३.५० प्रतिशतबाट ३.२५ प्रतिशतमा परिवर्तन गरेको छ ।

नेपाल एसबिआई बैंक

नेपाल एसबिआई बैंकले बचतको तल्लो सीमा ३.०१ प्रतिशत बाट ३.०० प्रतिशतमा र माथिल्लो सीमा ३.२० प्रतिशतबाट ३.१० मा झारेको छ। त्यस्तै व्यक्तिगत मुद्दतीको तल्लो सीमा ३.५० प्रतिशतबाट ३.२५ प्रतिशतमा र एक वर्षे व्यक्तिगत ४.१५ बाट ४.१० प्रतिशतमा घटाइएको छ । एक वर्षे संस्थागत ब्याजदर ३.१५ प्रतिशतबाट ३.१० प्रतिशतमा झारिएको छ ।

स्ट्यान्डर्ड चार्टर्ड बैंक

स्ट्यान्डर्ड चार्टर्ड बैंकले संस्थागत मुद्दतीको ब्याजदर ३.०० देखि ३.२५ प्रतिशतबाट घटाएर सबै खातामा ३.०० प्रतिशत ब्याजदर कायम गरेको  छ । साथै, एक वर्षे संस्थागत ब्याजदर ३.२५ प्रतिशतबाट ३.०० प्रतिशतमा झारेको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थागत मुद्दतीको माथिल्लो सीमा ४.५० प्रतिशतबाट घटाएर ४.०० प्रतिशतमा झारेको छ ।

सिद्धार्थ बैंक

सिद्धार्थ बैंकले संस्थागत मुद्दतीको तल्लो सीमा तथा एक वर्षे संस्थागत ब्याजदर ३.२५ प्रतिशतबाट घटाएर३.०० प्रतिशतमा घटाइएको छ ।

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

कानूनमन्त्रीले पदभार ग्रहणसँगै प्रतिवेदन बुझाइयो

रास्वपाको सचिवालय बैठक आज बस्दै

प्रधान न्यायाधीशको नियुक्तिप्रति जनमाेर्चाकाे आपत्ति

४ हजार ६३१ सवारी दुर्घटना

बजेटबारे ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक