आइत, बैशाख २०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home सम्पादकीय

विश्व हातहतियार उद्योग र व्यापारमा अभूतपूर्व वृद्धि

धारणा न्यूज by धारणा न्यूज
११ महिना अगाडि
0
लोकतन्त्रमा दलका नेता, सांसद र सभामुखको भूमिका !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

विश्व हातहतियार उद्योग र व्यापारमा अभूतपूर्व वृद्धि अमेरिकी सरकारले अवैध रूपमा बसोबास गरिरहेका नेपालीलाई डिपोर्ट गर्न थालेसँगै वैदेशिक रोजगारीका चुनौती फेरि उजागर भएको छ । गत आइतबार मात्र अमेरिकाले ३७ नेपालीलाई फिर्ता गरिदिएको हो। डिपोर्ट गरिएका अधिकांश नेपाली ठूलो लगानीमा अमेरिका पुगेका थिए ।

नेपालमा वैदेशिक रोजगारी लामो समयदेखि बेरोजगारी समस्याको विकल्पको रूपमा स्थापित हुँदै आएको छ । पछिल्लो तीन आर्थिक वर्षको तथ्यांक हेर्दा ठूलो संख्यामा नेपाली युवा रोजगारीको खोजीमा विदेशिने क्रम रोकिएको छैन । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७८/७९ मा
६ लाख २९ हजार, २०७९/८० मा ७ लाख ५८ हजार र २०८०/८१ मा करिब ८ लाखभन्दा बढी नेपाली वैदेशिक रोजगारीका लागि गएका छन्। यो संख्या औसतमा हरेक वर्ष बढ्दो क्रममा रहेको देखिन्छ । यो आँकडाले नेपाली युवाको क्षमता देशभित्र उपयोग गर्न नसकेको यथार्थलाई पनि उजागर गर्छ ।

वैदेशिक रोजगारीबाट पठाइने रेमिट्यान्स (विदेशी मुद्रा) ले देशको अर्थतन्त्रलाई सघाएको यथार्थ हो। तर, यसको पछाडि लुकेका पीडा र समस्याहरू गम्भीर छन्। वैदेशिक रोजगारीमा गएकामध्ये धेरैजसोले शोषण, अपमान, ज्याला नपाउने, स्वास्थ्य बीमा नहुने, कानुनी सहायता नपाउने जस्ता समस्या भोगिरहेका छन्।

विशेषगरी खाडी मुलुकहरूमा कार्यरत श्रमिकहरू श्रम शोषण, गरिमाहीन जीवनशैली र विषम कार्य वातावरण सहन बाध्य भइरहेका छन्।

यी सबै यथार्थका बीच, अब राज्यले वैदेशिक रोजगारीको विकल्पमा मुलुकभित्रै रोजगारी सृजनाको दीर्घकालीन योजना ल्याउनुपर्छ । नेपाल कृषि प्रधान देश भए तापनि कृषि क्षेत्र अझै पनि परम्परागत प्रविधिमा सीमित छ । आधुनिक कृषि, उद्योग, पर्यटन, सूचना प्रविधि, ऊर्जा र निर्माण क्षेत्रमा लगानी बढाएर स्वदेशमै रोजगारी सृजना गर्न सकिन्छ । यसका लागि सरकार,
निजी क्षेत्र र सार्वजनिक क्षेत्रबीच त्रिपक्षीय साझेदारी आवश्यक छ ।

साथै, व्यावसायिक तथा प्राविधिक शिक्षामा जोड दिएर युवालाई दक्ष जनशक्तिका रूपमा उत्पादन गर्नु पनि अनिवार्य भइसकेको छ । सीप विकास कार्यक्रमलाई केवल फारम भर्ने कार्यक्रम होइन, व्यावहारिक र उद्यमशील बनाउनुपर्छ । त्यसका लागि प्रशिक्षण केन्द्रहरूको सुधार, बजारसँग जोडिएको तालिम र उद्यम गर्न चाहनेका लागि सहज ऋण र बजारको सुनिश्चितता आवश्यक हुन्छ ।
विदेश जान चाहनेको हकलाई अस्वीकार नगरी उनीहरूको सुरक्षा सुनिश्चित गर्न सरकार गम्भीर बन्नुपर्छ । वैदेशिक रोजगार बोर्ड, दूतावासहरू र श्रम संयन्त्रहरूलाई चुस्त र जवाफदेही बनाउनुपर्छ । अमेरिकी डिपोर्टको घटनाले पनि अब विदेश जाने नीतिलाई गहिरो समीक्षा गर्नुपर्ने संकेत दिएको छ । अवैध आप्रवासन,
एजेन्टहरूको ठगी र दलालहरूको नियन्त्रणका लागि कडा कानुनी कारवाहीको व्यवस्था हुनुपर्छ ।

वैदेशिक रोजगारीको विकल्प तब मात्र सम्भव हुन्छ, जब देशभित्र काम गर्न चाहने जनशक्तिलाई सम्मान, अवसर र सुरक्षित वातावरण दिइन्छ । युवालाई सिर्जनात्मक सोच र उद्यममा प्रेरित गर्ने नीति अवलम्बन नगरी यो समस्याको दीर्घकालीन समाधान सम्भव छैन ।

वैदेशिक रोजगारीको आँकडामात्र होइन, त्यसको पछाडि लुकेको पीडा बुझेर अब स्वदेशमै सम्भावनाको ढोका खोल्नतर्फ लाग्नुपर्छ । जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

राष्ट्रपति पौडेलले तीन दलका शीर्ष नेतृत्वलाई छलफल

राष्ट्रपतिद्वारा ६ वटा अध्यादेश जारी

२ घण्टा अगाडि
उपत्यकामा अव्यवस्थीत बस्ती हटाउने अभियानको विरोध

उपत्यकामा अव्यवस्थीत बस्ती हटाउने अभियानको विरोध

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पाकिस्तानमार्फत अमेरिकासँग वार्ताका लागि नयाँ प्रस्ताव ल्याइयाे

मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

सन्दीप लिग–२ प्रतियोगितामा एक सय विकेट लिने विश्वकै पहिलो बलर

फोहोर पानी विसर्जन गरिँदा स्वास्थ्यमा गम्भीर जोखिम उत्पन्न

एनआईसी एसिया ए डिभिजन लिगको बैंकिंग पार्टनर बने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक