बिहि, साउन १, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

देशका युवालाई विदेश लखेट्ने नागरिकता नीति

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
Reading Time: 1 mins read
0
देशका युवालाई विदेश लखेट्ने नागरिकता नीति
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

–निमकान्त पाण्डे

नेपालको संविधान २०७२ ले नागरिकता सम्बन्धी विषयलाई विशेष संवेदनशीलताका साथ सम्बोधन गरेको छ । तर त्यसयता नागरिकता ऐन संशोधनको बहानामा पटक–पटक राजनैतिक तानातान, स्वार्थको दृश्य हामीले देखेका छौं । फेरि संसदीय समितिले नागरिकतासम्बन्धी ऐन संशोधनका लागि विधेयक पारित गरेर संसद्मा पठाउने तयारी छ । यो विषयले नागरिकता गम्भीर कानुनी प्रक्रिया नभई राजनैतिक हतियारमा परिणत भएको छ ।

नागरिकता भनेको कुनै पनि राष्ट्रप्रति व्यक्ति र राज्यबीचको सम्बन्धको कानुनी मान्यता हो । यो केवल कागजको टुक्रा होइन, यो व्यक्तिको पहिचान, अस्तित्व, अधिकार र कर्तव्यको आधार हो । यति गम्भीर विषयलाई नेपालमा पटक–पटक दलहरूको तात्कालिक सत्ता स्वार्थ, चुनावी गणित र लोकप्रियता लहरमा जस्तासुकै किसिमले प्रयोग गरिँदै आएको छ ।

२०६३ सालपछिको संक्रमणकालीन समयमा नेपालमा राजनीतिक व्यवस्था, संविधान र कानुनहरू पुनर्लेखन गरिँदै थिए । संविधानमा नागरिकताको आधारमा कुनै व्यक्ति नागरिक बन्न पाउने प्रावधानहरू राखिए पनि व्यवहारमा कानुनी स्पष्टता अभावले नागरिकता वितरणमा अनेकौं समस्या देखिन थाले । मुख्यतः वैवाहिक नागरिकता, जन्मसिद्ध र अंगीकृत नागरिकताको अधिकार र प्रमाणित गर्ने निकायको संरचनामा विवाद रहिरह्यो । तर, यिनै विषयलाई आधार बनाएर गैरनेपालीलाई पनि सहजै नागरिकता उपलब्ध खेल भएका छन् । यसअघि नागरिकता विधेयकमा भएका खारेजयोग्य प्रावधानलाई परिमार्जन नरी प्रमाणीकरण गरिएको थियो ।

नागरिकताको विषय किन संवेदनशील छ भन्ने बुझ्न सबैभन्दा पहिला देशको अवस्था नै बुझ्न जरुरी हुन्छ । नेपाल भूपरिवेष्ठित राष्ट्र हो, जसको दक्षिणतर्फको भारतसँगको सीमा खुला छ । कुनै रोकतोकविना नै दुवै देशमा आउजाउ गर्न मिल्ने भएका कारण ठूलो संख्यामा नेपाली र भारतीय एकअर्काका देशमा विभिन्न काम विशेषले बस्दै आएका छन् । नेपालको तराई क्षेत्र र सीमावर्ती भारतीय क्षेत्रका जनताबीच लामो समयदेखि पारिवारिक सम्बन्ध पनि छ । विवाहका कारण एकअर्काबीच नातासम्बन्ध कायम हुँदै आएको छ । नेपालभन्दा धेरै ठूलो भारत पछिल्लो समय विश्वकै सबैभन्दा धेरै जनसंख्या भएको मुलुक पनि बनिसकेको छ । तर, भारतका लागि यो जनसंख्याको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । यस्तो अवस्थामा नेपालमा पटकपटक ल्याइने नागरिकतासम्बन्धी कानुनका कारण लाखौं भारतीयले नेपाली नागरिकता लिने गरेका छन् ।

एक दशकअघि सरकारले नागरिकतासम्बन्धी नयाँ व्यवस्था ल्याउँदा तराईका सीमा क्षेत्रका भारतीयले नागरिकता लिएको तथ्य बाहिरिएको थियो । उनीहरुसँग भारतीयसँगै नेपाली नागरिकता हुँदा नेपालतर्फ चलखेल गर्न सहज हुने विभिन्न अध्ययनले देखाएको थियो । बेलाबेलामा नेपाली नागरिकता लिएको आरोपमा भारतीय पक्राउ पर्दै आएका पनि छन् । नेपालको तराईका विभिन्न जिल्लाबाट विभिन्न समयमा नागरिकता बनाउन स्थलगत खटिएको टोलीबाट उनीहरूले नेपाली नागरिकता लिएको खुलेको छ ।

विश्वका थुप्रै देशमा नागरिकतासम्बन्धी कडा प्रावधान छन् । कुनै पनि देशको नागरिकता बन्न कैयौं वर्षसम्म बसोबास गरेको हुनुपर्ने लगायत शर्त छन् । कतिपयले त जति बसोबास गरे पनि आफ्नो स्थायी नागरिकको हैसियत दिँदैनन् । तर, नेपालमा भने नागरिकता सम्बन्धी व्यवस्था पटकपटक बदलिने गरेको छ । यसले देशमा विदेशी नागरिकको संख्या बढ्दै जाँदा उनीहरुको व्यवस्थापन नै समस्या हुने गरेको छ ।

सरकारलाई आग्रह छ कि ! सिमाना खुला भएकाले नागरिकतासम्बन्धी व्यवस्थामा हामी धेरै गम्भीर हुनुपर्नेछ । वास्तविक नेपालीले नागरिकता प्राप्त गर्न नागरिकता ऐन बाधक छैन । तर, जन्मसिद्धका नाममा नक्कली नेपाली नागरिक बनेका सीमापारिका नागरिकका सन्तानलाई नेपाली नागरिक बनाउने राष्ट्रघाती योजना पटकपटक भइरहेका छन् ।

विश्वका केही देशमा विदेशी नागरिकको बसोबास बढ्दै गएर मूलवासी नै संकटमा परेका उदाहरण पनि छन् । फिजी त्यसको एउटा गतिलो उदाहरण हो । त्यहाँ भारतीय मूलका व्यक्तिको बसोबाससँग उनीहरु नै शासनसत्तामा पुग्दा त्यही देशका व्यक्ति भने किनारीकृत हुनुपरेको थियो । अहिले नेपालमा पनि अधिकांश युवा विदेशिएका छन् । उनीहरुलाई देशमा केही गर्ने वातावरण सृजना नहुँदा वैदेशिक रोजगारी बाध्यता बन्दै गएको छ । अर्कोतर्फ ठूलो संख्यामा भारतीय तथा अन्य व्यक्तिहरु नेपालमा कामका लागि भित्रिरहेका छन् ।
रोहिंग्या, भुटानी शरणार्थी तथा अन्य देशका शरणार्थीले पनि नेपाललाई गन्तव्य बनाइरहेका छन् । यसले तत्काल असर नपरे पनि उनीहरु विस्तारै बढ्दै जाँदा पहिला त उनीहरुको व्यवस्थापनमा समस्या होला, अर्कोतर्फ नागरिकतासम्बन्धी लचिला प्रावधानले उनीहरुको हालिमुहाली बढ्दै जान सक्छ । नेपाली युवा विदेशिने र अन्यको हालिमुहाली हुने अवस्था आउनु किमार्थ सही होइन । यसले भविष्यमा नेपालमा द्वन्द्व र आर्थिक संकट निम्त्याउन सक्छ । यसमा नेताहरु सचेत हुन आवश्यक छ । जनधारणा साप्ताहिक

 

यो पनि पढ्नुहोस्

त्रिवि क्रिकेट मैदान स्तरोन्नति नसक्ने ठेकेदार कम्पनीलाई जरिवाना

त्रिवि क्रिकेट मैदान स्तरोन्नति नसक्ने ठेकेदार कम्पनीलाई जरिवाना

८ घण्टा अगाडि
कीर्तिपुर उद्योग वाणिज्य संघको आयोजनामा डिजिटल सशक्तिकरण साक्षरता  सम्पन्न

कीर्तिपुर उद्योग वाणिज्य संघको आयोजनामा डिजिटल सशक्तिकरण साक्षरता सम्पन्न

९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कीर्तिपुर उद्योग वाणिज्य संघको आयोजनामा डिजिटल सशक्तिकरण साक्षरता सम्पन्न

घट्याे सुनचाँदीकाे भाउ

हे ईश्वर! तिमीलाई कसले र किन जन्मायो?

आज दिउँसो देशभर साधारणतया बदली रहने

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

राम्रा कामलाई देख्न नसक्नेहरुले सरकारमाथि भ्रम छर्न खोज्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक