बिहि, भदौ २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बुटवलमा एक महिला र दुई छोरीलाई खुर्पा प्रयोग गरेर हत्या

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
बुटवलमा एक महिला र दुई छोरीलाई खुर्पा प्रयोग गरेर हत्या
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

नारायणगढ। यही जेठ २ गते बिहानै लीलाराज गिरीले विद्यालय जाने तयारी गरिरहेकी सात वर्षीय छोरी प्रभा गिरी र पाँच वर्षीय भतिजो साजन गिरीको खुर्पा प्रयोग गरेर हत्या गरे । भरतपुर महानगरपालिका–२५ निवासी लीलाराजले प्रभा र साजनको हत्या मात्रै गरेनन्, आफूले पनि घाँटी रेटेरै आत्महत्या गर्ने प्रयास गरे तर संयोगले उनी बाँचे अहिले उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै बुटवल उपमहानगरपालिका–११, होराइजन चोकस्थित मिलीजुली पथमा एक महिला र उनका दुई छोरीको हत्या भयो । जेठ १४ गते स्थानीय ३१ वर्षीय दीपा बस्याल, छोरी सात वर्षीय स्नेहा बस्याल र चार वर्षीय नानी बस्यालको हत्या भयो । उनीहरूको हत्या अभियोगमा प्रहरीले स्थानीय सुजन कोइरालालाई पक्राउ गरेको छ । हत्या भएकी दीपा सुजनकी पूर्वपत्नी र छोरीहरू भएको बताइन्छ । उनले घरेलु हतियार हम्बर र चक्कु प्रहार गरी हत्या गरेको स्थानीयवासीले बताएका छन् । अहिले प्रहरी अनुसन्धानका क्रममा रहेका सुजन यसअघि दाइको हत्या गरेको अभियोगमा जेल जीवन बिताई चार वर्षअघि छुटेका थिए ।

जेलबाट छुटेपछि उनले एकल जीवन बिताइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो । माथिका दुई प्रतिनिधि घटना मात्रै हुन् । पछिल्लो समय सामूहिक हत्या जस्ता डरलाग्दा घटना समाजमा बढेका छन् । अझै अरूको हत्या गरिसकेपछि आफूले समेत आत्महत्या गर्ने क्रम पनि देखिन्छ । प्रहरी प्रधान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाका अनुसार नेपालमा आर्थिक वर्ष २०७९/८० देखि २०८१/८२ को तीन वर्षमा ३२ वटा यही प्रकृतिका सामूहिक हत्याका मुद्दा दर्ता भएका छन् । जसमा आफन्तको हत्यापछि १९ जनाले आत्महत्या गरेका र १६ जनाले आत्महत्या प्रयास गरेको उल्लेख छ ।

यो अवधिमा हत्या हुने महिला र बालबालिका नै धेरै देखिन्छन् । प्रहरीको तथ्याङ्क अनुसार महिला २१ जना र बालबालिका १९ जना यस्ता घटनामा मारिएका छन् । सामूहिक हत्यामा पर्ने पुरुषको सङ्ख्या भने तीन जना छ । चितवन मेडिकल कलेज मनोरोग विभागका प्राध्यापक डा. शैलेन्द्रराज अधिकारी यसरी सामूहिक हत्या गर्ने सामान्य मानिस नभई जटिल खालका मनोरोगी भएको तर्क गर्नुहुन्छ । “सामूहिक हत्या गरी आफूले पनि आत्महत्या गर्ने जटिल खालका मानसिक रोगी हुन् । जुन अहिले समाजमा बढिरहेका छन्,” उहाँले भन्नुभयो ।

चितवन शुक्रनगर हत्या प्रकरणमा अनुसन्धान गरिरहेका जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार लीलाराज लामो समयदेखि मानसिक रोगी भएको अनुसन्धानमा खुलेको छ । “यो घटनाको हामी अनुसन्धान गर्दै छौँ । यो मानिस लामो समयदेखि मानसिक रोगी भएको भन्ने चाहिँ खुल्न आएको छ,” उहाँले भन्नुभयो ।

लीलाराजका दाजु रामकृष्ण गिरी परिवारमा ज्यादै दुःखद घटना भएको बताउनुहुन्छ । परिवारले प्रहरीमा दिएको किटानी जाहेरीमा पनि यो हत्या लीलाराजले नै गरेकाले हदैसम्मको कारबाहीको माग गरिएको छ । नेपाली सेनाको जमदार पदमा कार्यरत रहेकै बेला मानसिक समस्या भएपछि लीलाराज केही वर्षअघि सेनाबाट निवृत्त भएका थिए । त्यसयता सैनिक अस्पतालको मानसिक विभागमा नियमित उपचार गराउँदै औषधी खाइरहेका थिए । मनोविद् खिमा रिजाल पनि गम्भीर खालका मानसिक रोगीले मात्रै यति ठुला हिंसा गर्न सक्ने जनाउनुहुन्छ ।

“यस्तो खालको घटना जटिल मानसिक स्वास्थ समस्या भएका मानिसले मात्रै गर्न सक्छन् । हामी डिप्रेसन मात्रै भनेर बस्छौँ । डिप्रेसनले क्षति गर्ने आफूलाई मात्रै हो । अरूलाई क्षति गर्नु भनेको जटिल खालको मानसिक समस्या हो,” उहाँले भन्नुभयो ।मनोचिकित्सक प्राडा शैलेन्द्रराज अधिकारी नेपालमा विभिन्न अध्ययनले १० देखि १५ प्रतिशत नागरिक मनोरोगी भएका र मनोरोगीमध्ये पनि २० प्रतिशत जटिल खालका मनोरोगी रहेको जनाउनुहुन्छ ।

“हाम्रो जस्तो (चितवन मेडिकल कलेज) एउटै अस्पतालमा त अहिले दैनिक सय जनाभन्दा बढी मनोरोगी उपचारका लागि आइरहेका छन् । अब भन्नुस् त यसको अवस्था कति डरलाग्दो छ,” उहाँले थप्नुभयो, “कुनै पनि मनोरोगीलाई होच्याइएको छ । उसलाई विभिन्न कलङ्क लगाइएको छ । औषधी छाडेको वा रक्सी गाँजा, लागुऔषध जस्ता कुलतमा फसेको छ भने ऊ आक्रामक खालको मनोरोगी हुन्छ । जसले अप्रिय घटना गराउन सक्छ ।”

छोरी र भतिजको हत्यापछि लीलाराजले पनि अस्पतालको बेडबाट लेखे, “म नेपाल आर्मीको जमदार लीलाराज गिरी हुँ । परिवारकै सदस्यले मलाई मानसिक तनाव दिइरहन्थे ।” प्राडा अधिकारी यस्ता बिरामीको नियमित उपचार र औषधी सेवन नै समस्या समाधानको बाटो भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “मनोरोगका बारेमा समाजमा जनचेतना जगाउनु पर्छ । सरकारी तवरबाटै पुनस्र्थापना केन्द्र निर्माण गरेर मनोरोगीलाई उद्धार गरिराख्ने वातावरण बनाउन सकियो भने मात्रै पनि समाजमा हुने यस्ता डरलाग्दा अपराध कम हुँदै जाने छन् ।”

यो पनि पढ्नुहोस्

ओमान विरुद्ध नेपालकाे शानदार जित

ओमान विरुद्ध नेपालकाे शानदार जित

३५ मिनेट अगाडि
राजनीतिमा नयाँ र पुरानाबीच भिन्नता यही हो !

सामाजिक सञ्जालमा महिलामाथि दुव्र्यवहार बढ्दो

३७ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

उपसभामुखकाे पारिश्रमिक उद्धार कोषमा जम्मा गर्न निर्देशन

OTP–पासवर्ड नदिन राष्ट्र बैंककाे सुझाव

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

दुई करोड अमेरिकी डलर क्षतिपूर्ति माग

ओमान विरुद्ध नेपालकाे शानदार जित

नेपाल कानुन आयोग ऐन २०६३’ संशोधन विधेयक अघि बढ्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक