शनि, कार्तिक १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपाली गीतसङ्गीत क्षेत्रको विकास, प्रवर्धन र मौलिकता संरक्षण

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
नेपाली गीतसङ्गीत क्षेत्रको विकास, प्रवर्धन र मौलिकता संरक्षण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ। नेपालको कला, संस्कृति, भाषा, साहित्य, गीतसङ्गीत, वेशभूषामार्फत सिङ्गो देशको चित्रण गरिने प्रदर्शनी, महोत्सव र उत्सवले ती क्षेत्रको विकास मात्र गर्दैन; संरक्षण र प्रवर्धनमा पनि ठुलो टेवा पुर्‍याउँछ । सातै प्रदेशको विविधतालाई एउटै मञ्चमा ल्याउँदा ती प्रदेशका लुकेका प्रतिभाको पहिचान मात्र भएको छैन, उनीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा पाइला टेक्ने बाटो पनि खुलेको छ । यसै सिलसिलामा नेपाली लोकसङ्गीत, शास्त्रीय सङ्गीत, नाट्यकला र सांस्कृतिक विविधताको बहुआयामिक पक्षलाई समट्दै राष्ट्रिय सङ्गीत तथा नाट्य उत्सव–२०८२ आयोजना गरिने भएको छ ।

उत्सवमा सातै प्रदेशका चर्चित तथा उदाउँदा कलाकारको सहभागिता रहने नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानकी कुलपति निशा पोखरेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यसले देशको सांस्कृतिक विविधतालाई एउटै मञ्चमा समेट्ने अमूल्य अवसर प्रदान गर्ने छ ।” उहाँका अनुसार उत्सवको मूल उदेश्य नेपाली गीतसङ्गीत र नाट्यकला क्षेत्रको विकास, प्रवर्धन र मौलिकता संरक्षण गर्नु हो ।

सातै प्रदेशका चर्चित तथा उदाउँदा कलाकारलाई एउटै मञ्चमा सहभागी गराइने यस उत्सवले नेपाली मौलिक धुन, वाद्ययन्त्र र नाट्य परम्पराको पुनरवलोकन गर्दै नवप्रवर्तनशील सिर्जनशीलता उजागर गर्न सहयोग पुग्ने उहाँले जनाउनुभयो । उत्सवमा सङ्गीत, नाट्य र साहित्य विधाका बुद्धिजीवी, अनुसन्धाता, अग्रज स्रष्टा कलाकार, विद्यालय र क्याम्पसका विद्यार्थीलाई समेत सहभागी गराइने उत्सवका संयोजक उपकुलपति शम्भु राईले जानकारी दिनुभयो । बाह्य संस्कृतिको उपनिवेश एवं आन्तरिक सांस्कृतिक दबदबाका कारण अल्पसङ्ख्यक जाति–भाषी समुदायका लोकसंस्कृति लोपोन्मुख अवस्थामा पुगेकाले ती लोकसंस्कृतिको जगेर्नाका लागि पनि प्रज्ञा–प्रतिष्ठानले यस खाले उत्सव आयोजनाको रणनीति लिएको उपकुलपति राईले स्पष्ट पार्नुभयो । प्रतिष्ठानका सदस्यसचिव कुश्मा महराले उत्सवमा कोशी प्रदेशबाट आठपहरिया राई जातिको ढोल नाच, माखन्डासे गीत, मधेश प्रदेशबाट मिथिला सङ्गीत र भोजपुरी गीत, बागमती प्रदशेबाट घ्याङ्ताङ निस्से नाच र फकन्दली नृत्य (नेपाल भाषा), गण्डकी प्रदेशबाट झाम्रे र यानीमाया नृत्य, लुम्बिनी प्रदेशबाट डिग्रे पैसरी र लस्के नृत्य, कर्णाली प्रदशेबाट टप्पा गीत र झ्याउरे नृत्य, सुदूरपश्चिमबाट देउडा र छलिया नृत्य प्रस्तुत हुने जानकारी दिनुभयो ।

उत्सवमा सात प्रदेशका विभिन्न मौलिक गीतसङ्गीत तथा नृत्यको प्रस्तुतिका साथै लक्ष्मी मालीको कविता ‘आमा तिम्रो नाम के हो’ मा नाटक मञ्चन हुने छ । नाटकको निर्देशन तथा परिकल्पना वीरेन्द्र हमालले गर्नुहुने छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले सोमबार पत्रकार सम्मेलन गर्दै उत्सव जेठ ३० गते आयोजना हुने जानकारी दिएको छ ।

यो पनि पढ्नुहोस्

सुदूरपश्चिम प्रदेशसभा सदस्यको राजीनामा स्वीकृत

सुदूरपश्चिम प्रदेशसभा सदस्यको राजीनामा स्वीकृत

१० घण्टा अगाडि
कम्पनीहरूलाई छुटमा कारोबार जारी

कम्पनीहरूलाई छुटमा कारोबार जारी

१२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

जेन–जी आन्दोलन सम्बन्धी २०६ वटा मुद्दा फिर्ता लिने

गणतन्त्र, समावेशिता र धर्मनिरपेक्षतामाथि प्रहार भए प्रतिवाद गर्छौं : अन्सारी

आधुनिक बनाउन कानुनमा सुधारको तयारी

टरिगाउँ र रारा विमानस्थलको अध्ययन अघि बढाउन निर्देशन

कांग्रेसको १५औं महाधिवेशन सम्पन्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक