काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)मा सर्वसम्मत नेतृत्व चयनमा सहमति जुट्न सकेन।
कीर्तिपुरमा जारी २४ औँ महाधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओली निकटका सुजन कडरियालाई अध्यक्षमा प्रस्ताव गरेपछि सहमति नजुटेको हो।
पार्टी संस्थापनपक्षले कडरियलाई अध्यक्ष बनाउन चाहेपछि महाधिवेशन हलभित्रै अन्य पक्षले विरोध गर्दै नारावाजी गरेका थिए।
हलभित्र नारावाजी भएपछि निर्वाचन कमिटीले भोलिका निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।
अनेरास्ववियुको अध्यक्षका लागि कडरियासहित दीपक धामी, प्रकाश पौडेल, आरती भट्टराई, अञ्जना सिवाकोटी आकाँक्षी रहेका छन्।
पाँच जना कसैले पनि सहमति नजनाएपछि निर्वाचन समितिले आजै(मंगलबार) ३ देखि ५ बजेसम्म उम्मेदवारी दर्ता फारम वितरण गर्ने, ४ देखि ६ बजेसम्म दर्ता गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।
आजै राति ८ बजेसम्म उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन र भोलि बिहान १० बजेदेखि ५ बजेसम्म मतदान हुने कार्यतालिका छ।
यस्तो छ निर्वाचन कार्यतालिका–