शुक्र, अशोज ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

१ महिनापछि राइड सेयरिङ नियमावली प्रक्रिया सुरु

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
१ महिनापछि राइड सेयरिङ नियमावली प्रक्रिया सुरु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

पोखरा । गण्डकी प्रदेश सभामा सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि भएको छलफलमा राइड सेयरिङको व्यवस्था पनि प्रमुख विषय बन्यो । अन्य विषयमा फरक मत देखिए पनि राइड सेयरिङ कार्यान्वयन गर्ने सन्दर्भमा भने सबै सांसद एकै ठाउँमा उभिएकाे छ।

प्रतिपक्ष दल नेकपा माओवादीले अन्य बुँदामाथि प्रश्न उठाए पनि राइड सेयरिङ व्यवस्थित हिसाबले सञ्चालन तथा नियमन गर्ने व्यवस्थाप्रति ऐक्यबद्धता जनाएकाे छ ।

सबै सांसदले सरकारको कदमप्रति धन्यवादमात्रै दिएनन्, सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई खुट्टा नकमाउन आग्रहसमेत गरे ।

नीति तथा कार्यक्रम पारित गर्नुअघि छलफलमा उठेका विषयलाई सम्वोधन गर्दै उभिएका मुख्यमन्त्री पाण्डेले सबै सांसदहरूलाई धन्यवाद दिँदै आफ्नो आत्मबल बढेको जनाए ।

उनले कुनै पनि हालतमा सरकार पछि नहट्नेमा जोड दिए ।

राइड सेयरिङलाई कानुनी रुपमा व्यवस्थापन गर्न खोजेको मुख्यमन्त्री धारणा थियो । ‘कार्यान्वयनमा लैजान एक महिनाका लागि स्थगित गरेका छौं । तर, यो कार्यान्वयनमा जान्छ, यो लागु हुन्छ र यही १ महिनापछिबाट यो राइड सेयरिङ नियमावली अनुसारको प्रक्रिया सुरु हुन्छ,’ मुख्यमन्त्री पाण्डेले भने ।

संघले प्रदेशको अधिकारमाथि हस्तक्षेप गरेको भन्दै सांसदहरुले संसदमा आवाज उठाएका थिए । यस विषयमा मुख्यमन्त्री पाण्डेले हस्तक्षेपका रुपमा लिए पनि हुने र समन्वय, सहकार्यका हिसाबले हेरे पनि हुने जनाए ।

एक महिनाका लागि संघीय सरकारको आग्रहलाई मानेर सहकार्य गरेका उनको धारणा थियो ।

‘एक किसिमबाट हेर्ने हो भने हस्तक्षेप भएको हो । हामीले बनाएको नियम, कानवुनलाई किन स्थगन गर भनेको हो ? ठिक कुरा हो । हस्तक्षेप भएको छ,’ मुख्यमन्त्री पाण्डेले भने, ‘संविधानमै पढौं भने पनि के लेखेको छ ? तिनै वटै सरकारबीच समन्वय र सहकार्य हुने छ । त्यो पनि भनेको छ । सहकार्य गरेको हो तर कदमबाट सरकार पछाडि हट्दैन ।’

त्यसअगाडि प्रदेशमा मात्रै होइन, संसारैभरि राइड सेयरिङ अगाडि बढिसकेको माओवादी संसदीय दलका नेता तथा पूर्व यातायात मन्त्री हरिबहादुर चुमानले बताएका थिए । राइड सेयरिङ हिजोदेखि नै अवैधानिक हिसाबले चलिराखेकाले नियमावली बनाएर प्रदेशको राजस्वसमेत बढाउने गरी नियमन गर्नु जायज भएको चुमानको भनाइ थियो ।

‘नियमावली आउनेबित्तिकै यातायात व्यवसायीले आन्दोलन गर्नुभो । आन्दोलन देशव्यापी गराउने कोसिस गर्नु भो । म चाहिँ के भन्छु भने यातायात व्यवसायीलाई पनि प्रदेश सक्षम पनि छ उहाँहरुसँग वार्ता, सहमति गर्नका लागि र निकास निकाल्नका निम्ति, हुन पनि पर्छ,’ चुमानले जोड दिएर भने, ‘तर, यही आन्दोलनलाई बाहाना बनाएर संघ सरकारले हाम्रो एकल अधिकार सूचीमा भएको, प्रदेशभित्रको यातायात व्यवस्थापन र नियमन गर्ने अधिकार, हाम्रो जिम्मेवारीमाथि हस्तक्षेप हुन पुगेको छ, त्यो अमान्य घोषित गर्दछु ।’

प्रदेशको एकल अधिकारको क्षेत्रमा संघको हस्तक्षेप हुन नहुने माओवादी प्रमुख सचेतक कुसुम बुढामगरको पनि धारणा छ ।

गण्डकी प्रदेश सरकारले राइड सेयरिङलाई वैद्यानिक गराएर युवालाई रोजगारी दिने र प्रविधिबाट सेवा दिने कुरालाई सघाउने नेपाली कांग्रेसका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेको धारणा थियो ।

नेकपा एमालेका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले राइड सेयरिङ नियमावली ल्याएकोमा धन्यवाद दिँदै खुट्टा नकमाउन आग्रह गरे ।

‘हरेक नयाँ सुरुआतमा यस्तो हुन्छ । स्वार्थहरू अगाडि आउँछन् । तर, हामी अगाडि बढ्ने हो । युवासँग जोडिएको कुरा हो, टेक्नोलोजीसँग जोडिएको कुरा हो यो, यसबाट खुट्टा कमाउनु हुँदैन,’ नेपालीले भने ।

राइड सेयरिङको नियमावली समय सान्दर्भिक भएको पूर्वमन्त्री तथा राप्रपा संसदीय दलका नेता पञ्चराम तमुले जनाए । ‘तर, विषम परिस्थितिमा सहयोग गर्दै आएको सार्वजनिक यातायात व्यवसायीसँग सहकार्य, समन्वयबाट समस्याको समाधान गर्नुपर्छ,’ तमुले भने ।

राइड सेयरिङलाई मान्यता दिँदै नियमावली जारी गरेपछि यातायात व्यवसायीले देशभर हड्ताल गरेका थिए ।

संघीय सरकारसँग भएको सहमतिअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषदले एक महिना स्थगन गर्न आग्रह गर्दै गण्डकीमा पत्र पठाएको थियो । त्यही पत्रको आधारमा जेठ २० गते गण्डकी प्रदेशले १ महिनाका लागि नियमावली कार्यान्वयन स्थगित गर्दै व्यवसायीलाई वार्ताका लागि आह्वान गरेको छ ।

यो पनि पढ्नुहोस्

सुदूरपश्चिम प्रदेशसभा सदस्यको राजीनामा स्वीकृत

सुदूरपश्चिम प्रदेशसभा सदस्यको राजीनामा स्वीकृत

६ घण्टा अगाडि
कम्पनीहरूलाई छुटमा कारोबार जारी

कम्पनीहरूलाई छुटमा कारोबार जारी

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

जेन–जी आन्दोलन सम्बन्धी २०६ वटा मुद्दा फिर्ता लिने

गणतन्त्र, समावेशिता र धर्मनिरपेक्षतामाथि प्रहार भए प्रतिवाद गर्छौं : अन्सारी

आधुनिक बनाउन कानुनमा सुधारको तयारी

टरिगाउँ र रारा विमानस्थलको अध्ययन अघि बढाउन निर्देशन

कांग्रेसको १५औं महाधिवेशन सम्पन्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक