बुध, मंसिर १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नवर्दुगा होटल लागेको आगलागीले ३० पसल जलेर नष्ट

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
नवर्दुगा होटल लागेको आगलागीले ३० पसल जलेर नष्ट
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

बाजुरा। बाजुराको बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा लागेको आगलागीले तहसनहस बनाएको छ । नवर्दुगा होटलबाट सुरु भएको आगलागीले ३० पसल जलेर नष्ट हुँदा करोडौंको क्षति भएको छ ।

आगलागीका कारण स्थानीय व्यवसायीहरु एकैछिनमै सडकमा आएका छन् । कसैले आफ्नो जीवनभरको कमाइ गुमाए भने कसैले परिवार पाल्ने आधार । आगलागीपछि उनीहरू खुला आकाशमुनि बस्न बाध्य भएका छन् ।

ग्यास सिलिण्डर विस्फोटपछि सुरु भयो आगलागी

नवदुर्गा होटलमा खाना पकाउने ग्यासको सिलिण्डर विस्फोट भएपछि आगलागी सुरु भएको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको छ । प्रहरी नायब उपरीक्षक इकवाल हवारीले भन्नुभयो, “आगलागीले सबै टिनटहराका पसलहरू खरानी बनायो, पानीले निभाउन सक्ने अवस्था थिएन ।”

सपनासँगै खरानी बनेको जीवन

होटल सञ्चालक तोयानाथ न्यौपानेले पसलसँगै जीवन जलेर गएको बताउनुभयो । सञ्चालक न्यौपानेको अनुहार आकाश जत्तिकै निराशा देखिन्थ्यो । “यात्रुहरूलाई मिठो खाना खुवाउथेँ, त्यही होटल मेरो घर चलाउने माध्यम थियो । अब घर जान डर लाग्छ, के लिएर जानु ?,” उहाँ भन्नुभयो, ‘‘अब हातमा केही छैन, घर फर्केर के भनूँ ?”

यसैगरी, शुसिल थापा स्थानीय मेडिकल सञ्चालन गर्दै आएका थिए । उहाँको पसल त्यहि आगलागीमा खरानी भयो । थापाले मेडिकल खोलेर बाम्कावासीलाई सेवा दिँदै आउनुभएको थियो । “औषधी, कागजात, सबै जलेर खरानी भयो । अब पुनः कसरी सुरु गर्ने थाहा छैन । बिरामीको सेवा गर्न खोलिएको पसल नै सकियो ।”

यसैगरी, दिपक साउदको इलेक्ट्रोनिक पसल पनि पूर्णरूपमा जलेर नष्ट भएको छ । उहाँ भावुक हुँदै भन्नुभयो, ‘‘इलेक्ट्रोनिक पसल थियो, तर त्यो पसल अब कहिल्यै पनि देख्न पाउँदैनन् । वर्षौ वर्ष गरी जोडेको पसल एक सेकेन्डमै खरानी भयो ।”

यतिमात्र होइन्, सँगै पसल चलाउँदै आएका अरू व्यापारीहरू समेत अहिले सडकमै टाउको राख्ने ठाउँ खोजिरहेका छन् । तीन दर्जनजति व्यापारी अहिले सडकमा छन् ।

प्रशासन र स्थानीय सरकार सक्रिय

प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याको नेतृत्वमा विपद् व्यवस्थापन समितिको टोलीले घटनास्थलको निरीक्षण गर्दै क्षतिका विवरण सङ्कलन गरिरहेको छ ।

स्थानीय तह, प्रदेश र सङ्घीय सरकारसँग समन्वय गरी एकद्वार प्रणालीमार्फत राहत वितरणका निर्णय गरिएको छ । आकस्मिक बैठकमा बुढीगंगा नगरप्रमुख रामबहादुर बानियाँ, बडीमालिका नगरप्रमुख अमरबहादुर खड्का, पूर्व सांसद लालबहादुर थापालगायतको सहभागिता थियो ।

दमकल नभएको पीडा

स्थानीय तहमा दमकलको अभावले आगलागी नियन्त्रणमा ठुलो चुनौती थपिएको हो । जिल्लाका सबै पालिकासँग गाडी भए पनि दमकल नभएको प्रशासनले स्वीकारेको छ ।

व्यापारीको माग राहत र पुनःस्थापना

बजार जलेर सडकमै आइपुगेका व्यापारीहरूले तत्काल राहतसँगै दीर्घकालीन समाधान माग गरेका छन् । उनीहरूले “सिर्जनात्मक पुनःस्थापना गरिदिउन्, हामी फेरि उठ्नेछौं ।’’ जनाएका छन् ।

यो पनि पढ्नुहोस्

दर्शकको नजरमा ‘हिमालयन गोल्ड’ : ‘हलिउडको झल्को दिने नेपाली फिल्म’

दर्शकको नजरमा ‘हिमालयन गोल्ड’ : ‘हलिउडको झल्को दिने नेपाली फिल्म’

३ मिनेट अगाडि
डीआईजीलाई प्रहरी हेडक्वाटर बोलाइयो

आईजीपी कार्कीको रिट निवेदन संयुक्त इजलासमा तोक्याे

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘विश्व कीर्तिमानी डा. उपाध्याय अमेरिका बुक अफ रेकर्ड्स’को ‘हल अफ फेम’मा

पिप्ले चोक नजिकै रहेको एक होटलमा आगलागी

प्रम बालेनको भ्रमणमा देखावटी पक्ष मात्रै राम्रो देखियाे

ड्रमस सरकलको आयोजनामा ‘नेपाल ड्रम फेस्टबल’ सांगितिक कार्यक्रम

आनि छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक