बुध, मंसिर १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

इनड्राइभ आधिकारिक कार्यालय उद्घाटन

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
इनड्राइभ आधिकारिक कार्यालय उद्घाटन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । राइड-हेलिङ सेवा प्रदायक इनड्राइभले नेपालमा आफ्नो आधिकारिक कार्यालय उद्घाटन गरेको छ । कम्पनीले स्थानीय बजारमा सेवा विस्तारका साथै चालक साझेदारहरूलाई प्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने उद्देश्यसहित ललितपुरस्थित कुपन्डोलमा नयाँ कार्यालय सञ्चालनमा ल्याएको हो ।

नयाँ कार्यालय चालक समुदायलाई सशक्त बनाउने र सेवा गुणस्तर सुधार गर्ने केन्द्रको रूपमा कार्यालय सञ्चालन हुने इनड्राइभले जनाएको छ । कार्यालयमार्फत व्यक्तिगत रूपमा चालक सपोर्ट र तालिम, सुरक्षा-केन्द्रित कार्यक्रम, स्थानीय बजारअनुकूल सेवा सञ्चालन र समुदायसँगको सम्बन्ध विस्तारका पहल गरिने बताइएको छ ।

“हामी हाम्रा चालक साझेदारहरू र काठमाडौँ उपत्यकामा यहाँका समुदायका लागि हाम्रा ढोका खोल्न पाउँदा उत्साहित छौं,” इनड्राइभमा एपीएसीका क्षेत्रीय निर्देशक मार्क टोलीले भने, “यो कार्यालय केवल कार्यस्थान मात्र नभई चालकहरूलाई सफल बनाउन र इनड्राइभसँग जोडिन सघाउने सपोर्ट सेन्टर पनि हो ।”

नयाँ कार्यालयमा चालकहरूलाई व्यावसायिक दक्षता बढाउन र उच्चस्तरीय सेवा प्रदान गर्न नियमित प्रशिक्षण सत्र सञ्चालन गरिनेछ ‍। कम्पनीले समस्या परेका अवस्थामा चालकहरूले कार्यालयमै आएर सहयोग लिन सक्ने व्यवस्था पनि गरेको छ ।

इनड्राइभ नेपालकी निर्देशक रीता पोखरेलले नेपाललाई कम्पनीका लागि प्रमुख बजारका रूपमा उल्लेख गर्दै भनिन्, “स्थानीय चालकहरूसँग बलियो साझेदारी निर्माण गर्नु हाम्रो प्राथमिकता हो । काठमाडौंमा कार्यालय सुरु गर्नु हाम्रो गहिरो प्रतिबद्धताको संकेत हो ।”

कम्पनीले पारदर्शी मूल्य मोडेल र प्रयोगकर्तामैत्री सेवाका कारण नेपाली यात्रु र चालकहरूको रोजाइमा पर्न सफल भएको दाबी गरेको छ । नयाँ कार्यालयको सुरुवातले इनड्राइभलाई नेपालमा चालक केन्द्रित, पारदर्शी र समुदायमुखी मोबिलिटी प्लेटफर्मका रूपमा अझ मजबुत बनाउने अपेक्षा गरिएको छ ।

कार्यालय उद्घाटनको अवसरमा बोल्दै पूर्वभौतिक पूर्वाधार तथा यातायातमन्त्री एवम् प्रतिनिधि सभा सदस्य प्रकाश ज्वालाले यातायात क्षेत्रमा कुनै पनि प्रकारको सिन्डिकेट हुनु नहुने धारणा व्यक्त गरे ।

“अहिलेको युग प्रतिस्पर्धाको हो । नयाँ प्रविधि प्रयोग गर्दै राइड शेयरिङ सेवाहरू सहज रूपमा प्रयोग गर्न पाउनु सबैको हक हो । सिन्डिकेट हुनुहुँदैन । सार्वजनिक यातायात र राइड सेयरिङ दुवैलाई व्यवस्थित गर्न संघीय सरकारले छिटोभन्दा छिटो आवश्यक कानुन ल्याउनुपर्छ । राइड शेयरिङलाई रोक्ने होइन, यसले सहयोग गरिरहेको छ- त्यसैले यसलाई प्रोत्साहन गर्नुपर्छ,” ज्वालाले भने ।

यो पनि पढ्नुहोस्

दर्शकको नजरमा ‘हिमालयन गोल्ड’ : ‘हलिउडको झल्को दिने नेपाली फिल्म’

दर्शकको नजरमा ‘हिमालयन गोल्ड’ : ‘हलिउडको झल्को दिने नेपाली फिल्म’

३ मिनेट अगाडि
डीआईजीलाई प्रहरी हेडक्वाटर बोलाइयो

आईजीपी कार्कीको रिट निवेदन संयुक्त इजलासमा तोक्याे

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘विश्व कीर्तिमानी डा. उपाध्याय अमेरिका बुक अफ रेकर्ड्स’को ‘हल अफ फेम’मा

पिप्ले चोक नजिकै रहेको एक होटलमा आगलागी

प्रम बालेनको भ्रमणमा देखावटी पक्ष मात्रै राम्रो देखियाे

ड्रमस सरकलको आयोजनामा ‘नेपाल ड्रम फेस्टबल’ सांगितिक कार्यक्रम

आनि छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक