बुध, मंसिर १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एकताबद्ध हुन एनआरएनएले गर्‍यो आह्वान

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
एकताबद्ध हुन एनआरएनएले गर्‍यो आह्वान
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले  एकता महाधिवेशनद्वारा निर्वाचित आधिकारिक नेतृत्व तथा तय गरेको मार्गचित्रमा एकताबद्ध हुन सम्पूर्ण  गैर आवासीय नेपाली समुदायलाई आह्वान  गरेको छ  ।

एनआरएनए आइसिसीका प्रवक्ता गंगाधर गौतमद्वारा बिहीबार जारी विज्ञप्तिमा गत मे ३-४, २०२५ मा काठमाडौँमा एनआरएनएको  एकता महाधिवेशन सम्पन्न भई  महेश कुमार श्रेष्ठको अध्यक्षतामा नयाँ  कार्यसमिति निर्वाचित भएकोले अब मुद्दा मामिला गरिरहन नपर्ने भन्दै सर्वोच्च अदालतबाट मुद्दा फिर्ता लिने  परराष्ट्र मन्त्रालयको कदमलाई  स्वागत गरिएको छ।

“सम्मानित  सर्वोच्च अदालतको परमादेश बमोजिम गैर आवासीय नेपाली संघ (एनआरएनए) को एकताको महाधिवेशन गर्न (मुद्दा नं ०७९-WO-१५०७) मार्फत परराष्ट्र मन्त्रालयलाई आदेश जारी गरेको स्पष्ट छ । सो परमादेश अनुसार गठित एनआरएनए उच्चस्तरीय समितिले  गत ३-४ मे, २०२५ मा  एकताको महाधिवेशन आयोजना गर्ने निर्णय गर्‍यो । यद्यपि परराष्ट्र मन्त्रालयले मे महिनामा एकताको महाधिवेशन गर्न गाह्रो हुन्छ, केही समय सारी पाउँ  भनेर सर्वोच्च अदालतमा निवेदन दिएको थियो । तर उच्चस्तरीय समितिले तोकिएकै मितिमा एकताको महाधिवेशन सम्पन्न गरेर  त्यसको जानकारी मन्त्रालयलाई गराए पछि परराष्ट्र मन्त्रालयले सर्वोच्चमा दिएको एकताको महाधिवेशनको समय सार्ने निवेदन फिर्ता लिँदै एकताको महाधिवेशन सम्पन्न भएको र महेश कुमार श्रेष्ठको अध्यक्षतामा नयाँ  कार्यसमिति निर्विरोध निर्वाचित भएको जानकारी  सर्वोच्चलाई गराइसकेको छ।  यसै गरी श्रेष्ठ नेतृत्वको कार्यसमिति नै वैधानिक भएको पुष्टि गर्दै  संसारभरि रहेका नेपाली कूटनीतिक नियोगहरूलाई पत्राचार पनि गरिसकेको छ,” विज्ञप्तिमा भनिएको छ।

यस अगाडी बद्री केसीले एकताको महाधिवेशनबाट निर्वाचित महेश कुमार श्रेष्ठको नेतृत्वमा गठित कार्यसमितिलाई काम गर्नबाट रोक्न माग गर्दै  दिएको निवेदन समेत परराष्ट्रको निवेदनकै भरमा उभिएकोमा परराष्ट्र मन्त्रालयले निवेदन समेत फिर्ता लिए पछि  केसीले दिएको  मुद्दाको  हैसियत शून्यमा झरेको  छ । सम्मानित सर्वोच्च अदालतले परराष्ट्रको निवेदनका आधारमा मात्र अन्तरिम आदेश दिने कि नदिने छलफल गर्ने भनेकोमा मन्त्रालयले नै सो निवेदन  फिर्ता लिए पछि एनआरएनए  सम्बन्धी सम्पूर्ण मुद्दाहरू असान्दर्भिक भएका छन्, विज्ञप्तिमा भनिएको छ।

स्मरणीय छ, परराष्ट्र मन्त्रालयले सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयलाई सर्वोच्चको आदेश अनुसार एकता महाधिवेशन सम्पन्न भएको र महेश कुमार श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको  जानकारी गराई परमादेश अनुसार भए गरेकोमा निर्देशनालयले समेत एकता महाधिवेशनलाई मान्यता दिएको छ । फैसला कार्यान्वयन निर्देशनालयले बद्री केसीले एकता महाधिवेशनको वैधानिकतामाथि नै  गरेको आशङ्काको प्रतिउत्तर दिँदै सर्वोच्चको निर्देशनात्मक आदेशमा भनिए अनुसार सरकारी अधिकारीहरूको प्रत्यक्ष निगरानीमा भएको अधिवेशन विरुद्ध मुद्दा मामिला गर्नु हास्यास्पद भएकोले बद्री केसीको मुद्दा खारेज गर्न सर्वोच्चलाई लेखि पठाएको छ, विज्ञप्तिमा भनिएको छ।

“गत मे ५, २०२५ मा महेश कुमार श्रेष्ठ नेतृत्वको नयाँ कार्य समितिले शपथ लिई सके पछि अब श्रेष्ठ नेतृत्वको कार्यसमिति मात्रै एनआरएनएको आधिकारिक कार्यसमितिको रूपमा रहेकोमा यो पृष्ठभूमिलाई नबुझे झैँ गरी अर्को समितिका कथित प्रवक्ताको नाममा विज्ञप्ति जारी गर्ने र वैधानिक कमिटीको अस्तित्वबारे प्रश्न  गर्ने  काम सरासर गलत भएको हाम्रो ठहर छ।  त्यस्तो गतिविधिबाट कुनै पनि भ्रममा नपर्न र राष्ट्रिय समन्वय परिषदहरुको महाधिवेशन गर्दा वैधानिक कमिटीसँग समन्वय गरेर मात्र महाधिवेशन गराउनु हुन् हामी पुनः  सबै एनसीसीहरुलाई जानकारी गराउन चाहन्छौँ,” विज्ञप्तिमा भनिएको छ।

यो पनि पढ्नुहोस्

डीआईजीलाई प्रहरी हेडक्वाटर बोलाइयो

आईजीपी कार्कीको रिट निवेदन संयुक्त इजलासमा तोक्याे

४३ मिनेट अगाडि
ड्रमस सरकलको आयोजनामा ‘नेपाल ड्रम फेस्टबल’ सांगितिक कार्यक्रम

ड्रमस सरकलको आयोजनामा ‘नेपाल ड्रम फेस्टबल’ सांगितिक कार्यक्रम

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘विश्व कीर्तिमानी डा. उपाध्याय अमेरिका बुक अफ रेकर्ड्स’को ‘हल अफ फेम’मा

पिप्ले चोक नजिकै रहेको एक होटलमा आगलागी

प्रम बालेनको भ्रमणमा देखावटी पक्ष मात्रै राम्रो देखियाे

ड्रमस सरकलको आयोजनामा ‘नेपाल ड्रम फेस्टबल’ सांगितिक कार्यक्रम

आनि छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक