काठमाडौं । पर्सा, पर्सागढी नगरपालिका-६ चैनपुर बस्ने जादो लाल यादव समेत ८ जनाको घरमा गए राति आगलागी हुँदा करिब ८ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । उदयपुर, लिम्चुङबुङ गाउँपालिका-२ आहाले बस्ने ७४ वर्षीय हर्क शेर राईको घरमा बुधबार दिउँसो आगलागी हुँदा करिब ५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
बारा, सिम्रौनगढ नगरपालिका-१ ब्रहमस्थान टोल बस्ने दुलाचन महतोको गोठघरमा बिहीबार बिहान आगलागी हुँदा करिब २ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


