मङ्ल, असार २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मोरङको कटहरी गाउँपालिकामा सामुदायिक अस्पताल निर्माण

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
मोरङको कटहरी गाउँपालिकामा सामुदायिक अस्पताल निर्माण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

विराटनगर। मोरङको कटहरी गाउँपालिकामा दुई अर्ब रुपियाँको लगानीमा सामुदायिक अस्पताल निर्माण गरिएको छ । जीवन विकास समाज अन्तर्गतको जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनले अस्पताल सञ्चालन गरेको प्रतिनिधि सभा सदस्य तथा समाजका अध्यक्ष योगेन्द्र मण्डलले जानकारी दिनुभयो ।

कटहरी–२, हल्दीबारी भन्ने ठाउँमा निर्माण गरिएको दुई सय श-याको अस्पताल यही जेठ २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने सांसद मण्डलले जानकारी दिनुभयो ।

आमनागरिकलाई सहज र सहुलियत दरमा स्वास्थ्य सेवा प्रवाहका लागि दुई बेडको सुविधासम्पन्न सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनले सेवा प्रवाह सुरु गरेको संस्थाका अध्यक्ष योगेन्द्र मण्डलले पत्रकार सम्मेलन गरी जानकारी दिनुभएको हो ।

अस्पतालमा अत्याधुनिक स्वास्थ्य उपकरण र अनुभवी विशेषज्ञ चिकित्सकमार्फत आकस्मिक सेवा, विशेषज्ञ चिकित्सकबाट दैनिक ओपिडी सेवा, निर्मल तथा पेनलेस डेलिभरी सेवा, जेनेरल तथा दुरबिनबाट सबै किसिमको अपरेसन सेवा, बालरोग उपचार, डायलासिस सेवा सुचारु हुने अध्यक्ष मण्डलले जानकारी दिनुभयो । त्यसै गरी अस्पताल सञ्चालनमा आएपछि कार्डियो र न्युरो सर्जरी सेवा पनि सञ्चालनमा ल्याउने तयारी गरिएको उनले बताए । “दुई सय शयाको अस्पताल सञ्चालनमा ल्याएपछि कार्डियोका लागि क्याथ ल्याब र न्युरो सर्जरी सेवाका लागि सिटी स्क्यान र एमआरआई ल्याउने तयारीमा छौँ,” उहाँले भन्नुभयो, “भविष्यमा मेडिकल कलेजसम्मको तयारी गरेर हामीले  अत्याधुनिक भवन निर्माण गरिएको हो ।” पाँच सय श-यासम्म पु-याएर मेडिकल कलेज सञ्चालन गर्ने तयारी रहेको उहाँले बताउनुभयो । अस्पतालमा दुई दर्जनभन्दा बढी विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मी गरी दुई सय जना जनशक्ति कार्यरत छन् । अस्पतालमा अहिले २५ शøयाको आइसियु, नौ शøयाको एनआइसियु र १० श-या सिसियुका लागि छुट्याइएको छ । अस्पताल सञ्चालन आइसकेपछि एमबिबिएस, नर्सिङ, फार्मेसी, मेडिकल प्रयोगशाला, फिजियोथेरापी, रेडियोलोजीमा स्नातक र स्नातकोत्तर तहका शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याउने योजना रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । अस्पतालका संरचना बाल, महिला, अपाङ्ग र अशक्तमैत्री हुने छ ।

संस्था मुनाफारहित, गैरसरकारी र जनहितकारी सामाजिक संस्था हुने भन्नुहुँदै अध्यक्ष मण्डलले गरिब, विपन्नलाई लक्षित गरेर ग्रामीण क्षेत्रमा अस्पताल स्थापना गरिएको जनाउनुभयो ।

२०५४ सालमा स्थापना भएको जीवन विकास समाजले ग्रामीण क्षेत्र तथा विपन्न वर्गको जीवनस्तर उकास्न वित्तीय पहुँच पु-याउनुका साथै शिक्षा, स्वास्थ्य, कृषि र रोजगारी सिर्जनाका लागि निरन्तर सेवा प्रदान गर्दै आइरहेको मण्डलले दाबी गर्नुभयो ।

२६ वर्षअघि मोरङको अमाहिबरियातीमा सानो सामुदायिक क्लिनिक स्थापना गरेको जीवन विकासले पछिल्लो समय  कटहरीमा छ जना विशेषज्ञ चिकित्सकबाट सेवा दिँदै आएको थियो ।

यो पनि पढ्नुहोस्

नेपाली मनोचिकित्सक बस्नेतलाई नामी सम्मान प्रदान

नेपाली मनोचिकित्सक बस्नेतलाई नामी सम्मान प्रदान

४१ मिनेट अगाडि
अमेरिकी वायुसेना विमान दुर्घटनाग्रस्त हुँदा आठ जनाको मृत्यु

अमेरिकी वायुसेना विमान दुर्घटनाग्रस्त हुँदा आठ जनाको मृत्यु

५१ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

अवैध लागूऔषध गाँजा बरामद

चीन नेपालकाे आधुनिकीकरण यात्रामा साझेदार रहने

साउदीले सामान्य पेसाकाे सीप परीक्षण गर्ने

पासपोर्ट अनियमितता आशंकामा महानिर्देशकमाथि बयान सुरू

रास्वपा  सुदूरपश्चिमको सभापतिमा प्रकाश विष्ट विजयी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक