बुध, असार २५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

भर्चुअल डलर आईकार्डबाट अन्तर्राष्ट्रिय भुक्तानी गर्न सकिने

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
Reading Time: 1 mins read
0
भर्चुअल डलर आईकार्डबाट अन्तर्राष्ट्रिय भुक्तानी गर्न सकिने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । डलर कार्ड बनाउने प्रक्रिया झन्झटिलो लाग्छ भन्ने सोच पाल्नुभएको छ भने अब त्यस्तो सोच बदल्ने बेला आएको छ । नबिल बैंकले सुरु गरेको भर्चुअल डलर आईकार्ड (iCard) ले नेपालमै बसेर सजिलै अन्तर्राष्ट्रिय भुक्तानी गर्न सकिने व्यवस्था मिलाएको छ ।

यो कार्ड सन् २०२१ मा सुरु गरिएको एक डिजिटल प्रिपेड कार्ड हो । बुझ्नुपर्ने कुरा यो भौतिक कार्ड होइन, डिजिटल मात्र हो । नेपाली रुपैयाँ तिरेर अमेरिकी डलरमा अनलाइन कारोबार गर्न सकिने यो कार्ड विशेषगरी नेपालका प्रयोगकर्ताका लागि सहज विकल्प बनेको बैंकको दाबी छ ।

भर्चुअल डलर आईकार्ड बनाउनका लागि नबिल बैंकमा खाता हुन आवश्यक छ । साथै प्यान नम्बर र कार्ड अनिवार्य छ । यसका साथै नबिल बैंकको डेबिट कार्ड पनि हुनुपर्छ ।

सबैभन्दा पहिले ‘nBank’ मोबाइल एप खोली होम स्क्रिनमा रहेको ‘Cards’ आइकनमा क्लिक गरेर आफ्नो डेबिट कार्ड एपमा एड गर्नुपर्छ । कार्ड नम्बर र एक्स्पायरी डेट राखेपछि ओटीपी आएर कार्ड सफलतापूर्वक जोडिन्छ । त्यसपछि ‘Apply for Virtual Dollar iCard’ मा क्लिक गरेर प्यान नम्बर लेख्ने र प्यान कार्ड अपलोड गरी प्रक्रिया अघि बढाउने हो । विवरण एकपटक हेरेर ‘Proceed’ थिचेपछि आवेदन प्रक्रिया पूरा हुन्छ । यो सेवाको लागि ५०० रुपैयाँ शुल्क लाग्छ, जुन तपाईंको खाताबाट काटिन्छ ।

यदि सबै विवरण ठीक भएमा आवेदन दिएको २४ घण्टाभित्र भर्चुअल डलर आईकार्ड एक्टिभेट हुन्छ । कार्ड एपमा देखिएपछि त्यहाँ रहेको ‘ePayment Activate’ गर्नुपर्ने हुन्छ । यसले थ्रीडी सेक्युर बनाउने र अनलाइन ठगीको जोखिम कम गर्न सहयोग गर्न बैंकको भनाइ छ ।  बैंकका अनुसार ईपेमेन्ट एक्टिभेट नगरेमा अनलाइन कारोबार गर्न सकिँदैन ।

भर्चुअल डलर आईकार्डमा वार्षिक अधिकतम ५०० अमेरिकी डलरसम्म टप-अप गर्न सकिन्छ । एक कारोबारमा न्यूनतम १ डलरदेखि अधिकतम ५०० डलरसम्म प्रयोग गर्न सकिन्छ । साथै, कार्डमा पाँच हजार अमेरिकी डलरसम्मको रेमिट्यान्स प्राप्त गर्न सकिन्छ । कार्डमा रहेको पैसा आफ्नै खातामा ट्रान्सफर गर्न पनि मिल्छ ।

यो कार्ड Netflix, YouTube Premium, Amazon Prime Video, Spotify, Disney+, Adobe, Microsoft 365, Canva Pro, Google Play Store, Apple App Store, IELTS, TOEFL, विदेशी एयरलाइन्स टिकट, होटल बुकिङ, डोमेन तथा होस्टिङ खरिद लगायत सयौँ अन्तर्राष्ट्रिय सेवाहरूमा भुक्तानी गर्न प्रयोग गर्न सकिन्छ ।

भर्चुअल डलर आईकार्ड (iCard) को टप-अप, ब्यालेन्स चेक र अन्य व्यवस्थापन ‘nBank’ एपबाट गर्न सकिन्छ । यो सेवा सानो स्तरमा अन्तर्राष्ट्रिय कारोबार गर्ने नेपाली प्रयोगकर्ताहरूका लागि सजिलो र भरपर्दो माध्यम बन्न सक्ने नबिल बैंकको विश्वास छ

यो पनि पढ्नुहोस्

आजदेखि कांग्रेस केन्द्रीय समिति बैठक सुरु हुँदै

कांग्रेसमा धमाधम कारबाहीमा परे नेताहरु !

४ घण्टा अगाडि
काठमाडौं टावरको निर्माण कार्य नरोक्न आदेश

काठमाडौं टावरको निर्माण कार्य नरोक्न आदेश

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नृसिंह जात्राको निमन्त्रणा दिने कार्य हुँदै

जापानले दियाे नेपाललाई जेडिएस ५३७ मिलियन बराबरको अनुदान

त्रिविको रिक्त उपकुलपतिमा प्राडा दीपक अर्याल नियुक्त

अफगान नागरिक इरानबाट स्वदेश फर्किए

अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई पक्राउ

कल्पनाको भरमा सरकारबारे टीकाटिप्पणी नगर्न आग्रह

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक