शनि, असार २८, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

तीनकुने घटनाले जन्माएको आजको जेठ १५

दुर्गा प्रसाईंलाई फसाएर गणतन्त्र सुरक्षित हुने आशा, सत्ताको उन्मादमा ओली–देउवा गठबन्धन

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
Reading Time: 1 mins read
0
तीनकुने घटनाले जन्माएको आजको जेठ १५
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । गणतन्त्र दिवस मनाइने जेठ १५ यसपटक त्रास, तनाव र तीव्र राजनीतिक द्वन्द्वको संकेतक बनेको छ । गत चैत १५ मा तीनकुनेमा राजसंस्था समर्थकहरू र प्रहरीबीच भएको झडप र त्यसपछिको राजनीतिक प्रतिक्रियाले नेपालको वर्तमान सत्ता संरचना, गणतन्त्रको जनस्वीकृति र लोकतान्त्रिक मूल्यहरूबारे गम्भीर बहस खडा गरेको हो ।

राप्रपा लगायतका दल र राजावादी समूहहरुले आजदेखि राजसंस्था पुनःस्थापना र हिन्दू राष्ट्र मागसहित निरन्तर आन्दोलन थालेका छन् । तर, यसलाई शान्तिपूर्ण प्रदर्शनको रुपमा कायम राख्नेभन्दा हिंसात्मक रुप दिने प्रयास हुन थालेको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले नै जेठ १५ मा काठमाडौं केही घण्टा एमालेले नियन्त्रणमा लिनुपर्छ भनेर कार्यकर्तालाई दिएको निर्देशनले पनि नेपाली राजनीति अब मुठभेडमा जाने हो कि भनेर जोखिम बढाएको छ ।

तीनकुने घटनामा राजावादीको प्रदर्शन अराजक त थियो नै त्यसलाई मलजल सरकारले नै गरेको आरोप छ । राजावादीको प्रदर्शनलाई देखाएर सरकारका कमजोरी ढाकछोप गर्न खोजेको आरोप पनि सरकारमाथि छ । यही कारण दुई जनताको मृत्यु र कैयौं घाइते हुने उक्त घटना भएको विश्लेषण छ । जसका कारण पुनः जेठ १५ देखि आन्दोलन हुने भएको छ ।

गत चैत १५ मा तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका आन्दोलनका जनकमान्डर दुर्गा प्रसाईंविरुद्ध कर्तव्य ज्यानको कसुरमा मुद्दा दायर भएको छ । उनी विरुद्ध ६ ओटा कसुरमा मुद्दा दर्ता गरिएको छ । त्यसमा राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, हत्या, संगठित अपराध, ज्यान मार्ने उद्योग र एकीकृत कसुर रहेका छन् । उनीसहित ८ जनाविरुद्ध कर्तव्य ज्यानको कसुरमा मुद्दा दायर भएको हो । हरिहरि चौलागाईं, तारा राजावादी भनिने सरोज गौतम, सतिश न्यौपाने, गोकर्ण शाही, दण्डपाणि रेग्मी, सन्तोषकुमार सिलवाल र हेमराज थारूविरुद्ध कर्तव्य ज्यानको कसुरमा मुद्दा दायर गरिएको हो । राप्रपाका महामन्त्री तथा सांसद धवलशमशेर राणा र राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रविरुद्ध चार कसुरमा मुद्दा दायर भएको छ । उनीहरुविरुद्ध राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर भएको छ ।

सत्तासीन प्रधानमन्त्री ओली तथा सत्तारुढ दल कांग्रेसका सभापति शेरबहादुर देउवा भने राजावादीको प्रदर्शन र यसका नेतालाई कारबाही गरेर गणतन्त्रको पक्षमा माहोल सिर्जना खोजिरहेका छन् । तर राजावादीको प्रदर्शन अझ बढ्ने भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्दनेले १५ जेठदेखिको कार्यक्रम कुनै सभा नभई विद्रोह भएको र विद्रोहका लागि ठाउँ लिनु आवश्यक नै नरहेको बताएका छन् । तर, राजावादीहरूलाई प्रदर्शन गर्न ठाउँ नै नतोक्ने सरकारी तयारी छ । सरकारको यो तयारीबारे पूर्वसूचना पाएरै राजावादीहरूले प्रदर्शनका लागि प्रशासनसँग ठाउँ मागेका छैनन् । प्रदर्शनका लागि ठाउँ नै नदिएको वा नतोकिएको अवस्थामा गरिएका भड्काउ प्रदर्शनमा भने सुरक्षा निकाय कडा रूपमा प्रस्तुत हुने बताइएको छ । प्रदर्शनका लागि अनुमति समेत नलिएको र व्यवस्था नै उल्टाउने भनेर अराजक प्रदर्शन भएको अवस्थामा स्थिति मुठभेडसम्म जानसक्ने खतरा रहेको सुरक्षाका जानकारहरूको बुझाइ छ ।

मंगलबार पत्रकार सम्मेलन गर्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले माघ १९ मा जस्तो ‘कू’ गर्ने खालको राजा आफूहरुले पुनस्र्थापना गर्न नचाहेको बताएका छन् । आन्दोलनको मोर्चामा राप्रपासँगै सहकार्य गरिरहेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले यही संविधान संशोधन गरे राजसंस्थावादी र गणतन्त्रवादीको मिलनविन्दु भेट्टाउन सकिने अवस्था रहेकाले त्यसका लागि आन्दोलनमार्फत जनदबाब सिर्जना गर्न खोजेको उल्लेख गरेका छन् । उनले पनि राजसंस्था र राजा फरक भएकाले राजसंस्थाभित्र राजा हुने व्यक्ति नयाँ पनि हुनसक्ने उल्लेख गरे ।

थापाले आन्दोलनको शैली र गन्तव्यबारे भने, ‘भद्र अवज्ञा गर्छौं, जनताको व्यापक उपस्थितिबाट गणतन्त्रवादीलाई समझदारी गर्नुपर्ने विन्दुमा पु¥याउँछौं । विगतमा यो संविधान सडकको दबाबबाट दुईपटक संशोधन भइसकेको छ । अब पनि सडकको दबाबबाट सबै समेटिने गरी संविधान संशोधनको विन्दुमा पु¥याउँछौं ।’

राजसंस्था पुनस्र्थापना लगायतका माग राखेर आन्दोलनरत राप्रपा लगायतका पूर्वराजावादी दल र समूहहरुले जेठ १५ गतेबाट सुरु हुने नयाँ चरणको आन्दोलन शान्तिपूर्ण हुने दाबी गरेका छन् । तर प्रधानमन्त्री र उनको नेतृत्वको दल एमालेले आन्दोलन भड्काउने जोखिम रहेकाले यसलाई मानवअधिकारवादीलगायत सबैले नजिकबाट नियाल्न उनीहरुले आग्रह गरेका छन् । राप्रपाका अध्यक्ष लिङ्देन, राप्रपा नेपालका अध्यक्ष थापा, राजसंस्था पुनस्र्थापना आन्दोलनका संयोजक नवराज सुवेदी र राष्ट्रिय शक्ति नेपालका संयोजक केशरबहादुर विष्टले भड्काउने जोखिम रहेकाले नजिकबाट निगरानी गरिदिन अनुरोध गरे ।

‘जेठ १५ को कार्यक्रम शान्तिपूर्ण हुन्छ । चैत १५ मा प्रदर्शन भड्काउने काम भयो । यो पटक पनि त्यस्तो नहोला भन्ने अस्था रहेन प्रधानमन्त्रीकै अभिव्यक्ति त्यस्तो आयो,’ राप्रपा अध्यक्ष लिङ्देनले भने, ‘गणतन्त्रको विरोध गर्न यो संविधानले नै दिएको अधिकार हो । संविधानले राजसंस्था माग गर्न पाउने व्यवस्था गरेको छ ।’ उनले प्रदर्शनका लागि आफूहरुले राजधानी रत्नपार्क क्षेत्र तय गरेपछि त्यही स्थानमा प्रधानमन्त्रीले आफ्नो दलको कार्यक्रम राख्ने तय गर्नुले भड्काउने खोजेको देखिएको बताए ।

‘हाम्रो आन्दोलन सत्याग्रहमा आधारित हुन्छ । आयोजकहरुको नियन्त्रणमा हुन्छ । स्वयंसेवक २ हजार जना परिचालित हुन्छन्,’ आन्दोलनको स्वरुपबारे जानकारी दिँदै लिङ्देनले भने,’ हामीले यो कार्यक्रममा मन्च खडा गर्दैनौं ।’ जनधारणा साप्ताहिक

 

यो पनि पढ्नुहोस्

नेकपा एकता राष्ट्रिय अभियान र एकीकृत समाजवादीको एकता घोषणा

नेकपा एकता राष्ट्रिय अभियान र एकीकृत समाजवादीको एकता घोषणा

११ घण्टा अगाडि
सत्ता गठबन्धन फेरिने संकेत !

सत्ता गठबन्धन फेरिने संकेत !

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

हे ईश्वर! तिमीलाई कसले र किन जन्मायो?

गल्छीको सिफारिस रद्द गर्न जातीय संस्थातहरुद्धारा निवेदन

विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने रकमको सीमा बढाइयाे

पाकिस्तानमा नौ यात्रुहरूलाई बसबाट निकालेर गोली हानेर हत्या

खेलाडी रौनकलाई गृह वडामा राहुल पाण्डेयद्वारा भव्य स्वागत

ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२५ बाट ग्लोबल आइएमई बैंक सम्मानित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक