शुक्र, असार २७, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

तीनकुने घटनाका विषयमा प्रतिवेदन सार्वजनिक

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
Reading Time: 1 mins read
0
तीनकुने घटनाका विषयमा प्रतिवेदन सार्वजनिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । चैत्र १५ गते काठमाडौंमा भएको तीनकुने घटनाका विषयमा छानबिन गर्न गठित स्वतन्त्र छानबिन आयोगले प्रतिवेदन सार्वजनिक गरेको छ। आयोग गठन भएको एक सय २० दिनपछि बुधबार आयोगले प्रतिवेदन सार्वजनिक गरेको हो।

चैत्र १५ गते राजसंस्थापक्षधरको आन्दोलन हिंसात्मक हुँदा एक पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको थियो भने सविन महर्जनको गोली लागेर मृत्यु भएको थियो। दर्जन बढी घाइते भएका थिए।

सोही विषयमा सरकारी तवरबाट न्यायिक छानबिन आयोग गठन नभएपछि वरिष्ठ अधिवक्ता देवेन्द्रलाल नेपालीको संयोजकत्वमा चैत्र १७ गते स्वतन्त्र छानबिन आयोग गठन भएको थियो।

उक्त आयोगले तीनुकने घटनामा त्रुटि नै त्रुटि भएको देखाएको छ। सरकारले मानव अधिकार उल्लङ्घन गरेको आयोगको ठहर छ। आयोगको प्रतिवेदनमा कार्यक्रम स्थलमा राष्ट्रिय गीत बज्दा अश्रुग्यास प्रहार भएको, सुरेश रजक भएको घरमा आगलागी हुँदा पनि प्रहरीले लापर्वाही गरी उद्धार नगरेको, जथाभावी गोली प्रहार गरिएको देखिएको उल्लेख गरिएको छ।

‘राष्ट्रिय गान बजिरहँदा अश्रुग्यास प्रहार हुँदा मानिसहरू उत्तेजित भई गम्भिर र जटिल परिस्थिति सृजना भयो’, प्रतिवेदनमा भनिएको छ। आयोगले सुरक्षा निकायको नियतमाथि प्रश्न उठाएको छ। ‘कार्यक्रम स्थलभन्दा पश्चिमतर्फमात्र सुरक्षाकर्मी बाक्लो तैनाथ देखिनु तर पूर्वतर्फ एक जना पनि नदेखिनु सुरक्षा मामिलाको दृष्टिकोणबाट अर्थपूर्ण देखिन्छ’, प्रतिवेदनमा भनिएको छ।

कार्यक्रममा घुसपैठ भएको हुन सक्ने भन्दै त्यसका लागि गम्भीर छानबिन हुनुपर्ने आयोगले भनेको छ। दुई राजनीतिक शक्तिलाई नजिकको दुरीमा एकै पटक कार्यक्रम गर्न अनुमति दिनु, प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजावादीमाथि बाघ झै झम्टनु भन्ने खालका अभिव्यक्तिले घुसपैठ भएको अनुमान आयोगको छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमाल दाहाल ‘प्रचण्ड’को अभिव्यतिले पनि घुसपैठ भएको संकेत गर्ने प्रतिवेदनमा छ। ‘भृकुटी मण्डमा आयोजित कार्यक्रममा प्रचण्डले तीनकुनेमा २/३ जनाको हताहत भएको भनेका छन्। उक्त भनाइ कति बजे भनिएको हो? घटना कतिबजे भएको हो? तारतम्य छ कि छैन अनुसन्धान गर्नुपर्ने देखिन्छ’, प्रतिवेदनमा छ।

चैत १५ गते नै समाजवादी मोर्चाले काठमाडौँको भृकुटीमण्डमा जनसभा गरेको थियो।  यस्तै आयोगका अध्यक्ष नेपालीले प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै तीनकुने घटना राजनीतिक दुश्मनीका रूपमा देखिएको बताए। तीनकुने घटनामा राजसंस्थापक्ष र २०६२ पछिका राजनीतिक दलहरूबीचको दुश्मनीजस्तो देखिएको, यस घटनामा बाहिरी शक्तिको पनि चलखेल देखिएको उनको भनाइ छ।

यहाँनिर चुक्यो आयोजक?

स्वतन्त्र नागरिक छानबिन आयोगले आयोजक चुक्दा पनि तीनकुने घटना हिंसात्मक हुन पुगेको निष्कर्ष निकालेको छ। कार्यक्रम कसको नेतृत्वमा भएको भन्नेसमेत अहिलेसम्म नखुलेको प्रतिवेदनमा छ।

‘कार्यक्रमअघि नेतृत्वको होडबाजीका कारण सभा सञ्चालनको परिस्थिति पनि विरोधाभाषपूर्ण देखिन्थ्यो’, प्रतिवेदनमा भनिएको छ, ‘तर पछिल्लो चरणमा आइपुग्दा कार्यक्रमको जसअपजस कसैले नलिने मनोविज्ञान सबैमा रहेको देखिन्छ।’

कार्यक्रम राष्ट्र राष्ट्रियता धर्म र नागरिक बचाउ महाअभियानले गरेको थियो जसको नेतृत्व हिरासतमा रहेका दुर्गा प्रसाईंले लिएका भए पनि अन्य राजसंस्थापक्षधरका नेताहरू प्रदर्शनमा सहभागी भएका थिए।

दुर्गा प्रसाईंले पूर्वराजालाई भेटर प्रदर्शनको कमाण्डर तोकिएको विषयमा अन्य नेताहरू अनविज्ञ देखिएका छन्। आन्दोलनका संयोजक नवराज सुवेदीसमेतले पूर्वराजसँगको विषयमा अनविज्ञता आयोगसमक्ष प्रकट गरेका छन्।

‘नेतृत्वका सम्बन्धमा विरोधाभासपूर्ण रहेकाले कार्यक्रम संचालककै कमीकमजोरी घटना भएको हो कि भन्ने विषयसमेत छानबिन गर्नुपर्ने देखिन्छ’, प्रतिवेदनमा भनिएको छ।

आयोगले यस विषयमा सोधपुछका लागि सबै राजनीतिक दलका प्रमुख नेतासँगै पूर्व राजा ज्ञानेन्द्र शाहासँग समय माग गरेको भए पनि नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष मानव नेपालबाहेक अन्य कसैले समय नदिएको जनाएको छ।

यो पनि पढ्नुहोस्

लोकतन्त्र संस्थागत गर्न सकेमा सबैको राजनीतिक भविष्य सुरक्षित

लोकतन्त्र संस्थागत गर्न सकेमा सबैको राजनीतिक भविष्य सुरक्षित

५ घण्टा अगाडि
सत्य निरुपण तथा मेलमिलाप आयोगको काम पूरा भएकाे छैन : बाबुराम भट्टराई

माओवादको वैचारिक-राजनीतिक घेराभित्र मात्र सीमित भएर सम्भव नहुने

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

हे ईश्वर! तिमीलाई कसले र किन जन्मायो?

गल्छीको सिफारिस रद्द गर्न जातीय संस्थातहरुद्धारा निवेदन

विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने रकमको सीमा बढाइयाे

पाकिस्तानमा नौ यात्रुहरूलाई बसबाट निकालेर गोली हानेर हत्या

खेलाडी रौनकलाई गृह वडामा राहुल पाण्डेयद्वारा भव्य स्वागत

ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२५ बाट ग्लोबल आइएमई बैंक सम्मानित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक