शनि, असार १३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

‘बत्ती गएको’ भन्दै सामाजिक सञ्जालमा राखिदिने धम्किपूर्ण शब्द प्रयोग

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
‘बत्ती गएको’ भन्दै सामाजिक सञ्जालमा राखिदिने धम्किपूर्ण शब्द प्रयोग
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

विराटनगर । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र कोशी प्रदेश कार्यालयले कोशी प्रदेशका विभिन्न जिल्लामा रहेको नेपाल विद्युत प्राधिकरणका वितरण केन्द्र तथा ग्रीड महाशाखाहरूको संयुक्त अनुगमन तथा सेवा प्रवाह मूल्याङ्कन सम्पन्न गरेका छन्।

ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्य, कोशी प्रदेश प्रमुख राजीव सिंह तथा ऊर्जा मन्त्री दीपक खड्काका स्वकीय सचिव भूपाल मान बस्नेतसहितको टोलीले आइतवार र सोमबार दुई दिनसम्म विराटनगर, दुहबी, इटहरी लगायतका वितरण केन्द्र तथा ग्रीड महाशाखामा स्थलगत अवलोकन गरेका हुन्।

टोलीले अनुगमनकै क्रममा उपभोक्ताहरूसँग छलफल तथा अन्तरक्रिया गर्दै विद्युत सेवा प्रवाहमा देखिएको समस्या, सम्भावना र सुधारको पक्षमा महत्वपूर्ण जानकारी संकलन गरेको छ।

टोलीले विशेष रूपमा विराटनगर वितरण केन्द्र, दुहबी वितरण केन्द्र, दुहबी ग्रीड महाशाखा र इटहरी वितरण केन्द्रमा निरीक्षण गर्दा सामान्यतः सेवा प्रवाह सन्तोषजनक पाइए तापनि केही उपभोक्ताबाट आएको गुनासोमा गम्भीरताका साथ ध्यान दिएको जनाएको छ।

अनुगमनकै क्रममा एक अचम्मको घटनाले टोलीको ध्यान खिचेको छ। सागर थापा नाम बताउने एक व्यक्तिले साँझ ८:१५ बजे ९७६३७०२७३४ नम्बरबाट फोन गरी धनकुटामा विद्युत सेवा अवरुद्ध भएको जानकारी दिएका थिए। तर प्राधिकरणले सो क्षेत्रको अवस्थाबारे बुझ्दा कतै पनि विद्युत अवरुद्ध नभएको पुष्टि भयो।

थप अनुसन्धानका क्रममा ती व्यक्तिले कर्मचारीलाई दु:ख दिने नियतले अपमानजनक र उछ्रीनखल शैलीमा भाषा प्रयोग गर्दै ‘बत्ती गएको’ भन्दै सामाजिक सञ्जाल र युट्युबलगायत प्लेटफर्महरूमा राखिदिने धमकिपूर्ण शब्द प्रयोग गरेको खुलेको छ।

ऊर्जा मन्त्रीका स्वकीय सचिव भूपाल मान बस्नेतका अनुसार, ती व्यक्ति धरानको पानमाराबाट फोन गरिरहेको पत्ता लागेको छ। उनले झुटा जानकारीमार्फत नेपाल विद्युत प्राधिकरण तथा ऊर्जा मन्त्रालयको छवि धमिल्याउने प्रयास गरेको निष्कर्षमा पुगेपछि सम्बन्धित निकायमा सूचना दिइएको हो। अहिले ती व्यक्तिको सम्बन्धमा प्रहरीले आवश्यक प्रक्रिया अघि बढाएको छ।

केही दिन अघि मात्रै ऊर्जा मन्त्री दीपक खड्काले झुटा विवरण दिएर सरकार र संस्थाको बदनाम गर्ने गतिविधिमा संलग्न व्यक्तिलाई कानूनको दायरामा ल्याउने चेतावनी दिनुभएको थियो। उक्त घटनाले मन्त्रीको भनाइ व्यवहारमा परिणत हुँदै गएको देखिन्छ।

ऊर्जा मन्त्रालय र कोशी प्रदेशको संयुक्त अनुगमन टोलीले नागरिकका गुनासोलाई गम्भीरतापूर्वक लिंदै, सत्य र तथ्यको आधारमा सेवा प्रवाह सुधार गर्ने प्रतिबद्धता जनाएको छ। मन्त्रालयले आगामी दिनमा यस्ता झुटा सूचना फैलाउने कार्यप्रति शून्य सहनशीलता अपनाउने स्पष्ट सन्देश दिएको छ।

यो पनि पढ्नुहोस्

रास्वपा उपसभापतिमा सोबिता गौतम निर्वाचित

रास्वपा उपसभापतिमा सोबिता गौतम निर्वाचित

१० घण्टा अगाडि
जनचेतना भए लागू पदार्थको कुलतबाट छुटकारा

जनचेतना भए लागू पदार्थको कुलतबाट छुटकारा

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भू-माफियाले कब्जा गरेकाे सार्वजनिक जग्गा जोगाउन हारगुहार

आज सुनको मूल्य बढ्याे

रातोमच्छिन्द्रनाथ जात्रामा भोटो अर्थात् हेलागुलि लं के हो ?

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

नेपालको मौलिक संस्कार–संस्कृतिमाथि विदेशी हस्तक्षेप रोक्नुपर्छः ओम पाथीभरा माता

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक