बुध, असार १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पहिलोपटक दोलखा नेवार भाषाको नाटक मञ्चन

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
पहिलोपटक दोलखा नेवार भाषाको नाटक मञ्चन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । रङ्गमञ्चमा पहिलोपटक दोलखा नेवार भाषाको नाटक मञ्चन भएको छ । डा. श्याम जोशीद्वारा दोलखा नेवार भाषामा लिखित नाटक ‘मिसामी’ रङ्गकर्मी केदार श्रेष्ठको निर्देशनमा राष्ट्रिय नाचघरमा मञ्चन भएको हो ।

न्यूयोर्क विश्वविद्यालय आबुधाबीमा सन्दर्भ सामाग्रीको रूपमा रहेको ५० वर्षअघि लिखित यस नाटककलाई न्यूयोर्क विश्वविद्यालय आबुधाबीकै सहकार्यमा दोलखा भाषा संरक्षण अभियान अन्तर्गत दस्तावेजीकरणका लागि नाटक मञ्चन भएको हो ।

नाटक हेर्न सो विश्वविद्यालय आबुधाबी शाखामा अध्ययनरत विभिन्न देशका विद्यार्थी नेपाल आएका थिए । उनीहरूले नाटक निर्माणको प्रक्रिया समेत अध्ययन–अवलोकन गरेका थिए । करिब ३० वर्षअघि दोलखा नेवार भाषामा क्यालिफोर्निया विश्वविद्यालयबाट विद्यावारिधि गरेका प्राध्यापक डा. क्यारोल जेनेट्टीको नेतृत्वमा विद्यार्थीहरूको समूह नेपाल आएको थियो ।

नाटक ‘मिसामी’ अर्थात् ‘स्वास्नीमान्छे’ले तत्कालीन समयको प्रेमकथासँगै निःसन्तान महिलाले भोगेका पारिवारिक तथा सामाजिक उत्पीडनलाई प्रस्तुत गरेको छ । २०३० सालमा लेखिएको यो नाटक दोलखामा सोही वर्ष दशैंको खड्गजात्राको दिन मञ्चन भएको थियो ।

दोलखा र काठमाडौंका कलाकारहरूको संयुक्त सहभागिता रहेको नाटकको मुख्य भूमिकामा कलाकार सुशीला लक्ष्मी महर्जन, सुलोचना चाकुबजी मानन्धर र अमिर ताम्रकार थिए । साथै, अन्य भूमिकामा सुजना श्रेष्ठ, अन्नपूर्ण श्रेष्ठ, रिना चाकुबजी, कलावती श्रेष्ठ, रमेश बज्राचार्य र दिप्तान्शु श्रेष्ठले अभिनय गरेका थिए । निर्देशक केदार श्रेष्ठलाई भाषा सहजकर्ताको रूपमा दीप नारायण श्रेष्ठले सहयाेग गरेका थिए ।

 

यो पनि पढ्नुहोस्

क्रोएसिया फिफा विश्वकपको अन्तिम ३२ मा पुग्ने  सम्भावना कायमै

क्रोएसिया फिफा विश्वकपको अन्तिम ३२ मा पुग्ने सम्भावना कायमै

३ घण्टा अगाडि
विश्वकपमा इङ्ल्याण्ड र घानाबीचकाे खेल बराबरी

विश्वकपमा इङ्ल्याण्ड र घानाबीचकाे खेल बराबरी

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

बुद्धका आँखाहरू: बौद्ध स्तूपको जीवन्तता

नर्वे विश्वकपको नकाउट चरणमा प्रवेश

प्रथम उपमेयर कप खो खो प्रतियोगिता

चारवटा अध्यादेश अलपत्र

फ्रान्स विश्वकपको अन्तिम ३२ मा प्रवेश

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक