काठमाडौं । साताकाे अन्तिम काराेबारमा नेप्से परिसूचक आज १९.४ अंकले बढेको छ ।
आज नेप्से २६८८.५५ विन्दुमा कायम भएको छ ।
आजको कारोबारमा विभिन्न ३१४ कम्पनीका २ करोड २३ लाख ९६ हजार ३२९ कित्ता शेयर ९ अर्ब ८२ करोड २० लाख ७० हजार ६८२ मा किनबेच भएको नेप्सेले जनाएको छ ।
आज ओम मञ्जुश्री फार्मास्युटिकल लिमिटेडको शेयरमा सकारात्मक सर्किट लागेको छ भने एनआइएसी एशिया बैंकको शेयर ७.८० प्रतिशतले बढेको छ ।
त्यसैगरि फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको शेयर मुल्य ७.१५ प्रतिशतले बढेको छ । त्यस्तै आज बाराही हाइड्रोको शेयर मूल्यमा सबैभन्दा बढी ९.९९ प्रतिशतले घटेको छ भने एमबिएल इक्विटी फन्डको शेयर मूल्य ९ प्रतिशतले घटेको छ ।
आज सबै भन्दा बढी कारोबार एनगाडी पावरको शेयर ६९ करोड एक लाख ७२ हजार ३२५ रुपैयाँको कारोबार भएको छ ।