बुध, मंसिर १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जातीय विभेदमुक्त विश्वका लागि ग्लोबल सम्मेलन २०२५ को  तयारी पूरा

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
जातीय विभेदमुक्त विश्वका लागि ग्लोबल सम्मेलन २०२५ को  तयारी पूरा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
टोरन्टो – जातीय विभेदमुक्त विश्वका लागि ग्लोबल सम्मेलन २०२५ को तयारी योजना अनुसार पूरा भएको आयोजकहरूले बताएका छन्।
क्यानडामा दर्ता भई कार्यरत गैरसरकारी सामाजिक संस्था सहयात्रा इन्टरनेशनल एलायन्स फर सोसल जस्टिस -क्यानडाले दक्षिण एसिया र उत्तर अमेरिकास्थित विभिन्न साझेदार संस्थाहरूको सहकार्यमा जेठ ११-१३ (मे २५ देखि मे २७ सम्म) टोरन्टो, क्यानडामा यस सम्मेलनको आयोजना गर्न लागेको हो। सम्मेलनको मुख्य विषयवस्तु “समता, सामाजिक न्याय र जातीय व्यवस्था अन्त्यतर्फ ऐक्यबद्धता निर्माण” रहेको छ।
उक्त सम्मेलनले सरकारका निकाय, नीति निर्माताहरू, सामाजिक अभियन्ता, नागरिक समाज, सङ्घसंस्थाका प्रतिनिधि, व्यवसायी, अनुसन्धानकर्ता, विश्वविद्यालयका प्राध्यापक तथा विद्यार्थीहरूलाई एक साझा मञ्चमा ल्याउने लक्ष्य राखेको छ, जहाँ ज्ञान आदान–प्रदान गर्न सकिनेछ। सम्मेलनको उद्देश्य जातीय व्यवस्था तथा अन्य दमनकारी अभ्यासहरूको अन्त्यका लागि सामाजिक न्याय र समता प्रवर्द्धनमा विश्वव्यापी ऐक्यबद्धता जुटाउनु हो।
सम्मेलनमा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय स्तरका अभियन्ता, नीति निर्माता, मानवअधिकारकर्मी, नागरिक समाजका प्रतिनिधि, व्यवसायी, शैक्षिक तथा अनुसन्धानकर्ता, पत्रकार, पेशेवर तथा विभेद विरुद्धका अभियानमा संलग्न सामाजिक कार्यकर्ताहरूले सम्बोधन गर्नेछन्। संयुक्त राष्ट्र सङ्घका अल्पसङ्ख्यक मामिलाका पूर्व विशेष प्रतिनिधि प्रो. फर्नान्ड दे वारनेसले उद्घाटन सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
विशिष्ट वक्ताहरूमा नेपालका संवैधानिक राज्य पुन:संरचना आयोग २०११ का अध्यक्ष तथा जलवायु परिवर्तन विज्ञ डा. मदन परियार, दलित इतिहासकार तथा जीवनी लेखक ओमप्रकाश गहतराज, अग्रज दलित नारी अधिकारकर्मी दुर्गा सोब, अमेरिकास्थित ब्रानडाइस विश्वविद्यालयका आलोचनात्मक जातीय अध्ययन प्राध्यापक राजेश सम्पथ, वेक फरेस्ट विश्वविद्यालयका दलित अनुसन्धान प्राध्यापक स्टिभ फोल्मार, क्यानडाको ब्रिटिस कोलम्बिया विश्वविद्यालयका प्रवासी जातीय इतिहास अनुसन्धानकर्ता प्रो. एन मर्फी, युवा दलित अनुसन्धानकर्ता सुरज येंग्दे, संरचनात्मक जातीय विभेदसम्बन्धी  अनुसन्धानकर्ता द्रोण  रसाली, नेपालका स्थानीय दलित कला र सम्पदा विज्ञ प्रा  मान विश्वकर्मा, मोर्गन स्टेट विश्वविद्यालयका उच्च शिक्षामा अल्पसङ्ख्यक प्रतिनिधित्व अध्ययन गर्ने प्राध्यापक उत्तम गौली, बञ्जामिन वेल्स लगायतले प्राज्ञिक कार्यपत्र प्रस्तुत गर्नेछन्।
“१८ जना मुख्य तथा विशिष्ट वक्ता र २० जना कार्यपत्र प्रस्तुतिकर्ताको सहभागिता पक्का भइसकेको छ। हामी आशावादी छौँ कि यो सम्मेलन जातीय विभेद, विशेषतः नेपालमा विद्यमान विभेदबारे अनुभव, विचार र पहलहरू प्रस्तुत गर्ने साझा मञ्च बन्नेछ,” सम्मेलन आयोजक समितिका प्रमुख संयोजक सन्तोष विश्वकर्माले बताए। साथै, सम्मेलनले विभेदविरुद्ध अन्तर्राष्ट्रिय ऐक्यबद्धता निर्माण गर्ने लक्ष्य पनि लिएको उनले जनाए।
सम्मेलनमा प्रणालीगत जातीय विभेदका प्रभाव, पीडितहरूको व्यक्तिगत अनुभव, केस स्टडी, अन्तर्राष्ट्रिय कानुनहरूको समीक्षा तथा कार्यान्वयन, विभेद अन्त्यका लागि विश्वस्तरमा भइरहेको प्रयास, ज्ञान आदान–प्रदान, दलितसम्बन्धी अनुसन्धान, जलवायु परिवर्तनसँग सम्बन्धित विभेदका असर, समाधान र सफल अभ्यासहरूका विषयमा छलफल हुनेछ। साथै, सङ्गठनात्मक विकास, भावी रणनीति र समान र सामाजिक न्याययुक्त समाज निर्माणका उपायहरूमा पनि केन्द्रित हुने आयोजकहरूले जनाएका छन्।
सम्मेलन क्यानडाको ब्राम्पटनस्थित कन्वेन्सन सेन्टरमा आयोजना गरिनेछ, जहाँ करिब ४०० सहभागीहरू विश्वभरबाट आउने अपेक्षा गरिएको छ।
“वर्तमानमा विश्वभर करिब २६ करोड मानिसहरू जात, वर्ण र वंशका आधारमा अमानवीय व्यवहार तथा विभेदको सिकार भइरहेका छन्। यद्यपि जातीय विभेद दक्षिण एसियाबाट उत्पत्ति भएको हो, अहिले यो विश्वव्यापी रूपमा फैलिएको छ,” सम्मेलन आयोजक समितिका अध्यक्ष डा. द्रोण रसालीले भने । “यस्तो अवस्थामा यो सम्मेलनले जातीय विभेद अन्त्य गर्नका लागि प्रभावकारी अभ्यास र समाधानहरूबारे अन्तर्राष्ट्रिय स्तरमा छलफल गर्ने महत्त्वपूर्ण अवसर प्रदान गर्नेछ। सम्मेलनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकार, शिक्षण संस्था, समुदाय, सङ्घसंस्था र लक्षित समूहहरूको ध्यान २१औँ शताब्दीकै उपयुक्त विभेदमुक्त विश्व निर्माणतर्फ केन्द्रित गराउने विश्वास गरिएको छ।”
क्यानडाका गभर्नर जनरल मेरी साइमनले सम्मेलनको सफलताको कामना गर्दै सन्देश पठाएकी छिन्।

यो पनि पढ्नुहोस्

तासजुवा खेलेको आरोपमा  १० जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

१४ घण्टा अगाडि

भारतीय सैनिक टोली नेपालमा

१५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘विश्व कीर्तिमानी डा. उपाध्याय अमेरिका बुक अफ रेकर्ड्स’को ‘हल अफ फेम’मा

ताप्लेजुङमा ५.६ म्याग्निच्युडको भूकम्प

प्रम बालेनको भ्रमणमा देखावटी पक्ष मात्रै राम्रो देखियाे

आनि छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

प्रधानमन्त्रीको भारत भ्रमणमा गोर्खा भर्तीको विषयले पाएन प्रवेश

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक