आइत, जेष्ठ ३१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

गभर्नर नियुक्ति : देउवामाथि दबाब बढाउँदै ओली

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
गभर्नर नियुक्ति : देउवामाथि दबाब बढाउँदै ओली
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
सइन्द्र राई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दैनिक कार्य तालिकामा सोमबार साँझ मन्त्रिपरिषद् बैठक राखेका थिए । प्रधानमन्त्रीको तालिकामा मन्त्रिपरिषद् बैठक बस्ने भनिए पनि मन्त्रीहरूलाई जानकारी भने दिइएको थिएन ।

यद्यपि जुनसुकै बेला मन्त्रिपरिषद् बस्ने खबर आउन सक्ने भएकाले मन्त्रीहरू सतर्क थिए । तर, साँझसम्म मन्त्रिपरिषद् बैठकको खबर मन्त्रीहरूसम्म पुगेन ।

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक स्थगित गरेर प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बालुवाटार बोलाएका थिए । स्रोतका अनुसार, मन्त्रिपरिषद् बैठक रोकेर सभापति देउवासँग भेटवार्ता तय गरिनुको प्रयोजन नेपाल राष्ट्र बैंकका गभर्नर नियुक्तिबारे छलफल थियो ।

तर सभापति देउवा ओलीसँग भेटवार्ताका निम्ति बालुवाटार गएनन् । यसपछि प्रधानमन्त्रीको स्वास्थ्यलाई कारण देखाएर साँझका कार्यक्रमहरू स्थगित गरिएको सूचना प्रचार गरियो ।

‘मन्त्रिपरिषद् बैठक स्थगित हुनु र सभापति देउवासँग भेटवार्ता नहुनुमा प्रधानमन्त्रीको स्वास्थ्यलाई देखाइए पनि कारण अर्कै हो’, उच्च स्रोतले अनलाइनखबरसँग भन्यो, ‘प्रधानमन्त्री दिनभर कार्यक्रममै हुनुहुन्थ्यो त ।’

कांग्रेसका एक नेता भने सभापति देउवाले गभर्नरकै विषयमा अब धेरै छलफल नहुने बताउँछन् । उनका अनुसार, प्रधानमन्त्री ओलीले गभर्नरकै विषयमा थप छलफल गर्ने भन्दा पनि नियुक्ति प्रक्रिया अगाडि बढोस् भन्ने देउवाले चाहेका छन् । ‘नियुक्ति प्रक्रिया अगाडि नबढाएर प्रधानमन्त्रीले फेरि छलफल भन्नेतिर लाग्नुभयो, सभापतिज्यूले त्यसैका लागि अब नबसौं भन्नुभए जस्तोलाग्छ’, ती नेता भन्छन् ।

कांग्रेसले गभर्नरका लागि डा.विश्व पौडेललाई अगाडि बढाएको छ । यसबारे सभापति देउवाले नेताहरूसँग छलफल पनि गरिसकेका छन् । सोमबारको मन्त्रिपरिषद् बैठकबाट पौडेल गभर्नर नियुक्त हुने नेताहरूले विश्वास गरेका थिए ।

जसका लागि उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल संयोजक, पूर्व गभर्नर महाप्रसाद अधिकारी र डा.पोषराज पाण्डे सदस्य रहेको सिफारिस समितिले नाम सिफारिस गर्नुपथ्र्यो । कांग्रेस कोटाबाट गभर्नर बन्ने निश्चित भएरै पौडेलले कांग्रेससँगको आबद्धताबाट अलग भएको राजीनामापत्र पनि लेखिसकेका छन् ।

तर सोमबार न सिफारिस समितिको बैठक बस्यो, न मन्त्रिपरिषद् बैठक । बरु प्रधानमन्त्री ओलीले सभापति देउवासँग गभर्नर नियुक्तिबारे भेटवार्ता गर्ने सूचना सार्वजनिक भयो । प्रधानमन्त्री ओलीको यस्तो निर्णयबाट कांग्रेस नेताहरू सशंकित देखिएका छन् ।

कांग्रेस स्रोतका अनुसार ओलीसँग भेटवार्ता गर्न बालुवाटार नगएका देउवाले आफू निकट नेताहरूसँग संवाद गरेका छन् । त्यसपछि कांग्रेसका केही पदाधिकारी र मन्त्रीहरू छलफलमा राति अबेरसम्म छलफलमा बसेका छन् । कांग्रेस स्रोतका अनुसार, उपसभापति पूर्णबहादुर खड्काको निवासमा महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक लगायत छलफलमा बसेका थिए ।

तर यो बसाई पूर्वनिर्धारित रहेको र सत्ता–समीकरणबारे सम्बन्धित नभएको कांग्रेसकै अर्का एक नेता बताउँछन् । ‘सत्तासँग जोडिएको बसाइ होइन, यो पूर्वनिर्धारित भेटघाट हो’, ती नेताको दाबी छ ।

यद्यपि प्रधानमन्त्री ओलीले गभर्नर नियुक्तिका विषयमा देउवालाई गलाउने नीति लिएजस्तो देखिएकाले यसबारे छलफल हुनु सामान्य भएको ती नेताको भनाइ छ । ‘राजनीतिक सहमति बमोजिम डा.गुणाकर भट्टलाई पहिल्यै गभर्नर नियुक्ति गरिनुपपर्थ्यो । तर भट्टले राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट दिएको राजीनामा समेत स्वीकृत गरिएन’, उनी भन्छन्, ‘अहिले फेरि अरु कारण देखाउन खोजिँदैछ ।’

भट्टलाई गभर्नर नियुक्त गरिनेबारे सभापति देउवाले पार्टीका पदाधिकारी बैठकमै जानकारी दिएका थिए । तर, भट्ट गभर्नर नियुक्त भएनन् ।

यसपछि अर्को पात्र ल्याउन ओलीले भनेपछि देउवाले योजना आयोगका पूर्व उपाध्यक्ष एवं पार्टीबाट सांसदकै चुनाव लडिसकेका डा.पौडेललाई अगाडि बढाएका छन् ।

एमालेका एक पदाधिकारीका अनुसार, कांग्रेसले अगाडि बढाएको पात्रलाई गभर्नर नियुक्त गर्न कुनै समस्या छैन। ‘कांग्रेसलाई हामीले दिइसकेका हौं, जसलाई अगाडि बढाउनु हुन्छ, उही नियुक्ति हुन्छ,’ ती पदाधिकारीले भन्छन्, ‘गभर्नर नियुक्तिकै कुरा सत्ता सहयात्रामा समस्या बन्दैन ।’ online khabar

यो पनि पढ्नुहोस्

रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

३३ मिनेट अगाडि
स्कटल्यान्डले हाइटीमाथि १–० को जित निकाल्यो

स्कटल्यान्डले हाइटीमाथि १–० को जित निकाल्यो

५१ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

स्कटल्यान्डले हाइटीमाथि १–० को जित निकाल्यो

रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

भूमि अतिक्रमणविरुद्ध देशव्यापी अभियान अघि बढ्याे

नक्कली भुटानी शरणार्थी मुद्दामा कानुन व्यवसायीले बहस गर्ने

‘नेपालले पनि भारतको सिमा धेरै ठाउँमा मिचेको छ’ अभिव्यक्तिबारे रास्वपाको धारणा माग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक