बुध, मंसिर १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

आइरेनाका महानिर्देशक क्यामेरा र ऊर्जामन्त्री खड्काबीच शिष्टाचार भेट

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
आइरेनाका महानिर्देशक क्यामेरा र ऊर्जामन्त्री खड्काबीच शिष्टाचार भेट
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । अन्तर्राष्ट्रिय  नवीकरणीय ऊर्जा एजेन्सी (IRENA) आइरेनाका महानिर्देशक फान्सेस्को ला क्यामेरा र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काबीच शिष्टाचार भेटवार्ता भएको छ ।
सगरमाथा संवादमा सहभागिताकालागि औपचारिक भ्रमणमा नेपाल आउनु भएकोमा महासचिव ला क्यामेरालाई ऊर्जा मन्त्रालयमा स्वागत धन्यवाद दिनुहुँदै मन्त्री खड्काले स्वच्छ ऊर्जा प्रवर्द्धनमा आइरेनाको विश्वव्यापी नेतृत्वको उच्च प्रशंसा गर्नुभयो। मन्त्री खड्काले आइरेनाको भूमिकाले विश्वव्यापी ऊर्जा रूपान्तरणलाई नयाँ दिशा दिएको उल्लेख गर्नुहुँदै नेपाल स्वच्छ, समावेशी र जलवायु–अनुकूल ऊर्जा प्रणालीको निर्माणप्रति दृढप्रतिबद्ध रहेको स्पष्ट पार्नु भयो।
शिष्टाचार भेटका क्रममा मन्त्री खड्काले नेपालको ऊर्जा नीति पेरिस सम्झौता, दिगो विकास लक्ष्य ७ (सस्तो र स्वच्छ ऊर्जा) र लक्ष्य १३ (जलवायु कार्य) सँग सुसंगत रहेको जानकारी गराउनु भयो। साथै, निजी क्षेत्रको लगानी प्रोत्साहन, ऊर्जा स्रोतको विविधीकरण र राष्ट्रिय ग्रिडको आधुनिकीकरणका लागि नेपाल सरकारले नीतिगत तथा संस्थागत सुधारको दिशामा अघि बढाइरहेको उल्लेख गर्नुभयो।
उहाँले जलविद्युत् नेपालको ऊर्जा क्षेत्रको मेरुदण्ड भएको बताउनुहुँदै करिब ६२ गिगावाट क्षमताको जलविद्युत् सम्भावना रहेको तर सो मध्ये ठूलो हिस्सा अझै उपयोग हुन बाँकी रहेकोले आइरेनासँगको सहकार्यद्वारा जलविद्युत्को दिगो विकाससँगै सौर्य, वायू, हरित हाइड्रोजनजस्ता नवीकरणीय ऊर्जा स्रोतहरूको प्रवर्द्धनमा सहकार्य विस्तार गर्न नेपाल इच्छुक रहेको धारणा व्यक्त गर्नुभयो। साथै नेपाल सरकारले हालै स्वीकृत गरेको “ऊर्जा विकास मार्गचित्र”ले सन् २०३५ सम्म २८५०० मेगावाट विद्युत उत्पादन क्षमता पुर्याउनुकासाथै प्रशारण तथा वितरण प्रणालीमा विद्युत व्यापार विस्तार गर्ने एवं नवीकरणीय ऊर्जा र ऊर्जा दक्षताका विविध पक्षहरुको समग्र विकास गर्ने लक्ष्य लिएको चर्चा गर्नुभयो ।
भारत र बङ्गलादेशसँगको अन्तरदेशीय विद्युत् व्यापारबाट क्षेत्रीयस्तरमा स्वच्छ ऊर्जाको उपयोग विस्तारमा नेपालले अग्रणी भूमिका खेल्न सक्ने औँल्याउनु हुँदै मन्त्री खड्काले यसले नेपालको ऊर्जा क्षेत्रमा अन्तर्राष्ट्रिय विश्वास अभिवृद्धि भएको र क्षेत्रीय ऊर्जा एकीकरणको सम्भावना अझ सुदृढ भएको धारणा व्यक्त गर्नुभयो।
नेपालले आइरेनासँग जलविद्युत्, सौर्य, वायू, ग्रिड एकीकरण, अफ-ग्रिड ऊर्जा पहुँच तथा हरित हाइड्रोजन प्रविधिमा दीर्घकालीन सहकार्य विस्तार गर्ने प्रस्ताव अघि सारेको जानकारी पनि सो अवसरमा गराउनु भयो।
मन्त्री खड्काले उचाइमा बसोबास गर्ने तथा जलवायु–संवेदनशील क्षेत्रका समुदायहरूलाई समेटेर न्यायसंगत ऊर्जा रूपान्तरणको दिशामा नेपाल सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। साथै, यस यात्रामा आइरेनाको प्राविधिक सहयोग, ज्ञान आदानप्रदान तथा क्षमता अभिवृद्धिमा सहकार्य अत्यन्तै महत्वपूर्ण रहने विश्वास व्यक्त गर्नुभयो।
भेटका क्रममा आइरेनाका महानिर्देशक फ्रान्चेस्को ला क्यामेराले नेपालसँग दीर्घकालीन ऊर्जा साझेदारी गर्न संस्था इच्छुक रहेको बताउनुभयो। उहाँले नेपाल जस्तो जलविद्युत् र स्वच्छ ऊर्जामा सम्भावनायुक्त मुलुकसँग सहकार्य गर्नु IRENA को प्राथमिकतामा पर्ने उल्लेख गर्दै, “नेपालको अग्रसरताले नवीकरणीय ऊर्जा प्रवर्द्धनमा दक्षिण एशियाली क्षेत्रलाई प्रेरणा दिनेछ। हामी जलविद्युत्, सौर्य, वायू र हरित हाइड्रोजन प्रविधिमा आवश्यक प्राविधिक सहयोग, ज्ञान साझेदारी र क्षमता अभिवृद्धिको लागि प्रतिबद्ध छौं,” भन्नुभयो। साथै उहाँले इनर्जी ट्रान्जिसन एक्सिलरेटर फ्रेमवर्क, अवुधावी फण्ड फर डेभलपमेन्ट मास्डार फण्ड लगायतसँगको सहकार्यमा नेपालको नवीकरणीय ऊर्जा क्षेत्रको विकासमा लगानी वृद्धि गर्ने सकिने सम्भावना समेत औंल्याउनुभयो ।
उहाँले नेपालको ऊर्जा रणनीति जलवायुअनुकूल र समावेशी भएको मूल्याङ्कन गर्दै, IRENA सँगको सहकार्यले नेपाललाई स्वच्छ ऊर्जा रूपान्तरणको मार्गमा थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो। साथै उहाँले आइरेना र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीचको सहकार्यमा केही कार्यक्रमहरु समेत अघि बढिरहेको जानकारी गराउनुभयो ।
आइरेना प्रमुखको यो भ्रमण नेपालको नवीकरणीय ऊर्जा क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य विस्तार, नवप्रवर्तन प्रविधिको हस्तान्तरण तथा जलवायु–अनुकूल दिगो विकासलाई सघाउन महत्वपूर्ण अवसरको रूपमा हेरिएको छ। नेपाल सन् २०१७ मा आइरेनाको सदस्य बनेको हो भने हाल यस अन्तरसरकारी संस्थामा १६९ देश र युरोपियन युनियन आवद्ध रहेका छन्।

यो पनि पढ्नुहोस्

तासजुवा खेलेको आरोपमा  १० जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

१४ घण्टा अगाडि

भारतीय सैनिक टोली नेपालमा

१५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘विश्व कीर्तिमानी डा. उपाध्याय अमेरिका बुक अफ रेकर्ड्स’को ‘हल अफ फेम’मा

ताप्लेजुङमा ५.६ म्याग्निच्युडको भूकम्प

प्रम बालेनको भ्रमणमा देखावटी पक्ष मात्रै राम्रो देखियाे

आनि छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

प्रधानमन्त्रीको भारत भ्रमणमा गोर्खा भर्तीको विषयले पाएन प्रवेश

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक