मङ्ल, चैत्र ३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सीआईसी पोखराले क्याम्ब्रिज ए–लेभल कार्यक्रम पुनः सञ्चालनमा

धारणा न्यूज by धारणा न्यूज
१० महिना अगाडि
Reading Time: 1 min read
0
सीआईसी पोखराले क्याम्ब्रिज ए–लेभल कार्यक्रम पुनः सञ्चालनमा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । कसमस इन्टरनेसनल कलेज (सीआईसी) पोखराले क्याम्ब्रिज ए–लेभल कार्यक्रम पुनः सञ्चालनमा ल्याएको छ । यो शैक्षिक कार्यक्रम द ब्रिटिस कलेज (टीबीसी) काठमाडौंको व्यवस्थापनमा सुरु भएको हो ।

सन् २००६ मा स्थापना भएको कसमस कलेजलाई नयाँ आयाम दिँदै ब्रिटिस कलेजले गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्यसहित लेखनाथ– ३० सिसुवामा ए–लेभल सुरु गरेको हो । योसँगै कसमस इन्टरनेसनल कलेज अब ब्रिटिस एजुकेसन ग्रुपमा आधिकारिक रूपमा समावेश भएको छ, जसले नेपालभरि गुणस्तरीय शिक्षा विस्तार गर्दै आएको छ ।

कार्यक्रमका प्रमुख अतिथि ब्रिटिस ग्रामर स्कुलका भाइस प्रेसिडेन्ट पाउल क्लिभ्स र द ब्रिटिस कलेजका कार्यकारी निर्देशक महेन्द्रराज कँडेलले संयुक्त रूपमा पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको औपचारिक सुरुवात गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै क्लिभ्सले भने, ‘गुणस्तरीय शिक्षा राष्ट्र विकासको आधार हो । कसमस इन्टरनेसनल कलेजको पुनः सुरुवातले हजारौं युवाको भविष्य निर्माणमा टेवा पुग्ने छ भन्ने विश्वास लिएको छु ।’

सन् २०१२ मा शिक्षामा रूपान्तरण ल्याउने उद्देश्य सहित काठमाडौंबाट सुरु भएको शैक्षिक यात्रा नेपालभरि विश्वासिलो ब्रान्डका रूपमा स्थापित भइसकेको ब्रिटिस कलेजका कार्यकारी निर्देशक कँडेलले जनाए ।

‘हाल ब्रिटिस एजुकेसन ग्रुप अन्तर्गतका शैक्षिक संस्थाहरूमा ६ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । हाम्रा ग्र्याजुएटहरू विश्वका प्रतिष्ठित कम्पनीमा कार्यरत छन्, कतिपयले आफ्नै स्टार्टअप सञ्चालन गरिरहेका छन् भने थुप्रैले २० भन्दा बढी देशका ख्यातिप्राप्त विश्वविद्यालयमा थप अध्ययन गरिरहेका छन्,’ उनले भने, ‘हामी द ब्रिटिस कलेज काठमाडौंबाट प्राप्त गुणस्तरीय शिक्षाको मापदण्डलाई अब पोखरामै ल्याउन पाउँदा गर्व महसुस गर्दैछौं । हामी पोखरामा पनि अन्तर्राष्ट्रियस्तरको विश्वसनीय शिक्षा प्रदान गर्न प्रतिबद्ध छौं ।’

कार्यक्रममा हिसान, प्याब्सन, एनप्याब्सन, पोखरा उद्योग वाणिज्य संघ लगायत संघसंस्था, पत्रकार, अभिभावक, विद्यार्थी तथा समाजका विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति थियो ।

ए–लेभल कार्यक्रम सुरु भएसँगै कलेजले विशेष छात्रवृत्ति योजना घोषणा पनि गरेको छ । योजना अनुसार प्रारम्भिक चरणमा भर्ना हुने विद्यार्थीलाई ५० प्रतिशतसम्म ट्युसन शुल्क छुट, सुरुका २० विद्यार्थीलाई निःशुल्क भर्ना, राष्ट्रियस्तरका खेलाडी तथा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई अतिरिक्त छात्रवृत्ति साथै उपत्यकाका प्रमुख स्थानबाट निःशुल्क यातायात सुविधा उपलब्ध गराइने छ ।

हाल कलेजमा भर्ना प्रक्रिया सुरु भइसकेको छ । छात्रवृत्तिका लागि इच्छुक विद्यार्थीले १० जुन २०२५ भित्र भर्ना प्रक्रिया पूरा गर्नुपर्ने छ ।

टीबीसीको म्यानेजमेन्टमा कार्यक्रम पुनः सञ्चालन भएसँगै कलेजले विद्यार्थी केन्द्रित वातावरण, व्यावहारिक सिकाइ र अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।

यो पनि पढ्नुहोस्

शैक्षिक सामग्री वितरण

शैक्षिक सामग्री वितरण

४ दिन अगाडि
शिक्षा केवल औपचारिक प्रमाणपत्रमा सीमित हुन नहुने : प्रधानमन्त्री कार्की

शिक्षा केवल औपचारिक प्रमाणपत्रमा सीमित हुन नहुने : प्रधानमन्त्री कार्की

३ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

रास्वपाले अभिमुखीकरण प्रशिक्षण दिने

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

राजनीतिक थ्रिलर चलचित्र ‘वन ब्याटल आफ्टर अनदर’ ८८ले ९८औँ अस्कर अवार्ड जित्याे

ओम सुनारको टिकटक लाइभ संगीत कक्षा: संगीत सिक्न चाहने सबैका लागि अवसर

बहुप्रतीक्षित चलचित्र ‘पाँच पाण्डव’को छायांकन औपचारिक रूपमा सुरु

बालेन शाहको उदय र नेपालको भविष्य

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक