बुध, मंसिर १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सिलिकन भ्यालीका हस्तीहरूलाई प्रभावमा पार्न अनेकौं प्रयास

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
सिलिकन भ्यालीका हस्तीहरूलाई प्रभावमा पार्न अनेकौं प्रयास
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । पूर्व एफबीआई एजेन्ट जोनाथन बुमाले रुसी गुप्तचर संस्था जीआरयूले सिलिकन भ्यालीका हस्तीहरूलाई प्रभावमा पार्न अनेकौं प्रयास गरेको जिकिर गरेका छन् ।

खासगरी एलन मस्क र भेञ्चर पुँजीकर्ता पीटर थिएल लगायतलाई प्रभावमा पार्न विशेष अपरेसनहरू सञ्चालन गरिएको बुमाले दाबी गरेका छन् । विशेष अपरेशनका क्रममा यौन, लागूपदार्थ र विलासी जीवनशैली समेतको प्रयोग गरिएको थियो ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको स्वीकृतिमा यो अभियान सञ्चालन भएको बुमाले जिकिर गरेका छन् । ‘पुटिनले व्यक्तिगत रूपमा थाहा नपाई वा स्वीकृति नदिई यस्तो अपरेसन चलाइँदैनथ्यो,’ जर्मन सञ्चार संस्था जीडीएफसँग उनले भनेका छन् ।

बुमाले दाबी गरेअनुसार, जीआरयूले एलन मस्क र पीटर थिएलजस्ता प्रभावशाली व्यक्तिहरूलाई प्रभावमा पार्न ब्ल्याकमेलका लागि प्रयोग गर्न सकिने गोप्य र संवेदनशील सामग्री जम्मा गरेको थियो । बुमाले जीडीएफको डकुमेन्टरीमा भनेका छन्, ‘मस्क महिलासँगको यौन सम्बन्ध र लागूपदार्थ (विशेष गरी केटामिन) प्रयोगप्रति आकर्षित भएको कुरा रुसी गुप्तचर एजेन्सीका लागि अवसरका रूपमा देखिएको थियो।’ डकुमेन्टरीमा उनले अगाडि भनेका छन्, ‘यसलाई पुष्टि गर्ने पर्याप्त प्रमाणहरू छन्, जुन अत्यधिक छ ।’ बुमाले मस्कको बर्निङ म्यानजस्ता डेजर्ट पार्टीहरू, वयस्क मनोरञ्जन (एडल्ट इन्टरटेनमेन्ट), र जुवा खेल्ने रुचिलाई पनि रुसी सुरक्षाअधिकारीहरूले सम्पर्कको सम्भावित मार्ग बनाएका थिए ।

बुमाका अनुसार, यो केवल जीआरयूको अपरेसन मात्र थिएन — पुटिन स्वयं यसका पछाडि थिए। ‘दुवै (मस्क र थिएल) सँग सम्पर्क गर्न पठाइएका दूतहरूले पुटिनसँग प्रत्यक्ष भेटको प्रस्ताव गरेका थिए,’ बुमाले जिकिर गरेका छन्। बुमाले एलन मस्क र पुटिनबीच सम्भवत: धेरैपटक प्रत्यक्ष सम्पर्क भएको जानकारी आफूसँग रहेको दाबी गरेका छन् । सन् २०२४ मा वाल स्ट्रिट जर्नलले पनि मस्क र पुटिनबीच गुप्त कुराकानी भएको पुष्टि गरेको रिपोर्ट प्रकाशित गरेको थियो। त्यसअनुसार मस्क कम्तीमा सन् २०२२ देखि पुटिनसँग प्रत्यक्ष सम्पर्कमा थिए। जीआरयू रूसको सबैभन्दा शक्तिशाली गुप्तचर निकायमध्ये एक हो जुन आक्रामक र गोप्य अन्तर्राष्ट्रिय अपरेसनहरूका लागि परिचित छ ।

यो निकायले विदेशी सैन्य अपरेसन र जासुसी गतिविधिलाई नियन्त्रण गर्छ । जीडीएफको डकुमेन्टरीमा यी आरोप लगाउने बुमा गत मार्चमा पक्राउ परेका थिए र गोप्य सूचना चुहाएको आरोपसहित अभियोजन लगाइएको छ। उनी हाल १ लाख अमेरिकी डलर धरौटीमा रिहा भएका छन्। एलन मस्कको युक्रेनप्रति धारणा समयसँगै फेरिएको छ। सन् २०२२ मा उनले युक्रेनी सेनालाई आफ्नो स्टारलिंक स्याटेलाइट सेवा निःशुल्क प्रदान गरेका थिए। तर पछि उनले त्यो सहयोग फिर्ता लिने धम्की दिएका थिए।

सन् २०२४ सम्म आइपुग्दा उनी कीभ सरकारप्रति आलोचक बन्दै गएका थिए र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग निकट हुँदै हाल उनी ट्रम्पका सल्लाहकार बनेका छन्।

यो पनि पढ्नुहोस्

तासजुवा खेलेको आरोपमा  १० जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

१४ घण्टा अगाडि

भारतीय सैनिक टोली नेपालमा

१४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘विश्व कीर्तिमानी डा. उपाध्याय अमेरिका बुक अफ रेकर्ड्स’को ‘हल अफ फेम’मा

ताप्लेजुङमा ५.६ म्याग्निच्युडको भूकम्प

प्रम बालेनको भ्रमणमा देखावटी पक्ष मात्रै राम्रो देखियाे

आनि छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

प्रधानमन्त्रीको भारत भ्रमणमा गोर्खा भर्तीको विषयले पाएन प्रवेश

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक