शनि, बैशाख १९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नागरिक मन्त्रीद्वारा वायुसेवा निगमको अन्तराष्ट्रिय स्टेशनहरुको समुद्घाटन

धारणा न्यूज by धारणा न्यूज
१२ महिना अगाडि
Reading Time: 1 min read
0
नागरिक मन्त्रीद्वारा वायुसेवा निगमको अन्तराष्ट्रिय स्टेशनहरुको समुद्घाटन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । नेपाल वायुसेवा निगमको अन्तराष्ट्रिय स्टेशनहरुको दुईदिने समिक्षा बैठक  जेठ १ गते माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेद्वारा समुद्घाटन भएको छ ।

माननीय मन्त्रीद्वारा उक्त कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटन क्षेत्र मुलुकको कुल ग्राहस्थ उत्पादनको प्रमुख आधार रहेको र सो क्षेत्रलाई चलायमान बनाउन राष्ट्रिय ध्वजाबाहक अपरिहार्य रहेको धारणा राख्दै राष्ट्रिय ध्वजाबाहकलाई सबल तथा सक्षम बनाउन थप जहाज प्राप्ति र व्यवस्थापकीय सुधार सँगसँगै लैजानुपर्ने धारणा राख्नुभयो । साथै आपत विपतको समयमा नेपालको हवाइ भाडामा हुने अस्वभाविक कार्टेलिङ रोक्न निगमको हस्तक्षेपकारी उपस्थिति अत्यावश्यक रहेको र सो प्रयोजनको निमित्त पनि आन्तरिक तथा अन्तराष्ट्रिय क्षेत्रमा उडान गर्नका लागि निगमलाई थप जहाजहरु आवश्यक पर्ने जनाउँदै सो का लागि मन्त्रालयस्तरबाट सकारात्मक सहयोग हुने धारणा राख्नुृभयो ।

यसैसाथ, उक्त कार्यक्रमलाई सम्बोधन गर्दै निगमका कार्यकारी अध्यक्ष श्री युबराज अधिकारीज्यूले निगमको अन्तराष्ट्रिय स्टेशनहरुमा खटिएर जाने कर्मचारीहरु निगमको मात्र नभई समग्र देशको समेत प्रतिनिधित्व गर्ने भएकोले इमान्दारीता पूर्वक निगम र राष्ट्रको अधिकतम हित हुनेगरि कार्य गर्न निर्देशन गर्नुहुँदै निगममा थप जहाज प्राप्तिको लागि जहाज लिज प्रक्रिया अगाडि बढाइएको, वर्तमाान माननीय मन्त्रीज्यू समेतको निर्देशनमा इन्जिनियरिङ विभागहरुको सुधारका निमित्त एक अध्ययन उपसमितिमार्फत् तीव्र गतिमा कार्य भैरहेको, सात वटै प्रदेश सरकारहरुको सहकार्यमा दुर्गम क्षेत्रमा उडान गर्ने जहाज खरिदका निमित्त पहल भैरहेको तथा गण्डकी प्रदेश सरकारसँग संयुक्त कार्यदल गठन गरि प्रक्रिया अगाडि बढाउने सहमति भएको जानकारी दिनुभयो । साथै, विपतको समयमा मुलुकको लाइफको रुपमा काम गर्ने राष्ट्रिय ध्वजाबाहक निगमलाई थप सबल र सक्षम बनाउँदै जहाज खरिद जस्ता महत्वपूर्ण परियोजना राष्ट्रिय गौरवका योजनाहरुसँग जोडेर अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो ।

साथै खरिद विनियमावली अन्य देशका राष्ट्रिय ध्वजाबाहक वायुसेवा कम्पनीहरुकोसँग मिल्दोजुल्दो हुनुपर्ने भन्दै अन्यथा यहि निर्णय प्रक्रिया र खरिद विनियमावलीले अगाडि बढ्न कठिन हुने जनाउँदै कार्यकारी अध्यक्षज्यूले विशेषगरि प्राविधिकहरु, पाइलट तथा इन्जिनियर लगायत अन्य दक्ष कर्मचारीहरुको पलायन रोक्दै कार्यक्षमता अभिवृद्धिको लागि निगम स्वयम्ले भत्ता सुविधाहरु बढाउन सक्ने प्रबन्ध हुनुपर्ने माग माननीय मन्त्रीज्यूसमक्ष राख्नुभयो ।

निगम बजार व्यवस्थापन विभागद्वारा निगमको केन्द्रीय कार्यालयमा आयोजित सो दुई दिने कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रामकृष्ण लामिछानेज्यू, लगायत मन्त्रालयका प्रतिनिधिहरु, निगमको सम्पूर्ण विभागीय प्रमुखहरु, महाशाखा प्रमुखहरु र आठ मुलुकबाट दश कन्ट्रि म्यानेजर-म्यानेजर लगायतको उपस्थिति रहेको थियो ।

 

यो पनि पढ्नुहोस्

पाकिस्तानमार्फत अमेरिकासँग वार्ताका लागि नयाँ प्रस्ताव ल्याइयाे

पाकिस्तानमार्फत अमेरिकासँग वार्ताका लागि नयाँ प्रस्ताव ल्याइयाे

९ घण्टा अगाडि
देशको पहाडी भू–भागमा आंशिक बदली

न्यून चापीय क्षेत्रको प्रभाव

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पाकिस्तानमार्फत अमेरिकासँग वार्ताका लागि नयाँ प्रस्ताव ल्याइयाे

मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

सन्दीप लिग–२ प्रतियोगितामा एक सय विकेट लिने विश्वकै पहिलो बलर

अर्थमन्त्रीको श्वेतपत्रले देखाएको देशको अवस्था

एप्पलको राजस्वमा अपेक्षाभन्दा उच्च राजस्व पूर्वानुमान जारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक