कुलिङ पिरियड’ र सेवा उमेर हदसम्बन्धी बाँकी रहेका मतान्तर सहमतिबाट टुंग्याइने

2.2k
SHARES
27k
VIEWS

आइतबार सिंहदरबारमा आयोजित राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले विधेयकको अन्तिम मस्यौदा प्रतिवेदनमाथि छलफल गर्दै ती दुई विषयबाहेक अन्य सबै विषयमा सहमति भइसकेको जानकारी दिए।

उनका अनुसार, कुलिङ पिरियडको अवधि कति राख्ने भन्नेमा मात्र छलफल बाँकी छ भने सेवा उमेर हद ५८ बाट ६० वर्ष बनाउने विषयमा पनि विवाद नरहेको, तर सो व्यवस्था कसरी चरणबद्ध रूपमा लागू गर्ने भन्नेबारे केही मतभेद देखिएको हो।

गृहमन्त्री लेखकले भने, “कुलिङ पिरियड राख्ने भन्नेमा विवाद छैन, कति अवधि राख्ने भन्नेमा मात्रै छलफल भइरहेको छ। सेवाको उमेर हद पनि ५८ बाट ६० बनाउने भन्नेमा हामीबीच कुनै मतान्तर छैन, चरणबद्ध रूपमा लैजाने कि एकैपटक भन्नेमा मात्रै विचारविमर्श भइरहेको हो।”

उनले निजामती कर्मचारी तथा अन्य सरकारी सेवामा कार्यरत राष्ट्रसेवकहरू सेवा निवृत्त भइसकेपछि अर्को जिम्मेवारीमा जानका लागि निश्चित समयसम्म रोक लगाउने विषयलाई नै ‘कुलिङ पिरियड’ भनी बुझिनुपर्ने उल्लेख गरे।

लेखकले विधेयक पारित गर्दा सहमतिका आधारमा गर्ने अभ्यास र परम्परा रहेको स्मरण गराउँदै यसपटक पनि छलफलमार्फत साझा धारणा बनाएर विधेयक पारित गरिने दाबी गरे। “सदन र सरकारबीच एउटै धारणा बन्नुपर्छ, त्यसका लागि छलफल गरिन्छ,” उनले भने।

सरकार विधेयकको प्रस्तुतकर्ता भएकाले संसदमा व्यापक सहमति जुटाएर पारित गरिएमा त्यसको कार्यान्वयनमा सहजता आउने गृहमन्त्री लेखकको धारणा थियो। सहमति आधारित विधेयक स्थायित्व र प्रभावकारिता दुवैका लागि आवश्यक रहेको उनले जनाए।

यो पनि पढ्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist