बुध, मंसिर १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

भारतले पाकिस्तान हवाई हमला गरेपछि निन्दा !

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
भारतले पाकिस्तान हवाई हमला गरेपछि निन्दा !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । भारतीय सेनाले पाकिस्तानविरुद्ध ‘अपरेशन सिन्दूर’ अन्तर्गत पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका विभिन्न क्षेत्रहरूमा हवाई हमला गरेपछि विश्वका विभिन्न देशहरूबाट प्रतिक्रिया आइरहेका छन् ।

केही पछिल्ला घटनाक्रमहरू –

– जम्मु–कश्मीरको पहलगाममा पर्यटकमाथि भएको आतंकी आक्रमणको दुई हप्ता पछि भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका नौवटा स्थानमा हवाई हमला गर्‍यो। यस सैन्य कारबाहीलाई भारतले ‘अपरेशन सिन्दूर’ नाम दिएको छ।

– पाकिस्तानका विदेशमन्त्री इसहाक डारले आठ पाकिस्तानी नागरिकको मृत्यु भएको र थप ३५ जना घाइते भएको पुष्टि गरेका छन्।

– भारतीय सेनाले कश्मीरमा पाकिस्तानबाट भएको गोलीबारीमा तीन भारतीय नागरिकको मृत्यु भएको बताएको छ।

– दुवै देशमा विभिन्न क्षेत्रका विद्यालय र कलेजहरू बन्द गरिएका छन्।

– भारतको सैन्य अपरेशनपछि एयर इन्डिया, स्पाइसजेट र इन्डिगो जस्ता प्रमुख एयरलाइन्सहरूले प्रभावित क्षेत्रका उडानहरू स्थगित गर्दै यात्रा सल्लाह जारी गरेका छन्।

– ताजा घटनाक्रमहरूमा गम्भीर चासो र अन्तर्राष्ट्रिय प्रतिक्रिया देखिएको छ।

– एएफपीका अनुसार पाकिस्तानको हैदरावादमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाइएको छ ।

– पाकिस्तानको परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै इस्लामावादले संयुक्त राष्ट्र सुरक्षा परिषद् (यूएनएससी) लाई ‘भारतको आक्रमण र यसले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा उत्पन्न गरेको खतरा’ बारे जानकारी गराएको बताएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘संयुक्त राष्ट्र सुरक्षा परिषद्‍लाई पाकिस्तानसँग संयुक्त राष्ट्र चार्टरको अनुच्छेद ५१ अन्तर्गतको आत्मरक्षा अधिकारअनुसार, आफूले रोजेको समय र स्थानमा यो आक्रमणको उचित जवाफ दिने पूर्ण अधिकार रहेको सूचित गरेको छ ।’

पाकिस्तानका विदेशमन्त्री इसहाक डारले एक्समा लेखेका छन्, ‘भारतको आक्रमण पाकिस्तानको सार्वभौमिकता, संयुक्त राष्ट्र चार्टर र अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन हो, पाकिस्तान यसको कडा निन्दा गर्छ।’

– पाकिस्तानले भारत-नियन्त्रित कश्मीरसँगको सीमामा रहेको एक सैन्य पोस्टमा भारतीय सैनिकहरूले सेतो झन्डा (सामान्यतया आत्मसमर्पणको प्रतीक) उठाएका दाबी गरेका छन् ।

यो दाबी पाकिस्तान सरकारको आधिकारिक एक्स एकाउन्ट मार्फत सार्वजनिक गरिएको अलजजिराले लेखेको छ । अलजजिराले यो दाबी स्वतन्त्रतापूर्वक पुष्टि गर्न नसकिएको जनाएको छ ।

पाकिस्तानी सूचना तथा प्रसारण मन्त्री अताउल्लाह तारारले पनि आफ्नै एक्स एकाउन्टमा यो दाबी दोहोर्‍याउँदै लेखेका छन्, ‘पहिले अनुसन्धानबाट भागे, अब मैदानबाट।’

यो पनि पढ्नुहोस्

तासजुवा खेलेको आरोपमा  १० जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

१० घण्टा अगाडि

भारतीय सैनिक टोली नेपालमा

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘विश्व कीर्तिमानी डा. उपाध्याय अमेरिका बुक अफ रेकर्ड्स’को ‘हल अफ फेम’मा

ताप्लेजुङमा ५.६ म्याग्निच्युडको भूकम्प

प्रम बालेनको भ्रमणमा देखावटी पक्ष मात्रै राम्रो देखियाे

आनि छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

प्रधानमन्त्रीको भारत भ्रमणमा गोर्खा भर्तीको विषयले पाएन प्रवेश

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक