बुध, भदौ १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सरकारले विश्वसनीय बजेट ल्याउने तयारी

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
तेस्रो त्रैमासिक अवधिसम्ममा विकास खर्च २९ प्रतिशतमा खुम्चिए
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले विश्वसनीय बजेट ल्याउने तयारी गरेको जनाउनुभएको छ । स्रोत व्यवस्थापन र खर्च व्यवस्थापनका विषयमा अनुशासित हुनुपर्ने अवस्था मुलुकमा आएकाले अहिले सरकारसँग कोही पनि त्रासमा बस्नुपर्ने अवस्था नभएको उहाँले जनाउनुभयो ।

नेपाल व्यवस्थापन सङ्घले शनिबार राजधानीमा आयोजना गरेको आर्थिक वर्ष २०८२/८३ को बजेटपूर्व छलफलमा उहाँले निजी क्षेत्रको विश्वास र आत्मबल बढाउन सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो । सरकारले निजी क्षेत्रको मनोबल बढाउने गरी नजिक रहेर काम गरिरहेको पनि उहाँले जानकारी दिनुभयो । निजी क्षेत्रले उठाएका मुद्दालाई एकसाथ सम्बोधन गर्न अध्यादेश ल्याइएको भन्दै उहाँले अध्यादेशको स्रोत नै निजी क्षेत्र भएको बताउनुभयो । नेपालमा नेपाली मोडेलको समाजवाद ल्याउने उहाँको भनाइ थियो । “देश आर्थिक रूपमा समृद्ध हुनुपर्‍यो र त्यसमा नागरिकको सहज अपनत्व हुनुपर्‍यो,” उहाँले भन्नुभयो ।

सहकारी अभियानमा देखिएको समस्याका आधारमा सहकारी मोडेल नै गलत भन्न नमिल्ने उहाँको धारणा थियो । उहाँले सहकारीका केही विकृति र समस्यालाई सम्बोधन गरेर राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउने विषयमा केन्द्रित हुनुपर्ने बताउनुभयो ।

अर्थविद् डा. नरबहादुर थापाले स्रोत परिचालनमा सरकार कमजोर देखिएको भन्दै राजस्व परिचालनलाई पुनस्र्थापित गराउनेतर्फ ध्यान दिन आग्रह गर्नुभयो । व्यावसायिक र व्यापारिक वातावरण विस्तार गर्नेतर्फ बजेटमा ठोस योजना आउनुपर्नेमा उहाँको जोड थियो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले सरकारले समाजवादोन्मुख अर्थतन्त्र भने पनि गन्तव्य तय नभएको भन्दै यसमा स्पष्ट हुनुपर्ने बताउनुभयो । पछिल्लो समयमा अनौपचारिक अर्थतन्त्र बढेर गएको भन्दै यसलाई कसरी सही बाटोमा ल्याउने बजेटमार्फत आवश्यक कार्यक्रम आउनुपर्ने जनाउनुभयो । साना तथा घरेलु उद्योगमा धेरै समस्या रहेको भन्दै उहाँले बजेटमार्फत तत्काल सम्बोधन गर्न आवश्यक प्याकेज ल्याउन उहाँले आग्रह गर्नुभयो । अर्थतन्त्रको खम्बाका रूपमा रहेको साना तथा घरेलु उद्योगको प्रवर्धनका लागि पुनर्कर्जा, सहुलियतका कार्यक्रम ल्याएर माथि उठाउन सके समग्र अर्थतन्त्रलाई सुदृढ गर्न सकिने उहाँको धारणा थियो ।

नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले सरकार र निजी क्षेत्रको सम्बन्ध सुदृढ हुनुपर्ने भन्दै सरकारसँग काँधमा काँध मिलाएर अगाडि बढ्न निजी क्षेत्र तयार रहेको बताउनुभयो । नीतिगत स्थिरता आउनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले बजेटमार्फत कर प्रणाली सरल र पारदर्शी बनाएर करको दर नभई दायरा बढाउनुपर्नेमा जोड दिनुभयो । निजी क्षेत्रमा लगानीको लहर ल्याउन सके अर्थतन्त्र मजबुत हुने उहाँको धारणा थियो ।

नेपाल व्यवस्थापन सङ्घका वरिष्ठ उपाध्यक्ष सुमन पोख्रेलले अर्थतन्त्रका सूचकमा सकारात्मक सङ्केत देखिएको बताउँदै अहिले बैङ्कको आधारदर अर्थतन्त्रको सकारात्मक पाटो भएको जनाउनुभयो । समग्र अर्थतन्त्रका सूचकहरूले सकारात्मक बाटो देखाए पनि बैङ्कमा रहेको उच्च तरलता र कर्जाको सङ्कुचन अहिलेको समस्या रहेको उहाँले जनाउनुभयो ।

यो पनि पढ्नुहोस्

जलविद्युत परियोजनाको वलमिच्याईको कारण भोटखोलाका जनता रुष्ट

जलविद्युत परियोजनाको वलमिच्याईको कारण भोटखोलाका जनता रुष्ट

१८ घण्टा अगाडि
Live : प्रतिनिधिसभा बैठक सुरु

सभामुखकाे नियमित स्वास्थ्य परीक्षण

१८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

देश नै रित्तिने गरी युवाहरू विदेश पलायन तीव्र !

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आफ्नी बहिनी ‘मुटुको टुक्रा’, अरूकी बहिनी ‘दामी माल’ ?

कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै अदालत पुग्याे

जलविद्युत परियोजनाको वलमिच्याईको कारण भोटखोलाका जनता रुष्ट

अपराधमा संलग्नमाथि कानुनी कारबाही गर्न सरकारसँग माग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक