मङ्ल, अशोज ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्रेस काउन्सिलको अध्यक्षको योग्यतामा फेरबदल गर्ने

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
प्रेस काउन्सिलले मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थको विज्ञापन प्रचारप्रसार नगर्न आह्वान

Compressed by jpeg-recompress

2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । केही नेपाल ऐन संशोधन विधेयकबाट प्रेस काउन्सिल अध्यक्षको योग्यता बदल्ने प्रस्ताव हट्ने भएकाे छ ।

सरकारले प्रेस काउन्सिलको अध्यक्षको योग्यतामा फेरबदल गर्ने गरी यो विधेयक ल्याएको थियो । तर, संसदले त्यसलाई हटाएर विधेयक अगाडि बढाएको हो ।

प्रेस काउनिसल ऐनको दफा ६ मा काउन्सिलको गठन सम्बन्धी व्यवस्था छ । दफा ६ को उपदफा १ मा अध्यक्षको योग्यता सम्बन्धी व्यवस्था छ । ‘सर्वोच्च अदालतको अवकाश प्राप्त न्यायाधीश वा वरिष्ठ अधिवक्ता वा पत्रपत्रिकाको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका व्यक्तिहरूमध्येबाट नेपाल सरकारबाट मनोनित व्यक्ति अध्यक्ष’ हुने प्रावधान रहेकाे  छ ।

सरकारले यसलाई बदलेर ‘सर्वोच्च अदालतको अवकाश प्राप्त न्यायाधीश वा वरिष्ठ अधिवक्ता’ भन्ने शब्दको सट्टा ‘उच्च अदालतको अवकाश प्राप्त न्यायाधीश वा त्यस्तो न्यायाधीश हुन योग्यता पुगेको व्यक्ति’ भन्ने शब्द राखेको थियो ।

प्रतिनिधि सभा अन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समितिले प्रेस काउन्सिलका अध्यक्षको योग्यता बदल्ने सरकारको प्रस्ताव सम्बन्धी व्यवस्थालाई विधेयकबाट झिकेर प्रतिनिधि सभामा पेस गरेको थियो । जसलाई प्रतिनिधि सभाले पारित गरेर अगाडि बढाएको छ ।

केही नेपाल ऐन संशोधन विधेयक अघिल्लो सरकारको पालामा तत्कालीन कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ल्याएका थिए । २६ वैशाख २०८० मा यो विधेयक प्रतिनिधि सभामा दर्ता भएको थियो । दफावार छलफलका लागि प्रतिनिधि सभाले विषयगत समितिमा २९ भदौ २०८० मा पठाइएको थियो । समितिबाट पास भएर सभामा १४ वैशाख २०८१ मा पुगेको थियो । मंगलबार प्रतिनिधि सभाले पारित गरेको छ ।

अब यो विधेयक राष्ट्रिय सभामा जानेछ । राष्ट्रिय सभाले पारित गरेपछि पुनः प्रतिनिधि सभामा आउने छ । सभामुख हुँदै राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनको रुपमा लागू हुने भएकाे छ ।

यो पनि पढ्नुहोस्

विपद्लाई  सिङ्गो विश्वको ध्यानाकर्षण गराउन सुझाव

विपद्लाई सिङ्गो विश्वको ध्यानाकर्षण गराउन सुझाव

१५ घण्टा अगाडि
जेनजी आन्दोलनका युवालाई तत्काल न्याय  व्यवस्थापनको व्यवस्था गर्न  माग

जेनजी आन्दोलनका युवालाई तत्काल न्याय व्यवस्थापनको व्यवस्था गर्न माग

१५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने

विपद्लाई सिङ्गो विश्वको ध्यानाकर्षण गराउन सुझाव

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

रसुवा बाढीमा बेपत्ता वीणा कुलकर्णीको खोजी गरिदिन परिवारको अपिल

प्रहरी र सरकारी वकिलको मिलेमतोमा वैवाहीक जकलाई कमजोर बनाइयो

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक