सप्तरी । कंचनरूप नगरपालिका-२ बरमझियाबाट अवैध लागूऔषध गाँजा ७९ किलो ७ सय ६० ग्राम मंगलबार राति प्रहरीले बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय कंचनपुरबाट खटिएको प्रहरीलाई देख्नसाथ स।१ ह १७१६ नम्बरको अटो छोडेर चालक फरार भएपश्चात उक्त अटो जाँच गर्ने क्रममा ३ वटा बोरा, १ वटा सुटकेश र १ वटा झोलामा रहेको उक्त परिमाणको गाँजा फेला पारी प्रहरीले बरामद गरेको हो ।
प्रहरीले हाल फरार अटो चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।