काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेले राप्रपा नेता रविन्द्र मिश्रमाथि लगाइएको राज्यविरुद्धको अपराध आफ्नो पार्टीका सभापति रवि लामिछानेलाई साँधेको राजनीतिक प्रतिशोध जस्तै भएको जनाएका छन् ।
उनले सामाजिक सञ्जालमा रविन्द्र मिश्रसँगको पहिलो भेटको स्मरण गर्दै वैचारिक मूल्य र मान्यता फरक रहेकोले राजनीतिमा सँगै काम गर्न नसकेपछि आफूहरुको सम्बन्ध दाजुभाइको जस्तै भएको बताएका छन् ।
उनले लेखेका छन्, ‘नेता रविन्द्र मिश्रमाथि राज्यविरुद्धको अपराधजस्तो अनपेक्षित र अवान्छित अभियोग सभापति रवि लामिछानेमाथि साँधिएको राजनीतिक प्रतिशोध जस्तै हो।’
उनले पूर्वसचिव कृष्ण ज्ञवालीशब्दमार्फत रविन्द्र मिश्रको आलोच्य पक्ष र प्रशंस्य पक्ष पनि छुट्याएका छन् । उनले लेखेका छन्, ‘पूर्वसचिव कृष्ण ज्ञवालीले भन्नुभएझैँः महत्त्वाकांक्षा, आग्रह, अधैर्य, अस्थिरता र अपरिपक्वता उहाँका आलोच्य पक्ष हुन् भने देशभक्ति, आर्थिक इमानदारी, परोपकारिता, अध्ययनशीलता र मिलनसारिता उहाँका प्रशंस्य गुण हुन् ।’
उनले सरकारसँग विवेक देखाई रविन्द्र मिश्रलाई तुरुन्तै रिहा गरोस् भन्ने माग समेत गरेका छन् ।