मङ्ल, भदौ ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

सोभियत संघको बिघटन, साम्राज्यबादको बिगबिगी र लेनिनको सार्थक सम्झना

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
प्रकृतिलाई जोगाउने कि भयावह संकटको भुँवरीमा पर्ने ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

-लोकनारायण सुवेदी

यतिवेला हामी आज २१औ शताब्दीको तेश्रो दशकको मध्यबाट गुज्रिरहेका छौं । बितेको बीसौ शतब्दीको लेनिनको नेतृत्वमा सम्पन्न सफल तथा महान एबं युगान्तकारी अक्टोबर समाजवादी क्रान्ति १९१७ ले विश्वमा पहिलो पटक स्थापित गरेको शोषित पीडित श्रमजीवी जनताको समाजवादी सोभियत संघ ७० बर्षसम्म चलेर १९९० मा ढल्यो । त्यसपछि यताको तीन दशकभन्दा बढीको समय मूलतः प्रतिप्रवाहको समयकोरुपबाट गुज्रिदै आएको छ । त्यसयता अत्यन्तै ठल्ठूला खुल्दुली पैदा गर्ने खालका दूरगामी प्रकृतिका प्रतिक्रान्तिकारी घटनाहरु घटेका छन् । अनि निकै उथलपुथलकारी प्रतिगामी परिवर्तनहरु पनि आएका छन् । सोभियत संघमा समाजवादलाई अन्तिमरुपमा नष्ट गरिनु, सोभियत संघ छिन्नभिन्न हुनु र पूर्वी यूरोपमा कम्युनिष्ट नेतृत्वका शासनसत्ताहरुको पत्तन तथा ती सबै देशहरुमा पूँजीवाद पुनर्वहाली हुनु र यसरी मानव समाज यसरी एउटा शोषणबिहीन समाजबाट पुनः शोषणयुक्त समाजमा पछि फर्कनु  जस्ता अत्यन्तै  गम्भीर प्रकृतिका प्रतिप्रवाहका घटनाक्रमहरु समाजवादी विश्व शक्तिका लागि भयंकर गम्भीर प्रकृतिका प्रतिगामी धक्का हुन् । अद्यापि ती धक्काहरुको गम्भीर प्रतिगामी असर एक वा अर्को किसिमल बिश्वब्यापीरुपमा रहिरहेक‌ा  छन् । त्यसयताको समयमा  साम्राज्यवादी भूमण्डलीकरणको विगविगी सर्बत्र बढेको छ । प्रतिप्रबाहका यस्ता प्रतिक्रान्तिकारी घटना बिकासबाट विश्वस्तरमा गहिरो गरी राजनीतिक, आर्थिक,  सामाजिक तथा साँस्कृतिक रूपमा ठूलो नकारात्मक प्रभाव परेको छ र प्रायःएक पछि अर्को प्रत्युत्पादक  परिवर्तनहरु पनि हुदै आइरहेका छन् । बिश्वका बिभिन्न देशहरूमा घोर दक्षिणपन्थी शक्तिहरू राजनीतिक परिबृत्तमा देखापर्नु, सम्पन्न र बिपन्न बीचको असमानता अभूतपूर्बरूपमा बढ्नु तथा पूँजीवादी जन तथा प्रकति बिरोधी निर्मम दोहनकारी बिकास प्रकृयाले गर्दा जलवायु परिवर्तन र बढ्दो गर्मी  जस्ता अपूर्ब समस्याहरू उत्पन्न हुनु, एक वा अर्को किसिमका आततायी आतंकबादी घटना घट्नु तथा यी सबै अबाञ्छित स्थितिको आम श्रमजीवी जनतामाथि थप बोझ असैह्यरूपमा बढ्न जानु आदिले यो यथार्थ प्रष्ट पार्दछन् ।

नेपालमा पनि त्यसको गम्भीर नकारात्मक असर परेको छ । खाशगरी पछिल्लो समय नेपाली जनताको संयुक्त आन्दोलनद्वारा स्थापित सीमित उपलब्धीहरु पनि गुम्ने प्रतिगामी स्थिति पैदा हुँदै गएको छ । यसो हुनुमा कम्युनिष्ट आवरणमा सत्तामा पुगेका दलहरुको विचलनकारी, सिध्दान्तहीन, उपभोक्तावादी अत्यन्तै अग्राह्य र भ्रष्ट संस्कृतिले देशको कम्युनिष्ट आन्दोलन नराम्रोसंग त्यसको शिकार हुन पुगेको छ ।

बिश्वमा यस्ता प्रकारका प्रतिप्रवाहका प्रतिगामी घटनाहरु घटेपछि समाजलाई बैज्ञानिक दृष्टिकोणले हेर्ने, ब्याख्या गर्ने र फेर्ने दर्शन, बिचार र सिद्धान्त मार्क्सवाद-लेनिनवाद र माओबिचारधाराका बिरुद्ध समेत एउटा नयाँ र तीब्र हमला पनि देखा परेको थियो र त्यो क्रम एक वा अर्को रुपमा अहिले पनि जारी नै रहेको छ । ती घटनावाट खुसीले उत्ताउलिएका बिश्व साम्राज्यवादी शक्तिहरुले मार्क्सवाद तथा कम्युनिज्मका बिरुद्ध जोडदार र योजनाबद्ध प्रचार हमला शुरु गरिदिएका थिए र आज पनि एक वा अर्कोरुपमा गरिरहेकाछन् ।सामाजिक प्रजातन्त्रबादी(Social democratic)शक्तिहरु र स्वयम कम्युनिष्ट आन्दोलन भित्र रहेका आत्म समर्पणबादीहरुद्वारा खुलमखुल्ला रुपमा उनीहरुको मद्दत गरिदै आएको थियो । त्यो क्रम पनि अद्यापि जारी नै छ । मार्क्सवाद तथा समाजवादको निन्दा गर्ने ती शक्तिहरुको हौसला त्यसताका दिनमा यत्तिका धेरै बढिसकेको थियो कि उनीहरुले पूँजीवादलाई नै ”मानवीय सामाजिक बिकासको चरम उत्कर्ष र शाश्वत तथा अपरिवर्तनीय सत्य” बताउन पनि चुकेका थिएनन् र अहिले पनि त्यसो भन्न छाडेका छैनन् । सोभियत संघमा प्रतिगामी घटनाकासाथै पूर्वी यूरोपका कम्युनिष्ट पार्टीहरुको सत्ता समाप्त भएर त्यहाँ पूँजीवादको भूत जागेपछि फुकुयामा जस्ता पश्चिमा पूँजीबादी बुद्धिजीवीहरुले त इतिहासकै अन्त्य भएको ठोकुवा समेत गरेका थिए ।

पहिलादेखि नै पनि पुरातनपन्थी प्रतिकृयावादी शक्तिहरुले मार्क्सवादी-लेनिनवादी सिद्धान्त र त्यसका पक्षधरहरुलाई खुल्लारुपमै तारो बनाउँदै आएकै  हुन् । त्यस क्रममा बीसौं शताब्दीमा मानवीय उच्च सभ्यताका लागि भौतिक तथा बौद्धिक बिकासमा समाजवादले खेलेको अतुलनीय योगदानलाई पूर्णरुपले जबर्जस्त मेटाउने कोशिश पनि तिनले गर्दै आएका हुन् । बीसौ शताब्दीको अन्तिम दशकका माथि उल्लिखित पछिल्ला प्रतिप्रबाहका प्रतिगामी घटनाहरुले भने उनीहरुको मनोवल अझ बढी बढ्न गएको मात्र हो । नयाँ कुरा भने निश्चय नै होइन । यद्यपि विश्व समाजबादी आन्दोनलमा विकसित भएको स्थितिका यस्ता जटीलताहरुले जुन जुन बिषयहरुमा गम्भीर प्रश्नहरू उठाइएको थियो र अहिले पनि उठाइरहेका छन् तिनको सम्वन्ध मानवीय सभ्यताको कम्तिमा पनि झण्डै दुइ सय शताब्दीको इतिहाससँग अभिन्न रुपले गासिएको छ । त्यसैले यसको बस्तुनिष्ठ सही उत्तर खोज्नका लागि घटना बिकासको ब्यापक, समग्र तथा गहिरो अध्ययनको आवश्यकता छ र हुन्छ नै । प्रारम्भिक चरणमा बिकसित भएका माथि उल्लिखित पछिल्ला घटनाहरुको प्रकृतिलाई हेर्दै र केलाउँदै केही प्राथमिक निष्कर्शहरु मात्रै निकाल्न सकिन्छ । त्यसो गर्नु नै बस्तुगत र विश्वसनीय कुरा पनि हुन्छ । हुन पनि अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनले शुरुदेखि नै बिभिन्न भड्काउको सामना र भीषण संघर्ष गर्दै विकसित हुनु परेको थियो र छ । संशोधनबाद तथा कठमुल्लाबाद(जसलाई जडसूत्रबाद पनि भनिन्छ) का बिरुद्ध मार्क्सवादका आधारभूत बैज्ञानिक सिद्धान्तले हमेशा संघर्ष गर्दै आउनु परेको छ । अनि राष्ट्रिय अन्तर्राष्ट्रिय यथार्थ बस्तुगत परिस्थितिको ठोस बस्तुगत बिश्लेषणका आधारमा यसको रक्षा र बिकास हुँदै आएको पनि छ । यो दुइ लाइनको संघर्षको यथार्थलाई मार्क्स-एंगेल्स, लेनिन, स्तालिन, माओ सबैले बेहोर्नु परेको थियो । तर पछिल्लो बीसौ शताब्दीको अन्तिम दशकको जस्तो जुन घोर प्रतिक्रान्तिकारी घटना विश्वस्तरमा नै घट्यो त्यसले गर्दा आज यो सैद्धान्तिक संघर्ष पहिले कहिल्यै भन्दा बढी जटील, तीब्र र अझ भीषण हुन गएको छ । आधुनिक संशोधनबाद जसको वकालत स्टालिनपछि सोभियत संघमा सत्तामा आएका सोभियत कम्युनिष्ट पार्टीका नेता निकिता खु्श्चेभले गरेको थियो त्यसका बिरुद्ध  र चीनको कम्युनिष्ट पार्टीभत्र पनि सर्बहारा साँस्कृतिक क्रान्तिको सेरोफेरोमा हुर्केको बामपन्थी दुस्साहसबादका बिरुद्ध ती पार्टी भित्र र बाहिर पनि विश्वका धेरै कम्युनिष्ट नेता तथा कम्युनिष्ट पार्टीहरुले सैद्धान्तिक तथा बिचारधारात्मक संघर्ष चलाउँदै आएका हुन् र चलाउदै छन् ।

खाशगरी अक्टोबर क्रान्तिको ७०औ बार्षिकोत्सबदेखि पछि सोभियत संघको कम्युनिष्ट पार्टीद्वारा पेश गरिएका बिभिन्न बिचारधारात्मक निर्णयहरुप्रति विश्वका धेरै कम्युनिष्ट पार्टीहरुले शुरुदेखि नै निकै ठूलो सन्देह र गम्भीर अविश्वास  प्रकट गरेका थिए र ती निष्कर्शहरुवाट आफुलाई अलग्गै राख्दै र बिरोध समेत गर्दै आएका थिए । तथापि प्रतिप्रवाहको असरले धेरै देशका कम्युनिष्ट पार्टीहरु र कम्युनिष्ट नेताहरु त्यसमा बगेर पनि गए । यस्तो अवस्थामा बिभिन्न देशका बिभिन्न कम्युनिष्ट पार्टीहरुले मार्क्सवाद-लेनिनवादका आधारभूत सिद्धान्तहरुलाई नै त्यागिदिएका र त्यसबाट बिमुख हुदै गएका पनि छन् । यतिबेला विकसित भएका यी सबै गम्भीरतम घटनाहरुले अन्तरार्ष्ट्रिय कम्युनिष्ट आन्दोलनलाई अस्तब्यस्तताको स्थितिमा धकेलिदिएको छ । यस स्थितिमा आजको विश्वको बस्तुगत अवस्थाको अझ गहिरो अध्ययन, खोज, अनुसन्धान तथा यथार्थ ज्ञानको प्रयत्न गरिनु र सही निष्कर्श निकाल्नु  अत्याबश्यक छ । यी घटनाहरुको बिकासबाट मानब सभ्यताको सामाजिक बिकासले अहिलेसम्म जे जति अनुभवहरु प्राप्त गरेको छ, तिनबाट सही शिक्षा लिन, ती समझदारीलाई अझ गहिरो बनाउन र तिनमा प्रतिबद्ध हुन आवश्यक छ भन्ने यथार्थ नै औल्याउँदछन् । केवल यही तरीकाबाट नै मजदुर बर्ग तथा शोषित पीडित आम जन समुदायलाई सामन्तबाद बिरोधी तथा साम्राज्यवाद बिरोधी पूजीवादी जनवादी क्रान्ति जसलाई हामीले नेपालमा ‘नयाँ जनबादी क्रान्ति’को संज्ञा दिएका छौं, त्यस क्रान्तिका लागि र त्यसबाट अघि बढेर भावी बैज्ञानिक माजवादी ब्यवस्था स्थापनाका लागि शोषणबाट तथा सामाजिक, राजनीतिक तथा जातीय सबै किसिमका उत्पीडनबाट मुक्तिका लागि आफ्नो संघर्षलाई अगाडि बढाउन सकिनेछ । अरु कुनै बनीबनाऊ बाटो हाम्रा अगाडि आज छैन । बीसौ शताब्दीमा आएका क्रान्तिकारी परिवर्तनहरुको, र समकालीन विश्वमा समाजवादी बिचार तथा आचारको जुन गहिरो छाप बिश्व समाजमा परेको छ त्यसका सम्पूर्ण बिजय र पराजयहरुको, अग्रगतिहरु र धक्काहरुको समुचित रुपले आकलन, बिश्लेषण तथा सश्लेषण गरिनु पर्दछ र एउटा सही निष्कर्शमा पुग्नु पर्दछ । यही नै क्रान्तिकारी कम्युनिष्टहरु अघि बढ्ने सही दिशा र आजको मूल बाटो हो अनि महान लेनिनलाई सम्झनुको बस्तुनिष्ठ सार्थकता पनि !

यो पनि पढ्नुहोस्

जलविद्युत परियोजनाको वलमिच्याईको कारण भोटखोलाका जनता रुष्ट

जलविद्युत परियोजनाको वलमिच्याईको कारण भोटखोलाका जनता रुष्ट

३ घण्टा अगाडि
Live : प्रतिनिधिसभा बैठक सुरु

सभामुखकाे नियमित स्वास्थ्य परीक्षण

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

देश नै रित्तिने गरी युवाहरू विदेश पलायन तीव्र !

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

आफ्नी बहिनी ‘मुटुको टुक्रा’, अरूकी बहिनी ‘दामी माल’ ?

कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै अदालत पुग्याे

देशभर साधारणतया बदली

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक