मङ्ल, अशोज ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

‘अनलाइन’ प्रणालीबाट नागरिकता दिन थाल्याे

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
‘अनलाइन’ प्रणालीबाट नागरिकता दिन थाल्याे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

बैतडी । बैतडीका स्थानीय तहहरूले ‘अनलाइन’ प्रणालीबाट नागरिकता प्रमाणपत्रको सिफारिस दिन थालेका छन् । दश स्थानीय तहमध्ये हालसम्म ६ वटाले अनलाइनमार्फत सिफारिस दिन थालेका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।

उनका अनुसार शिवनाथ र पञ्चेश्वर गाउँपालिका, मेलौली, पाटन, दशरथचन्द र पुर्चौडी नगरपालिकाले अनलाइनबाट नागरिकता सिफारिस दिन थालेका हुन् । कार्यालयका सेवा प्रवाह र सेवाग्राहीहरूको सहजताका लागि प्रविधिमैत्री बनाउने क्रममा नागरिकताको सिफारिस अनलाइन प्रणालीबाट दिन सुरु गरिएको प्रजिअ उपाध्यायको भनाइ छ । ‘स्थानीय तहहरूले वडाबाटै अनलाइनबाट नागरिकता प्रमाणपत्र बनाउन सिफारिस दिने काम गरेका छन् । यसले सेवाग्राहीलाई कागजात नमिलेर प्रशासन कार्यालयमा पुगेर खाली हात फिर्ता हुने झन्झटको अन्त्य भएको छ’, उनले भने ।

अनलाइन प्रणाली सुरु भएपछि अभिलेखीकरणमा सहजता, सेवा प्रवाहमा छरितो र प्रविधिमैत्री सेवा प्रवाह भएको पुर्चौडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीशप्रसाद जोशीले बताए । उनले भने, ‘अनलाइनको माध्यमबाटै सिफारिसको काम हुने भएपछि सेवाग्राहीलाई सहज भएको छ । यसअघि कुनै कागज अपुग भएमा जिल्ला प्रशासन पुगेर फर्किनुपर्ने झन्झट हुने गरेकामा अब सबै कागजपत्र पुगेर मात्रै नागरिकता बनाउन जानेछन् ।’

शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले अनलाइनबाट सिफारिस दिन थालेपछि सेवाग्राहीलाई आवश्यक कागजात पुगे, नपुगेको त्यही बेला वडा कार्यालयमै थाहा हुने गरेको बताए । उनले आवश्यक सबै कागजपत्र पुगेपछि मात्रै सेवाग्राही प्रशासन कार्यालयमा जाने अवस्था बनेकाले सेवाग्राहीले रिक्तो हात फिर्ता हुनु नपर्ने बताए । बाँकी स्थानीय तहले पनि चाँडै नै अनलाइनबाट नागरिकता सिफारिस दिन कामको थालनी गर्ने जनाइएको छ । इन्टरनेट र कर्मचारी अभाव रहेका वडाहरूमा अनलाइन प्रणाली सञ्चालन गर्न ढिलाइ भएको छ ।

कर्मचारी र जनप्रतिनिधिहरूलाई अभिमुखीकरण गरेर चाँडै अरु तहबाट पनि अनलाइनको माध्यमबाटै सिफारिसका लागि सहजीकरण गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अनलाइन प्रणाली सुरु भएपछि अभिलेखीकरणमा सहजता, सेवा प्रवाहमा छरितो र प्रविधिमैत्री सेवा प्रवाह हुने, झुटा र कीर्ते विवरण भरेर नागरिकता लिने कार्य रोकिने हुँदा यो सेवा प्रभावकारी हुने विश्वास लिइएको छ ।

यो पनि पढ्नुहोस्

देशको पहाडी भू–भागमा आंशिक बदली

दिन भरकाे यस्ताे छ माैसम

२ घण्टा अगाडि
अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९२ पैसा कायम

विदेशी मुद्राको विनिमयदर निर्धारण

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने

विपद्लाई सिङ्गो विश्वको ध्यानाकर्षण गराउन सुझाव

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

रसुवा बाढीमा बेपत्ता वीणा कुलकर्णीको खोजी गरिदिन परिवारको अपिल

प्रहरी र सरकारी वकिलको मिलेमतोमा वैवाहीक जकलाई कमजोर बनाइयो

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक