काठमाडौं । जोए आएडुको दुई गोल मद्दतमा एफसी चितवनलाई ३-० ले पराजित गर्दै पोखरा थण्डर्स नेपाल सुपर लिग २०२५ को दोस्रो क्वालिफायरमा प्रवेश गर्न सफल भएकाे छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा आइतबार भएको खेलमा पोखराले सबै गोल दोस्रो हाफमा गरेको थियो । पोखराले यो जितपछि लिग चरणमा चितवनसँग व्यहोरेको हारको बदला समेत लिएको छ ।
पोखराका कप्तान आयुष घलान बल हान्न गइरहेका थिए तर चितवनका अभिषेक लिम्बुलाई लाग्दै बल गोल भएको हो । त्यसपछि जोए आएडुले दुई गोल गरे । उनले पहिलो गोल ७२औं मिनेटमा गर्दै पोखराको अग्रता दोब्बर पारे ।
जन्मे जय धामीले दायाँ भागबाट दिएको पासमा आएडुले चितवनका छिरिङ गुरुङलाई छलाउँदै हानेको प्रहार चितवनका खेलाडीलाई लाग्दै क्रस बारमा लागेर गोलमा परिणत भएकाे थियाे । खेलकाे चार मिनेटपछि नै आएडुले व्यक्तिगत दोस्रो गोल गरेका थिए । बएडुले चन्दन दासको पासमा आएडुले बक्स भित्रबाट वान टच फिनिस गरे ।


