सोम, मंसिर ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

संसद्को कानुन न्याय तथा मानव अधिकार समितिमा विवाद भ

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
संसद्को कानुन न्याय तथा मानव अधिकार समितिमा विवाद भ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । चैत १५ गते तीनकुनेमा भएको घटनाका छानबिनका लागि न्यायिक समिति बनाउन निर्देशन दिने कि नदिने भन्ने विषयमा संसद्को कानुन न्याय तथा मानव अधिकार समितिमा विवाद भएको छ।

शुक्रबार घटनाबारे जानकारी लिन समितिले गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक दीपक थापा, सशस्त्रका महानिरीक्षक राजु अर्यालसहितका पदाधिकारीहरुलाई बोलाइको थियो।

घटनाबारे सांसदहरुले राखेका सवालहरुको जवाफ गृहमन्त्री रमेश लेखकले दिए। आफ्ना धारणा राख्ने क्रममा कांग्रेस–एमालेका सांसदबाहेकाले घटनामा सरकारी पक्षबाट पनि कमजोरी रहेको बताउँदै घटनाको निष्पक्ष छानबिनको माग गरे। सांसदले उठाएका प्रश्नको जवाफ दिएपछि सरकारी पक्ष फर्कियो।

गृहमन्त्री लेखकसहितका पदाधिकारी फर्काएपछि समिति सभापति विमला सुवेदीले सरकारलाई दिने निर्देशनका रुपमा तीन बुँदा प्रस्ताव गरिन्।

जसमा पहिलो बुँदा दुई नागरिकको ज्यान जाने गरी चैत १५ गते तीनकुनेमा भएको घटनाप्रति दुःख व्यक्त गर्ने, दोस्रो घटना नियन्त्रणमा सरकारको कमजोरी देखिएकाले सुरक्षा नीतिलाई परिमार्जन गरी सुरक्षा निकायलाई स्रोत साधन सम्पन्न बनाएर उचित स्थानमा मात्र प्रर्दशन परिचालन गर्नू। तेस्रो, घटनामा मानवअधिकार उल्लंघनको अवस्था देखिएकाले न्यायिक छानिबन समिति गठन गर्नू।

सभापति सुवेदीले यी प्रस्ताव पढेर सुनाएपछि एमालेका प्रमुख सचेतक महेश बर्तौलाले आपत्ति जनाए। उनले सरकारको कमजारी रहेको भन्ने कुरा कहाँ पुष्टि हुन्छ? भन्दै समिति सभापति र सचिव मिलेर एकलौटी गर्न खोजेको भन्दै विरोध जनाए। बर्तौलाले छलफलपछि मात्रै निर्देशन प्रस्ताव गर्नुपर्नेमा त्यसो नगरेकाले सभापतिको नियत नै ठीक नभएको बताए।

 

‘तपाईंले सभापति ज्यू निष्पक्ष भएर काम गर्नुहोस्। जे भयो त्यही अवस्थामा निर्णय गरौँ। त्यहाँको घटनामा हामीले पनि जानकारी लिएका छौँ,’ बर्तौला सभापतिमाथि खनिँदै अगाडि भने, ‘कुन तथ्यका आधारमा घटनामा सरकारको कमजोरी भयो भन्ने निष्कर्ष निकाल्नुभयो? सरकारको कमजोरी भएको तथ्य के हो तपाईंको?’

बर्तौलाले सभापतिले पूर्वाग्रही ढंगले समिति चलाउन खोजेको आरोपसमेत लगाए। उनले भने, ‘पूर्वाग्रही ढंगबाट निर्णय सुनाउन मिल्दैन। अपराधीलाई कारबाहीको निर्णय छैन। पार्टी कार्यालय र सञ्चार गृहमा भएको आगजनीको भएको छ।’

राप्रपाका सांसद धुव्रबहादुर प्रधानले घटनामा सरकारी पक्षबाट अधिक बल प्रयोग भएकाले न्यायिक छानबिन आयोग बन्नुपर्नेमा जोड दिए। पूर्वप्रहरी महानिरीक्षकसमेत रहेका प्रधानले आफ्नो पार्टी राप्रपाको लाइनअनुसार भने, ‘घटनामा बलको दुरुपयोग भएको छ। एउटै सभामा सात सयभन्दा बढी अश्रुग्यास प्रयोग भएको छ। कहाँ कति बल प्रयोग गर्नुपर्छ हामीलाई पनि थाहा छ। त्यसो भएकाले छानबिन समिति बनाउनु पर्छ।’

एमालेका सांसदहरु प्रतिक्षा तिवारी, नैनकला थापाले बर्तौलाको भनाइलाई समर्थन गर्दै समितिले छलफल गरेर मात्रै धारणा बनाएर सरकारलाई निर्देशन सुझाव दिनुपर्ने बताए।

थापाले भनिन्, ‘हामीहरु घटनास्थलमा प्रत्यक्षमा रुपमा पुगेका छैनौँ। मिडियामा आएका कुराहरु सुनेका छौँ। हामीले अध्ययन गरेर मात्रै सरकारमाथि आरोप लगाउनुपर्छ।’

कांग्रेसका जीवन परियार पनि नरम भाषामा सरकारको कमजोरी भन्ने र न्यायिक छानबिन समिति बनाउन निर्देशन दिने सभापतिको प्रस्तावको विपक्षमा उभिए। बरु उनले र रास्वपाका सन्तोष परियारले आफ्ना धारणा राखेकै आधारमा जात र जन्मलाई लिएर समाजिक सञ्जालमा आफूहरुमाथि लेखिएका कुराप्रति असन्तुष्टि पोखे।

एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले समितिमा घटनाबारे सरकारलाई बोलाएर सोधिएको अवस्थामा एउटा निकर्षमा पुग्नै पर्ने बताए। तर त्यो निष्कर्षका बारेमा आपसी छलफल हुनु राम्रो भएको, आमन्त्रितहरुलाई बिदाइ गरेर नै समितिले धारणा बनाउने हुँदा छलफल हुनु सामान्य भएको भन्दै अवस्थालाई सहजीकरण गर्न खोजे।

उनीपछि सभापित सुवेदीले बर्तौलालाई जवाफ दिँदै आफ्नो नियत सफा भएकाले त्यसमाथि प्रश्न नगर्न आग्रह गरिन्। उनले भनिन्, ‘यो बैठक सरकारलाई अप्ठेरो पार्ने, असहयोग गर्ने हिसाबले राखिएको होइन। भ्रमको जस्तो अवस्थामा पैदा भयो। यसमा मेरो कुनै नियत छैन। कुनै आग्रह पूर्वाग्रह राखेको छैन। मेरो विगतको घटनाक्रमहरुबाट पनि विश्लेषण गर्न सक्नुहुन्छ। त्यसो भएकाले नियतमाथि नै आपेक्ष लगाइहाल्नु सही होइन। हामीले समिति बैठकको निष्कर्षका रुपमा मात्रै मैले प्रस्ताव गरेको हुँ।’

 

उनले सत्यतथ्यभन्दा बाहिर जान नसकिने भन्दै छलफल गरेर सरकारलाई पछि निर्देशन दिने भन्दै बिना निष्कर्ष बैठक स्थगित गरिन्। सुवेदी माओवादीबाट सांसद भएकी हुन्। माओवादी भने संस्थागत रुपमा न्यायिक छानबिन समिति बन्नुपर्ने पक्षमा उभिँदै आएको छ।

सरकारले भने तीनकुने घटनालाई राजनीतिक रुपमा नभई आपराधिक घटनाका रुपमा मात्रै लिने अडान लिएको छ। गृहमन्त्री रमेश लेखकले आपराधिक घटना भएकाले यसबारेमा नियमित आपराधिक घटनाको अनुसन्धान प्रक्रिया अबलम्बन गर्ने शुक्रबार पनि दोहोर्‍याए।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री बालेनलाई ‘गार्ड अफ अनर’ प्रदान

प्रधानमन्त्री बालेनलाई ‘गार्ड अफ अनर’ प्रदान

४ मिनेट अगाडि

नेपाल–भारत सम्बन्धमा नयाँ मोडकाे व्याख्या

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रधानमन्त्रीलाई भारतीय उद्योगमन्त्रीले विमानस्थलमा स्वागत

घोप्टेभिरमा सवारी रोकेर जोखिमपूर्ण भाग झार्न सुरु

सीमा विवाद र एयर रुटको विषयले प्राथमिकता नपाउने संकेत

ललितकला क्याम्पसमा मूर्ति शिलान्यास गरेकोमो आपत्ति

नेपालमा निर्धक्क भएर लगानी गर्न आह्वान

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक