काठमाडाैं । आज मन्त्रिपरिषद्को बैठक बस्ने भएकाे छ ।
सोमबार दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जानकारी गराएकाे छ ।
बिमेस्टक सम्मेलन, थाइल्याण्डवाट प्रधानमन्त्री फर्किएपछि मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।
आजको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको नियुक्ति गर्ने सम्भावना छ। महाप्रसाद अधिकारी विदा भएपछि अहिले राष्ट्र बैंक गभर्नरविहीन छ।