आइत, कार्तिक ३०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कानुनराजको धज्जी उडाएको प्रमाणित भएको दाबी : स्वर्णिम वाग्ले

धारणा न्यूज by धारणा न्यूज
७ महिना अगाडि
Reading Time: 1 mins read
0
कानुनराजको धज्जी उडाएको प्रमाणित भएको दाबी : स्वर्णिम वाग्ले
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले आज चितवनको जनयात्रा कार्यक्रममा सम्बोधन गर्न नदिनैका लागि पार्टीका सभापति रवि लामिछानेलाई शुक्रबार राति नै पक्राउ गरिएको आरोप लगाएका छन् । शनिबार चितवनमा आयोजित कार्यक्रममा सहभागी हुन नदिन लामो समयदेखि प्रपञ्च बुनिएको उनले जनाएका हुन् ।

उनले भने– ‘सभापतिज्यूले आज केही कुरा राख्ने उद्घोष गर्नुभएको थियो ।  सायद त्यो कुराले डराएर पनि हुनसक्छ । यो कार्यक्रममा कुनै हालतमा सहभागी हुन नदिन लामो समयदेखि प्रपञ्च बुनिराखेको म बुझ्छु ।’ शुक्रबार साँझ सभापति लामिछानेसँग कुरा हुँदा उनले सर्वोच्च अदालतमा जाने आफूलाई  जनाएको वाग्लेले सुनाए । उनका अनुसार सो कुराकानीमा लामिछानेले आफूलाई आज नै पक्राउ गर्छ भन्ने नलागेको जनाएका थिए ।

‘भोलि चितवनमा सहभागी भएर कहाँ जानुपर्ने हो जान्छु भनेर भन्नुभएको थियो,’ उनले भने, ‘७ बजेतिर फैसला आउने, दुनियाँको ठुलो अपराधीलाई पक्राउन गर्न लागेको जस्तो गरेर, आकाश नै खस्ला जस्तो गरेर धरपकड गरियो । यो असाध्य निन्दनीय छ ।’
आज बुटवल लैजान अघि लामिछानेसँग भएको कुराकानी उद्धृत गर्दै भने, ‘हेर्नुस् के के न बित्यो भनेर ल्यायो । दाल भात खुवाएर राखेका छन्, आज पनि बिदा भोलि पनि बिदा ।’
वाग्लेले उच्च अदालतले रविलाई पक्राउ गर्न भनेर दिएको ७–८ पानाको फैसलामा क्यानडा, हिन्दुस्तानको उदाहरणहरू दिइएको सुनाए । उनले भने, ‘कस्ता कस्ता ट्यालेन्टेड न्यायामूर्तिहरु आएछन् भन्ने लाग्यो । त्यो बहस सकिएको दिन लेख्न सक्ने फैसला नै थिएन । त्यो तानाबाना पहिले नै बुनिएको रहेछ ।’  यसले चितवनमा बोल्न नदिन कानुनराजको धज्जी उडाएको प्रमाणित भएको दाबी उनले गरे ।
उनले अरूले लोकतन्त्र र गणतन्त्रको खोल मात्र ओढ्ने भए पनि आफ्नो पार्टी विधिको शासन मान्ने पार्टी भएको जिकिर गरे । उनले यही व्यवस्थालाई थप सुदृढ बनाउनुपर्छ भनेर मन वचनले काम गरिरहेको जनाए ।

यो पनि पढ्नुहोस्

चार पक्षीय छलफल एकै साथ हुने

चार पक्षीय छलफल एकै साथ हुने

२ घण्टा अगाडि
नेकपाको पूर्वपदाधिकारीको अनौपचारिक बैठक जारी

नेकपाको पूर्वपदाधिकारीको अनौपचारिक बैठक जारी

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

एनपीएलकाे तयारी पूरा

नयाँ पुस्तासँग बृहत् सम्झदारी गर्न सरकारसँग माग

हाथु भैरवको मुर्ति बनाउने कार्य जारी

 तीन वर्षीय बालकको जीवन बचाउन अपिल

सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन सहकार्य बढाउने

पार्टी एकता बारे राई र यादवसँग छलफल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक