काठमाडौं । बर्दिया, बाँसगढी नगरपालिका-४ बनजरीया गाउँ बस्ने ६५ वर्षीय चोके रोका सोही ठाउँस्थित आफ्नै खेतमा बुधबार मृत अवस्थामा फेला परेका छन् । काठमाडौं महानगरपालिका-१ नन्दी रात्री मावि पछाडि हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष बिहीबार मत अवस्थामा फेला परेका छन् ।
तेह्रथुम, फेदाप गाउँपालिका-१ एरूवा बस्ने ४६ वर्षीया पबित्रा लिम्बु सोही गाउँपालिका-१ स्थित एरूवा भिर तल बुधबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।