मोरङ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले अहिलेको संविधान भित्रै रहेर सवै समस्याको समाधान खोज्नुपर्ने जनाएका छन् । मोरङको वुढिगंगा गाउपालिका–१ मा निमार्ण गर्न लागिएको वुढिगंगा पार्कको आज शिलान्यास गर्दै उनले संविधानभित्र रहेर शान्तीपुर्ण आन्दोलन गर्ने अधिकार सवैलाई रहेको चर्चा गरे ।
कोइरालाले कुनै प्रकारको हिंसा, आतंक तोडफोड, आगजनी नेपाली कांग्रेसलाई स्विकार्य नहुने प्रष्ट पारे । नेता कोइरालाले गत शुक्रबार काठमाडौमा भएको घटनाको निष्पक्ष छानविन गर्नुपर्नेमा समेत जोड दिए । नेपाली जनतालाई विश्वास दिलाउँन छानविन समिति वनाएर सो घटनाको जति सक्दो चाँडो सरकारले छानविन गर्नुपर्ने उनको भनाई थियो । उनले यो व्यवस्थालाई वलियो र दिगो वनाउन राजनितिक दलहरु पनि सुध्रनु जरुरी रहेको वताए । उनले अहिलेको अवस्थामा राजनितिक दलहरुले आफुलाई सुर्धादै जनताका मन जित्न सक्नुपर्नेमा जोड दिए ।
नेता कोइरालाले नेपाली कांग्रेस र नेकपा एमाले दुई ठुला दल मिलेर सरकार निमार्ण गर्दा संविधान संशोधन, सुशासन, आर्थिक विकास, सुशासन तथा रोजगारी सृजना गर्ने कुरा गरेपनि त्यसो हुन नसेको वताए । जति सक्दो चाँडो आफुले गरेको प्रतिवद्धता पुरा गर्ने तर्फ दलहरुको ध्यान जानुपर्ने कोइरालाको भनाई थियो । उनले नेपालमा कृषि, जलविद्युत, जडिवुटि तथा पर्यटनको प्रसस्त संभावना रहेकाले त्यस्को उचित सदुपयोग गरेर युवाहरुलाई स्वरोजगार वनाउदै नेपाल नेपाली जनतालाई सुखी र समवृद्ध वनाउन सकिने वताए ।