शनि, जेष्ठ ११, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पूर्वराजा ज्ञानेन्द्र शाहले सम्झौता उल्लंघन गरेको निष्कर्ष

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
राष्ट्र भनेको भुगोल मात्र होइन, जनताको साझा थलो होः पूर्वराजा शाह
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । तीनकुनेमा १५ चैतमा भएको हिंसात्मक प्रदर्शनमा पूर्वराजा ज्ञानेन्द्र शाह जोडिएको, उनले सम्झौता उल्लंघन गरेको सरकारको निष्कर्ष छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा सोमबार बोल्दै आपराधिक घटनामा कसैले पनि उन्मुक्ति पाउनुहुँदैन, पूर्वराजाले फेरि राजा बन्छु भन्ने चाहेको हो भने पछिल्ला शंखलाबद्ध घटनाबारे आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने भनेका छन् ।

ज्ञानेन्द्र बस्दै आएको निर्मल निवासमा नवराज सुवेदी र दुर्गा प्रसाईंसँग भएको भेटले पनि प्रधानमन्त्रीलाई अझै आशंकित बनाएको छ । उनले संविधानप्रति अनास्था, घृणा र भ्रम फैलाउन निर्मल निवास र निकटस्थहरू नै सक्रिय रहेको विश्लेषण गरेका थिए ।

पूर्वराजा ज्ञानेन्द्र शाहको संवाद सचिवालयले प्रधानमन्त्रीको वक्तव्यबारे टिप्पणी गर्न अस्वीकार गरेको छ । संवाद सचिव फणिराज पाठकले राजनीतिक ढंगबाट आएका वक्तव्यहरूको जवाफ नहुने भन्दै तीनकुने प्रदर्शन र हिंसामा पूर्वराजालाई जोड्न खोजिएकामा आपत्ति जनाए ।

संवाद सचिव फणिराज पाठकले पूर्वराजाबाट आएका धारणा यसअघि नै सार्वजनिक भइसकेको भन्दै राष्ट्रिय एकता र मेलमिलापबाहेक अरु चाहना पूर्वराजाको नभएको प्रष्ट गरे । उनले पूर्वराजाबाट आएका धारणा यसअघि नै सार्वजनिक भइसकेको भन्दै राष्ट्रिय एकता र मेलमिलापबाहेक अरु चाहना पूर्वराजाको नभएको प्रष्ट गरे ।

‘राजाले दिएको वक्तव्य सार्वजनिक रूपमै आएको छ । त्यसमा कुनै अनौठो कुरा आएको छ र ? तिमीहरू काम लाग्दैनौं म मात्रै काम लाग्छु भनेको छ र ?,’ पूर्वराजा शाहका संवाद सचिव पाठकले अनलाइनखबरसँग भने, ‘देशमा सहजता हुनुपर्‍यो, कसैलाई पनि माइनस गर्ने होइन, बरु त्यसका लागि अझै त्याग गर्नुपर्ने केही छ भने म तयार छु, आउँ छलफल गरौं भन्ने आह्वान छ । कि यसो भन्न पनि हुँदैन ?’

१५ चैतको हिंसात्मक प्रदर्शनभन्दा अघिल्लो दिन पूर्वराजा शाहले राजावादी आन्दोलन समितिका संयोजक नवराज सुवेदी र दुर्गा प्रसाईंसँग बेग्लाबेग्लै भेटेका थिए । सो भेटेको प्रसंगले पूर्वराजाको सरोकारलाई जनाउँदैन र भनी सोधिएको प्रश्नमा पाठकले त्यसैका कारण पूर्वराजालाई जोड्नु पुरा अनुचित हुने  जनाए । उनले कतिपय दलकै नेताहरू पनि पूर्वराजासँग भेटिरहेको भन्दै कति प्रसंग बाहिर आउने, कतिले बाहिर नल्याउने दृष्टान्त रहेको सुनाए ।

‘राजाले कसैलाई भेट्ने, कसैलाई नभेट्ने भन्ने हुँदैन । सबैलाई भेट्ने, सबैका कुरा सुन्ने हो, राजाले,’ उनले भने, ‘उहाँहरूकै दलका मान्छे पनि आउनु भएको होला, भेट्दिनँ भन्नु त भएन । त्यसैले सुवेदी, प्रसाईंलाई पनि भेटेको हो, तर कुनै षड्यन्त्र गर्न भेटेको होइन । नियमित र सामान्य किसिमकै भेट हो ।’

नागरिकमा सरकारका कामकारबाहीबारे प्रश्न र कतिपय क्षेत्रमा असन्तोष बढ्दै जाँदा राजावादीहरूले त्यो स्पेस लिन खोजेका छन् । पूर्वराजाको संवाद सचिवालयले भने शान्तिपूर्ण र सौम्य प्रदर्शन गर्ने शैली नबदलिने भन्दै २५ फागुनको एयरपोर्टदेखि निर्मलनिवाससम्मको सवारी त्यसैको दृष्टान्त रहेको जनायो । १५ चैतमा भएको प्रदर्शनको आयोजक र सहभागीहरूले नै त्यसमा भएका घटनाक्रमको जवाफ दिइसकेको भन्दै त्यसमा पूर्वराजालाई जोड्ने काम नगर्न संवाद सचिव पाठकले आग्रह गरे ।

१५ चैतमा भएको प्रदर्शनको आयोजक र सहभागीहरूले नै त्यसमा भएका घटनाक्रमको जवाफ दिइसकेको भन्दै त्यसमा पूर्वराजालाई जोड्ने काम नगर्न संवाद सचिव पाठकले आग्रह गरे ।

कांग्रेस, एमाले, माओवादी र नेकपा एसका नेताहरूले भने पूर्वराजाको प्रत्यक्ष, परोक्ष संलग्नताकै कारण तीनकुनेको माहोल हिंसात्मक बनेको भन्दै उनलाई समेत छानबिनको दायरामा ल्याउनुपर्ने जनाइरहेका छन् । कतिपय नेताहरूले भने उनको सेवासुविधा समेत कटौती हुनुपर्ने माग राखिरहेका छन् । पूर्वराजा ज्ञानेन्द्रका प्रमुख संवाद सचिव पाठकले भने १८ वर्षअघि गद्दी छाड्दा समेत हाँसीहाँसी गएका ज्ञानेन्द्रले यतिका वर्ष बाँचेको जीवनशैली हेरेर समेत गलत भाष्य नबनाउन आग्रह गरेका छन् ।

‘उहाँले त्यस्तो भनेको भए अस्ति २५ फागुनमा समेत लफडा हुन्थ्यो होला नि, किन भएन ?’ उनले प्रश्न गरे, ‘त्यसैले राजालाई जथाभावी मुछ्ने कुरा भनेको षड्यन्त्र पनि हुन सक्छ । राजाको सबैलाई सद्भाव हुन्छ । कसैलाई पनि नजिक वा टाढा हुँदैन ।’

यो पनि पढ्नुहोस्

गृहमन्त्री लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव

गृहमन्त्री लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव

१७ मिनेट अगाडि
पाँच लाख भारतीय रकमसहित पक्राउ

पाँच लाख भारतीय रकमसहित पक्राउ

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

आज रास्वपाकाे बैठक बस्दै

ताप्लेजुङ दुर्घटनाः लापरवाही गर्ने कर्मचारीलाई कारवाही हुन्छः मन्त्री खड्का

कीर्तिपुरमा विंरगना कीर्तिलक्ष्मीकाे प्रतिमा प्रतिस्थापना हुँदै

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

कानुन सबैलाई समान खोई ? कानुनको शासन यस्तै हुन्छ ?

पाँच लाख भारतीय रकमसहित पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक