काठमाडौं । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले राजसंस्था पुनर्स्थापनाका लागि भएको आन्दोलनका क्रममा पक्राउ परेकाहरूलाई तत्काल रिहा गर्न माग गरेका छन्।
पूर्वप्रधानमन्त्री चन्दले सोमबार विज्ञप्ति जारी गर्दै नजरबन्दमा राखिएका राजसंस्था पुनःस्थापना लागि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी र हिरासतमा राखिएका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवल शमशेर राणालगायतलाई बिनासर्त रिहान गर्न माग गरेका हुन्।
‘नजरबन्दमा राखिनुभएका राजसंस्था पुनःस्थापना लागि संयुक्त जनआन्दोलन समन्वय समितिका संयोजक तथा वरिष्ठ नेता श्री नवराज सुवेदी तथा हिरासतमा राखिनुभएका राप्रपाका वरिष्ठ उपाध्यक्ष श्री रविन्द्र मिश्र, राप्रपाका महामन्त्री माननीय श्री धवलशमशेर राणा लगायत पक्राउ परेका सम्पूर्ण बन्दीहरुको यथाशीघ्र विनाशर्त रिहाइको माग गर्दछु,’ उनले भनेका छन्।
निषेधको राजनीतिबाट अब देश अघि बढ्न नसक्ने उनले बताएका छन्।