काठमाडौं । काठमाडौंको कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा लुटपाट गर्नेहरूमध्ये नौ जनाको परिचय खुलेको छ।
शुक्रबार राजसंस्था पक्षधरको प्रदर्शनमा आएकाहरूले सुपरमार्केटमा तोडफोड गर्दै लुटपाट गरेका थिए। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुकाअनुसार लुटपाट गर्नेमा एक जना भारतीय नागरिक पनि छन्।
प्रहरीकाअनुसार उनी भारतको बिहार राज्य पटना हाजिपुर घर भइ काठमाडौँ ३२ कोटेश्वर नरेफाँटमा बस्ने रवि सञ्जनकुमार रहेका छन्। उनले यार्सागुम्बा ब्राण्डको एक थान रक्सी चोरी गरेका थिए।
अन्य आठ जना नेपालीहरू रहेका छन्। उनीहरूले पनि रक्सी, कपडा र कस्मेटिकका सामाग्री चोरी गरेको प्रहरीले जानकारी गराएको छ।
हेर्नुहोस् प्रहरीको विज्ञप्ति