शनि, जेष्ठ ११, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

तीनकुने घटना मानवताविरुद्धकाे अपराध

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
तीनकुने घटना मानवताविरुद्धकाे अपराध
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । मिडिया एलायन्स नेपालले शुक्रबार राजवादी आन्दोलनका कारण काठमाडौंको तीनकुनेमा जुन घटना घटे ती मानवताविरुद्धको अपराध रहेको जनाएको छ। शनिबार एलायन्सका महासचिव दिरेकलाल श्रेष्ठले प्रेसविज्ञप्ति जारी गर्दै यस्तो जनाएका हुन्।

उनले विज्ञिप्तमा भनेका छन्– ‘संघर्ष र अशान्तिका समयमा एम्बुलेन्स, दमकलजस्ता सेवाहरू निर्बाधरूपमा सञ्चालन गर्न दिनु सबै पक्षहरूको कर्तव्य हो। यी अत्यावश्यक सेवाहरूलाई रोक्नु केवल अलोकतान्त्रिक अभ्यास मात्र होइन, यो मानवताविरुद्धको अपराध पनि हो।’

शुक्रबार तीनकुनेमा राजवादी प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा प्रदर्शनकारीले दमकल, प्रेसमाथिसमेत आक्रमण गरेका थिए। जुन मानव अधिकारविरद्धको कार्य हुन्।

तीनकुनेमा प्रदर्शनकारीले आगजनी गरेको घरमा आगो निभाउन आएको दमकलमाथि ढुङ्गा प्रहार हुँदा आगो निभाउन ढिलाइ भएको थियो। उक्त आगलागीमा परी पत्रकार सुरेश रजकको मृत्यु भएको थियो।

मिडिया एलायन्सले रजकको मृत्यु अधिनायकवादी सरकार, अराजक आन्दोनकारीका कारण भएको बताएको छ। एलायन्सले सुरेशको मृत्युप्रति दु:ख व्यक्त गर्दै दाेषिलाई कारबाही गर्न माग गरेको छ।

विज्ञप्तिको पूर्णपाठ

मिति : १६ चैत्र २०८१
प्रेस वक्तव्य
पत्रकारको मृत्यु, अधिनायकवादी सरकार, अराजक आन्दोनकारी
सडक आन्दोलनको रिपोर्टिङ गर्ने क्रममा यही चैत्र १५ गते एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको दुःखद निधन भएको घटनाप्रति मिडिया एलायन्स नेपाल गहिरो शोक र आक्रोश व्यक्त गर्दछ । अन्तिम घडीसम्म सत्यको खोजीमा समाचार सम्प्रेषण गर्ने उहाँको समर्पणले वास्तविक पत्रकारिताको साहस र प्रतिबद्धतालाई परिभाषित गर्दछ । हामी उहाँको बहादुरीलाई सलाम गर्दछौं र उहाँको परिवार, साथीभाइ तथा सहकर्मीहरूसँग दुःखमा एकजुट छौं ।

नेपाल सरकारको अधिनायकवादी सोच र आन्दोलनकारीको अराजक व्यवहारका कारण एक होनहार युवा पत्रकारको अवसान भएको छ । दुवै पक्षको व्यवहारको हामी घोर निन्दा गर्दछौं । मिडिया फिल्डमा रिपोर्टिङ गरिरहेका पत्रकारहरूको सहयोगका लागि गरिएको पटक–पटकको आग्रहलाई सरकारी प्रशासन तथा सुरक्षा निकायहरूले समयमा सम्बोधन नगरी अलोकतान्त्रिक चरित्र देखाएका छन् ।

मिडिया एलायन्स नेपालका अध्यक्ष स्वयंले प्रहरी महानिरीक्षकलाई बारम्बार सम्पर्क गरी घटनाका सम्बन्धमा आधिकारिक जानकारी माग्दा जबाफ नै नदिने व्यवहारलाई लोकतान्त्रिक सरकारको चरित्र भन्न कसरी सकिन्छ ? हामीले प्रत्यक्ष देख्यौं, घटनाका सम्बन्धमा सशस्त्र प्रहरी महानिरीक्षकलाई गलत जानकारी दिइँदै थियो, काठमाडौंका प्रमुख जिल्ला अधिकारीले प्रेससँग नबोल्न माथिको आदेश पाएका थिए । प्रमुख जिल्ला अधिकारीलाई पटक–पटक सम्पर्क गर्न खोज्दा पनि फोन नउठाउनु र सन्देश पठाउँदा पनि कुनै प्रतिक्रिया नदिनुले सोही तथ्य प्रमाणित गर्दछ । दुःखको कुरा, सुरेशको मृत्यु भएपछि मात्रै पुलिस महानिरीक्षकले सम्पर्क गरे । यस्तो लापरबाही र गैरजवाफदेहिताकै कारण पत्रकारको ज्यान जाने हदसम्मको घटना भयो ।

घटना भएको क्षेत्रमा सर्वत्र सीसी टीभीहरू रहेका कारण सत्य बाहिर ल्याउन गाह्रो छैन । सुरक्षाकर्मी र आन्दोलनकारीका अराजकताका कारण नागरिकको ज्यानसम्म गएको अवस्थामा चुप लागेर बस्न सकिन्न ।

संघर्ष र अशान्तिका समयमा एम्बुलेन्स, दमकलजस्ता सेवाहरू निर्बाधरूपमा सञ्चालन गर्न दिनु सबै पक्षहरूको कर्तव्य हो । यी अत्यावश्यक सेवाहरूलाई रोक्नु केवल अलोकतान्त्रिक अभ्यास मात्र होइन, यो मानवताविरुद्धको अपराध पनि हो ।
त्यसै गरी, मिडियाकर्मीको अधिकारका क्षेत्रमा काम गर्ने भन्दै खुलेका केही संस्था तथा स्वनामधन्य पत्रकारहरूको मौनता र पूर्वाग्रही व्यवहारप्रति हामी मर्माहत छौं, जसले आफ्ना सहकर्मीको न्यायको खोजी गर्नुको सट्टा सरकार र सुरक्षा बलहरूको संरक्षण गर्ने बाटो छानेका छन् ।

सत्यको खोजी नगरी सरकारको पक्षपोषण गर्नु पत्रकारितामाथिको घात हो ।हामी सरकारसमक्ष यस घटनाको गम्भीर र निष्पक्ष अनुसन्धान गर्न जोडदार माग गर्दछौं । चाहे अपराध सुरक्षाकर्मीबाट भएको होस् वा आन्दोलनकारीबाट, उसलाई कानुनबमोजिम कडाभन्दा कडा कारबाही गरिनुपर्छ । अन्यथा, सुरेशको बलिदानप्रति अपमान हुनेछ र हाम्रो राष्ट्रको लोकतन्त्र एवं प्रेस स्वतन्त्रतामाथि अन्तर्राष्ट्रिय रुपमै दाग लाग्नेछ ।

सुरेश रजकको शोकसन्तप्त परिवारप्रति मिडिया एलायन्स नेपाल गहिरो समवेदना व्यक्त गर्दछ । हामी उहाँको परिवार र सम्पूर्ण पत्रकारिता समुदायसमक्ष अपराधीलाई कारबाही नभएसम्म मौन नबस्ने प्रतिबद्धता जनाउँछौं । युवा पत्रकारको बलिदान खेर जानेछैन । एकदिन सत्यको जित हुनेछ ।

दिरेकलाल श्रेष्ठ
महासचिव

यो पनि पढ्नुहोस्

भारतमा काेरानाका बिरामीकाे संख्या बढ्दै

भारतमा काेरानाका बिरामीकाे संख्या बढ्दै

३ मिनेट अगाडि
गृहमन्त्री लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव

गृहमन्त्री लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव

२१ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

आज रास्वपाकाे बैठक बस्दै

ताप्लेजुङ दुर्घटनाः लापरवाही गर्ने कर्मचारीलाई कारवाही हुन्छः मन्त्री खड्का

कीर्तिपुरमा विंरगना कीर्तिलक्ष्मीकाे प्रतिमा प्रतिस्थापना हुँदै

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

कानुन सबैलाई समान खोई ? कानुनको शासन यस्तै हुन्छ ?

पाँच लाख भारतीय रकमसहित पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक